Khabar Dabali ३१ जेष्ठ २०८३ आईतवार | 14th June, 2026 Sun
Investment bank

ठाकुरबाबा नगरपालिकाले ‘काला नमक’ धानको संरक्षण गर्दै

खबरडबली संवाददाता

बर्दिया । कुनै समयमा थारु समुदायले पाहुना वा विशेष अतिथी घरमा आउँदा भात खुवाउन प्रयोग गरिने काला नमक धान लोप हुँदै गएपछि ठाकुरबाबा नगरपालिकाले यसको संरक्षण र प्रर्वद्धनको सुरुवात गरेको छ । 

रैथाने बालीको रुपमा रहेको काला नमक धान खानको लागि स्वादिलो र वास्नादार हुने गर्दछ । स्थानीय स्तरमा यदा कदा पाइने काला नमक धानको ठाकुरबाा नगरपालिकाले विउ उत्पादन गर्न थालेको छ ।  

नगरपालिकाले सघन कृषि कार्यक्रम अन्तर्गत ५ विगहा जग्गा भाडामा लिएर लोपोन्मुख कृषि बालीको खेति गरी बिउँ उत्पादन गरेको छ । रैथाने धान काला नमक र मसिनो जातको धान ठाकुरबाबा नगरपालिका ५ वनविर मा खेती गरिएको छ । उक्त खेति कार्यमा पालिका अन्तर्गत रहेका कृषि शाखा कार्यरत कर्मचारी र ६ जना कृषि प्राविधिकले प्रशिक्षार्थीको रुपमा काम गरेको कृषि प्राविधिक विरेन्द्र रावतले बताए। 

यस वर्ष नगरपालिकाले गरेको खेतीमा २० क्विन्टल काला नमक धान उत्पादन भएको छ जसमध्ये ग्रेडिङ्ग गरेर करिब १५ क्विन्टल उच्च गुणस्तरको बिउँ उत्पादन गरिएको छ भने बिउँ बाहेकको काला नमक धान खायनमा प्रयोग गर्ने नगरपालिकाले योजना बनाएको छ । ‘ठाकुरबाबा’ ब्राण्डको चामल उत्पादन गरी सहकारीहरूसँग समन्वय गरेर बजारीकरण गरेको ठाकुरबाबा नगरपालिकाका कृषि शाखा प्रमुख ध्रुवराज बमले बताए । उनका अनुसार कालानमक सँगै मसिनो बास्नादार ३० क्विन्टल धान उत्पादन गरि बजारीकरण गरिएको छ । 

नागरपालिकाले उत्पादन गरेको ‘ठाकुरबाबा’ नामक काला नमक चामलको मूल्य १७० रुपियाँ प्रतिकेजीमा बिक्री भइरहेको छ । पर्यटकिय क्षेत्रलाई लक्षित गरी स्वादिलो धानको उत्पादन गरिएको बताउँदै पर्यटकहरूलाई खुवाउनका लागि नगरपालिकाले अग्रसरता लिएको शाखा प्रमुख बमले बताए। उनले भने, ‘अब बर्दियामा आउने पर्यटकहरुले काला नामक र मसिनो बास्नादारको भात खाने पाउनेछन् ।’

५० प्रजातीका रैथाने बालीको प्रवर्द्धन गरिँदै 

कालानमक, मसिनो बास्नादार, अनदी, तिल्की लगाएतका धान बाली,  थारु आलु, स्थानीय  हिउँदे सिमि, दलहन, मसला जन्यबाली लगाएतका ४५ प्रजातीका रैथाने बालीको प्रवद्र्धन गर्न थालिएको छ। 

केही वर्षअघि देखि खेती सुरुवात गरेको थारू आलु हाल १५ विगहा क्षेत्रफलमा पालिकाले नै खेती गरेको छ । यस वर्षदेखि स्थानीय सिमिकोसमेत खेतीको सुरुवात गरिएको कृषि शाखा प्रमुख बमले बताए। कृषकहरूले हेर्ने र यसरी पनि खेती हुने रहेछ भनेर सिकाउनका लागि खेती गरिएको उनले बताए। 

लोपोन्मुख बालीको संरक्षणका साथसाथै किसानलाई पाठ शालाको रुपमा कृषिमा भित्रिएको प्राविधिक ज्ञान सिकाउने उद्देश्यले उक्त कार्यक्रम सञ्चालन गरिएको ठाकुरबाबा नगरपालिकाका नगर प्रमुख तीलकराम लम्सालले जानकारी दिए । उहाँले लोपोन्मुख रैथाने कृषि बालीको संरक्षण गरी उन्नत बिउँ उत्पादन गर्ने लक्ष्य लिइ खेती सुरु गरिएको बताउँदै आगामी दिनमा थप क्षेत्रफल विस्तार गरी चक्लाबन्दी खेती र यान्त्रीकरणको प्रयोगलाई प्रोत्साहन गरिने नगरप्रमुख लम्सालले बताए ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

आन्तरिक विवादमा संवादको माग गर्दै विश्वप्रकाशद्वारा पाँच नेतालाई ध्यानाकर्षण पत्र

काठमाडौं । नेपाली कांग्रेसका नेता विश्वप्रकाश शर्माले पार्टीभित्र देखिएको आन्तरिक विवाद समाधानका लागि संवाद र छलफल आवश्यक रहेको भन्दै पाँच जना अग्रज न...

‘चुड्का’ र ‘कौरा’ नाचमार्फत मौलिक पहिचान जोगाउँने अभियानमा भुजेल समुदाय सक्रिय

तनहुँ । आधुनिकताको बढ्दो प्रभाव र पुस्तान्तरणको अभावका कारण भाषा, संस्कृति तथा ऐतिहासिक पहिचान संकटमा पर्न थालेपछि तनहुँका भुजेल समुदाय संरक्षण अभियान...

पर्वतको बाच्छामा १ करोड मूल्यको काक्राको बिउ उत्पादन हुने आँकलन

पर्वत। पर्वतको बाच्छा गाउँबाट यस वर्ष एक करोड मूल्य बढीको भक्तपुरे लोकल काक्राको बिउ उत्पादनको आँकलन गरिएको छ । विहादी गाउँपालिका वडा १ मा पर्ने बाच्छ...

सुर्खेतको हिरासतमा रहेका युवाको मृत्यु

सुर्खेत । चोरी मुद्दामा पक्राउ परेर जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासतमा रहेका एक युवाको मृत्यु भएको छ। वीरेन्द्रनगर नगरपालिका–१० पिपिराका २१ ...

नेपाललाई आरोग्य पर्यटनको अन्तरराष्ट्रिय गन्तव्यका रूपमा विकास गर्नेछौँ: पर्यटनमन्त्री

काठमाडौँ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्गराज पौडेलले नेपाललाई आरोग्य पर्यटनको अन्तरराष्ट्रिय गन्तव्यका रूपमा स्थापित गर्ने बताएको छन् ।...

ब्रेक फेल भएर बागलुङको बिहुँमा कार दुर्घटना

बागलुङ। मध्यपहाडी लोकमार्गको बिहुँमा कार दुर्घटनामा परेको छ। आज बिहान बागलुङको काठेखोला गाउँपालिका –६ धैरेनी स्थित मध्यपहाडी लोकमार्गमा गुडिरहेको कार ...

बाली जोगाउन राष्ट्रिय दृष्टिकोण बनाऔं - महासचिव पोखरेल

काठमाडौं। नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले बन्यजन्तुको व्यवस्थापनका लागि सर्वदलीय बैठकबाट ठोस राष्ट्रिय दृष्टिकोण बनाउन आग्रह गरेको छन् । उनले म...

काभ्रे बस दुर्घटनाको सत्यतथ्य छानबिन गर्न ६ सदस्यीय समिति गठन

काभ्रेपलाञ्चोक । काभ्रेको नमोबुद्ध नगरपालिका–२ बुच्चाकोटस्थित बीपी राजमार्गमा शुक्रबार भएको बस दुर्घटनाको सत्यतथ्य छानबिन गर्न नेपाल प्रहरी प्रधान कार...

पार्टी शुद्धीकरण र पुनर्गठनका लागि एमालेले प्रदेशबाट सुझाव सङ्कलन थाल्यो

काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले पार्टी शुद्धीकरण, सुदृढीकरण, रूपान्तरण तथा पुनर्गठनका लागि गठन गरिएको कार्यदलमार्फत प्रदेशस्तरबाट सुझाव स...

जेसिवीले बालुवा खन्याउँदा पुरिएर देउखुरीमा एक जनाको मृत्यु

घोराही। दाङको कालाकाटे-सिक्टा हुलाकी सडक निर्माणस्थलमा काम गर्दै गर्दा बालुवाले पुरिँदा एक जना‌ मजदुरको मृत्यु भएको छ । मृत्यु हुनेमा गढवा गाउँपालि...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending