Ntc summer Offer
Khabar Dabali २८ चैत्र २०८१ बिहीबार | 10th April, 2025 Thu
Investment bank

भीमफेदीमा ग्यास बुलेट दुर्घटना हुूँँदा सडक अवरुद्ध

खबरडबली संवाददाता

मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिका वडा नम्बर १ रातोमाटे स्थित त्रिभुवन राजपथ सडक खण्डमा ग्यास बुलेट दुर्घटना भएको छ । हेटौँडा बजारबाट भैँसेतर्फ जाँदै गरेको एनएल ०१ के ११९७ नम्बरको १२ चक्के इन्डियन ग्यास लोड बुलेट गाडी दुर्घटना भएको हो ।

 आइतबार राति करिब ९ बजेतिर दुर्घटना भएको ग्यास बुलेटका कारण बाटो अवरुद्ध भएको हो । दुर्घटनाका कारण उक्त सडक खण्ड एकतर्फी मात्रै सञ्चालन भएको छ । 

ग्यास बुलेट पल्टिएको रोडको भित्ताको साइडबाट ट्रयाक खोलेर हाललाई अस्थायी रूपमा साना सवारी साधनलाई एकतर्फी बाटो खोलिएको मकवानपुर प्रहरी प्रवक्ता डिएसपी श्यामु अर्यालले जानकारी दिए ।

ग्यास बुलेट दुर्घटनामा मानवीय क्षति भने नभएको उनको भनाई छ । प्रहरी प्रवक्ता अर्यालका अनुसार ग्यास बुलेटको चालक र सहचालक दुवै जना सकुशल रहेका छन् । 

प्रवक्ता अर्यालले चालकले बाटो बिराउँदा गलत बाटो गएको र साँघुरो बाटो र अप्ठ्यारो भूगोलका कारण बुलेट दुर्घटना भएको हुनसक्ने बताए । उनले पल्टिएको ग्यास बुलेट उठाउन ३र४ घण्टा लाग्ने र उक्त अवधिमा हेटौँडाबाट उक्त सडकखण्ड हुँदै काठमाडौँ जाने सवारी साधनहरूलाई कान्तिलोकपथ वा चितवन तर्फको बाटो प्रयोग आग्रह गरेको छन् ।

प्रहरी प्रवक्ता अर्यालले ग्यास बुलेटबाट ग्यास लिक नभएको र लिक हुने सम्भावना नरहेको बुझिएको जानकारी दिए । उनले ग्यास बुलेट उठाउने र सवारी आवतजावतमा सावधानी अपनाइ रहेको बताए ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

अछामको आगलागी प्रभावितलाई सुदूरपश्चिम प्रदेश सरकारले ५० लाख सहयोग गर्ने

अछाम । सुदूरपश्चिम प्रदेश सरकारले अछामको बान्नीगढीजयगढ गाउँपालिकास्थित जयगढ बजारमा गए राति भएको आगलागी पीडितलाई तत्काल रु ५० लाख सहयोग गर्ने निर्णय गर...

झापा गाउँपालिकाका सबै किसान व्यावसायिक मकैखेतीमा

 झापा  । खेतबारीमा हुर्किएका पाँच फिट अग्ला मकैका बोटमा सुत्ला च्यापेका भरिला तीन वटासम्म घोगा फलेको देखेर झापा गाउँपालिका वडा नं। २ का नरेन्द्रकुमार ...

रास्वपा सांसद गौतम अन्तरसंसदीय संघको स्वास्थ्य समितिमा निर्वाचित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोबिता गौतम १५०औं अन्तरसंसदीय संघको महासभामा गठन गरिएको स्वास्थ्यसम्बन्धी समितिमा निर्वाचित भएकी छन् । उ...

झापामा चट्याङ लागेर एकजनाको मृत्यु

झापा । झापाको गौरादह नगरपालिका–५ बालुबथानमा चट्याङ लागेर आज एक जनाको मृत्यु भएको छ । घरमै खाजा खाने क्रममा चट्याङ लागेर ५४ वर्षीय दूधकुमार लावतीको ...

काठमाडाैं बारवाट मिश्रले १०८२ मत प्राप्त गर्दा श्रेष्ठलाइ जम्मा २५२ मत मात्रै

काठमाडौं । नेपाल बार एशोसियसनका भावी अध्यक्षका उम्मेदवार विजयप्रसाद मिश्रले रमणकुमार श्रेष्ठलाई २२८७ मतले पछाडि परेका हुन्। गत शनिवार सम्पन्न निर्व...

चरित्र पुँजीवादको, नारा समाजवादको

अहिले नेपालमा पुँजीवादविरुद्ध समाजवादको नारा चर्को रूपमा लागिरहेको छ । यसबारे अर्थशास्त्री, राजनीतिज्ञ र समाजशास्त्रीले गर्ने विश्लेशण एक मतको छैन । त...

महोत्तरीका वनक्षेत्रमा अहिले जताततै डढेलो

महोत्तरी । महोत्तरीका वनक्षेत्रमा अहिले जताततै डढेलो छ। पूर्वपश्चिम राजमार्ग दायाँबायाँमात्र नभएर चुरे पर्वत श्रेणीका वनक्षेत्र र विपी राजमार्गको दाया...

९ अंकले बढेको शेयर बजारमा कारोबार रकम घट्यो

काठमाडौं । आज शेयर बजार बढेर बन्द भएको छ । आज शेयर बजार नेप्से परिसूचक ९ दशलमव ६६ अंकले बढेर २,६७६ को विन्दुमा कायम भएको छ । आज १५४ कम्पनीको शेयर मूल्...

टाउकोमा ढुंगा प्रहार गरी हत्या

कैलाली । जिल्लाको गोदावरी नगरपालिका–१ अत्तरियामा आज एकजनाको शव फेला परेको छ । इलाका प्रहरी कार्यालय मालाखेती अगाडि रहेको दुर्गा मन्दिर परिसरमा पुरुषको...

टाउकोमा ढुंगा प्रहार गरी हत्या

कैलाली । जिल्लाको गोदावरी नगरपालिका–१ अत्तरियामा आज एकजनाको शव फेला परेको छ । इलाका प्रहरी कार्यालय मालाखेती अगाडि रहेको दुर्गा मन्दिर परिसरमा पुरुषको...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Krishi Bikas Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy