पर्वत । ट्रयाक खुलेको ३२ वर्षपछि जिल्लाको दक्षिणी भेगलाई स्याङ्जासँग जोड्ने वालिङ-हुवास सडक कालोपत्र हुने भएको छ । वि.सं.२०४९ मा ट्रयाक खोलिएको भए पनि हालसम्म उक्त सडक कच्ची छ ।
उक्त सडकखण्डअन्तर्गत भुम्रे-अर्चलबोट-तमादी-डुम्रेभञ्ज्याङसम्मको कालोपत्र बजेट अभावले रोकिएकोमा पुनः बजेट विनियोजन भएपछि काम थालिएको सडक डिभिजन कार्यालय पोखराले जनाएको छ । सङ्घीय सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयमार्फत बहुवर्षीय आयोजनाअन्तर्गत चालु आर्थिक वर्षका लागि चार करोड विनियोजन भएपछि सडक निर्माण अघि बढाइएको हो ।
मन्त्रालयबाट बजेट स्वीकृत भएसँगै शुक्रबार सडक डिभिजन कार्यालय पोखराको प्राविधिक टोलीले नाप जाँच गरिसकेको छ । डिजाइन स्टिमेट तयार गरेर तत्काल ठेक्का आह्वान गरिने सडक डिभिजनका इञ्जिनियर ध्रुव पोखरेलले जानकारी दिए। चिसापानीदेखि हुवास-त्रिवेणी-वहाकी-रानीपानीसम्म यसअघि कालोपत्र भइसकेको छ ।
गण्डकी प्रदेश सरकारअन्तर्गतको पूर्वाधार विकास कार्यालयले उक्त सडक कालोपत्र गरेको हो । डुम्रे भञ्ज्याङदेखि चिसापानी सडक कालोपत्र भएपछि पर्वतको दक्षिणी क्षेत्रका यात्रुलाई सहज हुने छ । यस सडकले पैंयू गाउँपालिकाका सात, विहादीका छ वडाका साथै महाशिला र फलेवास नगरपालिकाका स्थानीयवासिन्दा लाभान्वित हुने छन् ।
सडक कालोपत्र भएपछि सिद्धार्थ राजमार्ग र कालीगण्डकी करिडोर जोडिनुका साथै वैकिल्पक मार्गको रुपमा प्रयोग गर्न सकिने पैंयू गाउँपालिका-५ चिसापानीका वडाध्यक्ष नारायण भूर्तेलले बताए। वालिङ-हुवास सडकको लम्बाइ १६ किलोमिटर छ । सडक जीर्ण हुँदा यस क्षेत्रका बासिन्दालाई यात्रा गर्न घण्टौँ समय र जोखिम मोल्नुपर्ने अवस्था छ ।
सो सडकसँगै पर्वतका अन्य चार वटा सडक कालोपत्र गर्न बजेट विनियोजन भएको हो । कुश्मा नगरपालिकाको पर्नेदोविल्ला-पकुवा-गँगटे-डाँडाखर्क सडक, जलजला गाउँपालिकाको लेखफाँट–शालिजा सडक, मोदी गाउँपालिकाको देउपुर-पूर्णगाउँ-घुरुङ्गा सडक र फलेवास नगरपालिकाअन्तर्गत लिमठाना-अर्चले-भँगरा सडकका लागि बजेट विनियोजन भएको हो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ ३० गते, २०८३ - १८:१३
काठमाडौं । नेपाली कांग्रेसका नेता विश्वप्रकाश शर्माले पार्टीभित्र देखिएको आन्तरिक विवाद समाधानका लागि संवाद र छलफल आवश्यक रहेको भन्दै पाँच जना अग्रज न...
जेष्ठ ३० गते, २०८३ - १७:१६
तनहुँ । आधुनिकताको बढ्दो प्रभाव र पुस्तान्तरणको अभावका कारण भाषा, संस्कृति तथा ऐतिहासिक पहिचान संकटमा पर्न थालेपछि तनहुँका भुजेल समुदाय संरक्षण अभियान...
जेष्ठ ३० गते, २०८३ - १६:५८
पर्वत। पर्वतको बाच्छा गाउँबाट यस वर्ष एक करोड मूल्य बढीको भक्तपुरे लोकल काक्राको बिउ उत्पादनको आँकलन गरिएको छ । विहादी गाउँपालिका वडा १ मा पर्ने बाच्छ...
जेष्ठ ३० गते, २०८३ - १६:३५
सुर्खेत । चोरी मुद्दामा पक्राउ परेर जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासतमा रहेका एक युवाको मृत्यु भएको छ। वीरेन्द्रनगर नगरपालिका–१० पिपिराका २१ ...
जेष्ठ ३० गते, २०८३ - १६:२७
काठमाडौँ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्गराज पौडेलले नेपाललाई आरोग्य पर्यटनको अन्तरराष्ट्रिय गन्तव्यका रूपमा स्थापित गर्ने बताएको छन् ।...
जेष्ठ ३० गते, २०८३ - १६:११
बागलुङ। मध्यपहाडी लोकमार्गको बिहुँमा कार दुर्घटनामा परेको छ। आज बिहान बागलुङको काठेखोला गाउँपालिका –६ धैरेनी स्थित मध्यपहाडी लोकमार्गमा गुडिरहेको कार ...
जेष्ठ ३० गते, २०८३ - १६:०४
काठमाडौं। नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले बन्यजन्तुको व्यवस्थापनका लागि सर्वदलीय बैठकबाट ठोस राष्ट्रिय दृष्टिकोण बनाउन आग्रह गरेको छन् । उनले म...
जेष्ठ ३० गते, २०८३ - १४:३८
काभ्रेपलाञ्चोक । काभ्रेको नमोबुद्ध नगरपालिका–२ बुच्चाकोटस्थित बीपी राजमार्गमा शुक्रबार भएको बस दुर्घटनाको सत्यतथ्य छानबिन गर्न नेपाल प्रहरी प्रधान कार...
जेष्ठ ३० गते, २०८३ - १४:३३
काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले पार्टी शुद्धीकरण, सुदृढीकरण, रूपान्तरण तथा पुनर्गठनका लागि गठन गरिएको कार्यदलमार्फत प्रदेशस्तरबाट सुझाव स...
जेष्ठ ३० गते, २०८३ - १३:१४
घोराही। दाङको कालाकाटे-सिक्टा हुलाकी सडक निर्माणस्थलमा काम गर्दै गर्दा बालुवाले पुरिँदा एक जना मजदुरको मृत्यु भएको छ । मृत्यु हुनेमा गढवा गाउँपालि...



प्रतिकृया लेख्नुहोस्: