पाँचथर । सिँचाइ कुलोको मुहान मर्मत गर्ने लिखित सहमति कार्यान्वयन नभएको भन्दै पाँचथरका किसानले जलविद्युत् आयोजना बन्द गराएर आन्दोलन सुरु गरेका छन्।
फिदिम नगरपालिका–४ का घैँयाटार, तित्रीबोटे, बाँझोखेत र रातमाटे क्षेत्रका किसानले २२.१ मेगावाट क्षमताको माउन्टेन हाइड्रोपावरको विद्युत् उत्पादन बुधबारदेखि अवरुद्ध पारेका हुन्। आयोजना सञ्चालनअघि कुलोको मुहान मर्मत गर्ने सहमति भएको तीन वर्ष बितिसक्दा पनि कार्यान्वयन नभएको उनीहरूको आरोप छ।
किसानका अनुसार हाइड्रोपावरले इन्टेकमा जमेको माटो र बालुवा हटाउन गर्ने ‘फ्लसिङ’का कारण कुलोको मुहान पटक–पटक बग्ने गरेको छ। लगातार क्षति हुँदा मुहान गहिरिएर किसान आफैँले मर्मत गर्न नसक्ने अवस्थामा पुगेपछि बाध्य भएर आन्दोलनमा उत्रिनुपरेको किसान होमबहादुर थापाले बताए।
कुलो बिग्रिएपछि पानीको अभावले फिदिम–४ को तित्रीबोटे, तल्लोटार, रातमाटे र बाँझोखेत क्षेत्रका करिब ३०० रोपनी खेतीयोग्य जमिन बाँझिएको छ। यस वर्ष चैते धान भित्र्याउन र असारे धान रोप्नसमेत नपाएको किसानहरूको गुनासो छ। धानको बिउ ब्याडमै सुकेको, खेत चर्किएको र जमिन झाडीले ढाक्न थालेपछि उनीहरू थप चिन्तित बनेका छन्।
यसअघि किसानहरूले जिल्ला प्रशासन कार्यालय, फिदिम नगरपालिका र जिल्ला प्रहरी कार्यालयमा सामूहिक निवेदन दिएर समस्या समाधानको माग गरेका थिए। मागको सुनुवाइ नभएपछि उनीहरू फेमे खोलास्थित हाइड्रोको इन्टेकमा पुगेर विद्युत् उत्पादन रोक्न बाध्य भएको बताएका छन्।
आन्दोलनरत किसानले कुलोको मुहान स्थायी रूपमा मर्मत गर्न, त्यो सम्भव नभए बालीको क्षतिपूर्ति दिन र दुवै विकल्प कार्यान्वयन हुन नसके बाँझिएका सबै जग्गा कम्पनीले खरिद गर्नुपर्ने माग अघि सारेका छन्। माग पूरा नभएसम्म विद्युत् उत्पादन सञ्चालन गर्न नदिने चेतावनीसमेत दिएका छन्।
यता माउन्टेन हाइड्रोपावरका सुपरभाइजर रामबहादुर थापाले फ्लसिङका कारण कुलोमा क्षति पुगेको स्वीकार गर्दै केन्द्रीय कार्यालयसँग समन्वय गरेर एस्काभेटर ल्याई बिहीबारसम्म समस्या समाधान गर्ने प्रयास भइरहेको बताएका छन्। तर किसानहरूले यस्ता आश्वासन पटक–पटक दिइए पनि व्यवहारमा कार्यान्वयन नभएको भन्दै विश्वास गर्न नसकिने बताएका छन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण १३ गते, २०८३ - २१:२५
काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा साउन १० गते राति बोलबम यात्राका क्रममा सुरु भएको सामान्य विवाद केही मिनेटमै साम्प्रदायिक झडपमा...
श्रावण १३ गते, २०८३ - २१:१८
पाँचथर । सिँचाइ कुलोको मुहान मर्मत गर्ने लिखित सहमति कार्यान्वयन नभएको भन्दै पाँचथरका किसानले जलविद्युत् आयोजना बन्द गराएर आन्दोलन सुरु गरेका छन्। ...
श्रावण १३ गते, २०८३ - २०:४६
झापा । जंगली हात्ती धपाउन आफ्नै बारीमा बिछ्याइएको नाङ्गो विद्युतीय तार छोएर करेन्ट लाग्दा झापामा एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा भद्रपुर नग...
श्रावण १३ गते, २०८३ - १९:४९
पर्सा । ज्यान मार्ने उद्योग मुद्दामा फरार रहेका एक प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका–१८ इनर्वाका ६५ वर्षीय ...
श्रावण १३ गते, २०८३ - १९:३९
काठमाडौं । देशभर मनसुनी प्रणाली सक्रिय रहेकाले आज रातिदेखि लगातार तीन दिनसम्म विभिन्न स्थानमा वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभागले वि...
श्रावण १३ गते, २०८३ - १९:३८
कालीकोट । कर्णाली राजमार्गअन्तर्गत कालीकोटको चौखोला क्षेत्रमा ठूलो ढुङ्गासहित पहिरो खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएको छ। बुधबार बिहान सडकमाथिबाट चट्ट...
श्रावण १३ गते, २०८३ - १९:३६
पाल्पा । जिल्लाको पूर्वखोला गाउँपालिका –१, सिलुवा सामुङ्गामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा सामुङ्गा बस्ने २८ वर्षी...
श्रावण १३ गते, २०८३ - १९:३२
काठमाडौं । राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रपति रामचन्द्र पौडेलसँग शीतल निवासमा भेटवार्ता गरेका छन्। बुधबार भएको भेटमा मुलुकको पछिल्लो...
श्रावण १३ गते, २०८३ - १९:२७
काठमाडौं । आन्दोलनरत चिकित्सक र सरकारबीच पाँच बुँदे सहमति भएपछि चिकित्सकहरूले देशभर जारी आन्दोलन फिर्ता लिएका छन्। बुधबार स्वास्थ्य तथा खाद्य स्वच्...
श्रावण १३ गते, २०८३ - १९:०६
काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको हिंसात्मक घटनाले देशभर चासो र बहस सिर्जना गरिरहेका बेला बुधबार बसेको मन्त्रिपरिषद् बैठकब...



प्रतिकृया लेख्नुहोस्: