Khabar Dabali १ पुष २०८२ मंगलवार | 16th December, 2025 Tue
Investment bank

पाथीभरा केबलकार निर्माणमा अवरोध नगर्न आग्रह

खबरडबली संवाददाता

ताप्लेजुङ । ताप्लेजुङको फुङ्लिङ नगरपालिकाले पाथीभरा केबलकार निर्माणको काममा अवरोध नगर्न सबै पक्षलाई आग्रह गरेको छ । विशेषगरी पहिचानवादी ‘नो केबलकार’ पक्षलाई पाथीभरा (मुक्कुमलुङ) मा केबलकार निर्माण हुनु विकासका दृष्टिले सबैभन्दा बढी ताप्लेजुङवासीलाई फाइदा हुनेभन्दै नगरपालिकाले अवरोध नगर्न आग्रह गरेको हो ।

सदरमुकाम फुङ्लिङमा सोमबार पत्रकार सम्मेलन गर्दै नगरपालिकाले सहजगरी केबलकार निर्माणको काम गर्ने वातावरण बनाउनका लागि सबै पक्षलाई आग्रह गरेको छ । पत्रकार सम्मेलनमा नगरपालिकाका प्रमुख अमिर मादेनले पाथीभरा धार्मिक आस्थाको केन्द्र पवित्रस्थल भए पनि पवित्रतालाई सुरक्षा र संरक्षण गर्दै केबलकार बनाउनुपर्ने धारणा राखे। 

नगर प्रमुख मादेनले विकास र समृद्धिका लागि सबै पक्ष एकजुट हुनुको विकल्प नरहेको बताउँदै केबलकार निर्माणमा सहयोग गर्न नो केबलकार पक्षधरलाई आग्रह गरे। उनले आउने पुस्ताको भविश्य सम्झेरै भए पनि विकास र विकसित प्रविधिको सदुपयोग साथै कार्यान्वयनमा अभिभावक वा अहिलेको पुस्ताले विशेष ध्यान दिनुपर्ने बताए। 

केबलकारको विषयलाई लिएर सामाजिक सद्भाव भड्किँदै गएको र आपसी भातृत्व, भाइचारा, मित्रवत् सम्बन्धसमेत बिग्रिरहेको अवस्थामा पहिचानवादी नो केबलकार पक्ष र राज्य दुवै गम्भीर हुन पनि नगर प्रमुख मादेनले आग्रह गरे। आपसी द्वन्द्व निम्त्याएर कसैलाई फाइदा नहुने उल्लेख गर्दै उहाँले पाथीभराको महिमामाथि राजनीति गर्न नहुने बताए। पाथीभरा सबैको साझा धार्मिकस्थल भएको यसको महत्व, गरिमा र महिमालाई बचाउँदै केबलकार निर्णाण गनुपर्ने उनको भनाइ छ ।

पत्रकार सम्मेलनमा सहभागी नगरपालिकाका वडाध्यक्षहरु, ताप्लेजुङ उद्योग बाणिज्य सङ्घ, होटल व्यवसायी सङ्घ, गैर सरकारी संस्था महासङ्घलगायत सङ्घ संस्थाका प्रतिनिधिले पनि केबलकार निर्माण हुनुपर्नेमा जोड दिएका थिए । केबलकारको विषयमा बढ्दै गएको द्वन्द्वले जिल्लाको व्यवसाय, पर्यटन क्षेत्र लगायतमा प्रत्यक्ष असर परिरहेकाले आपसी सहमतिका साथ केबलकार निर्माण गर्नुपर्ने उनीहरुको धारणा रहेको छ ।

यता केबलकार परियोजनाको प्रस्ताव आएदेखि नै विरोध गरिरहेको नो केबलकार पक्ष आफ्नो अडानबाट पछि हटेको छैन । मुक्कुमलुङ संरक्षण संयुक्त सङ्घर्ष समिति, पाथीभरा केबलकार खारेजी संयुक्त सङ्घर्ष समिति लगायतले धार्मिक मुन्धुमी आस्थामाथि अतिक्रमण भएकोभन्दै परियोजनाको विरोध गरिरहेको छ । विरोधका क्रममा केबलकार पक्ष र विपक्षबिच ढुङ्गा हानाहान, नो केबलकार पक्ष र प्रहरीबिच झडप, बन्द, हड्तालजस्ता गतिविधि भइरहेका छन् ।

यसैक्रममा पछिल्लो पटक गत माघ १२ गते केबलकारको पूर्वाधार निर्माणको काम सुरु भएपछि प्रहरी र नो केबलकार पक्षबिच झपड नै भएको छ । झडपका क्रममा गोली चल्दा विरोध समूहका केही घाइते भएका छन् भने उनीहरुले प्रहार गरेको ढुङ्गामुढाले प्रहरीतर्फ पनि केही घाइते भएका थिए । यही घटनाका विषयलाई लिएर नो केबलकार पक्षले पूर्वमा यातायात बन्द आह्वान गरेका थिए । बन्दपछि सरकारले वार्ता समिति बनाई दुई पक्षबिच वार्ता भएर यातायात खुले पनि केबलकारका विषयमा सहमति हुन सकेको छैन ।

आइतबार मात्रै सरकार र नो केबलकार पक्षबिच भएको वार्ता बिना निस्कर्ष टुङ्गिएको छ । सरकार पक्षले सोमबार पुनः वार्तामा बसी सहमति खोज्ने जनाएको छ भने नो केबलकार पक्षले वार्तामार्फत निस्कर्ष निस्किने सम्भावना न्युन रहेकोभन्दै थप आन्दोलनको कार्यक्रम घोषणा गर्नेगरी सोमबार नै दिउँसो २ बजे काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरेको छ । पाथीभरामा चन्द्रप्रसाद ढकाल नेतृत्वको पाथीभरा ९मुक्कुमलुङ० दर्शन केबलकार प्रालिले केबलकार निर्माण गर्न लागेको हो ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

चालु खाता र शोधनान्तर बचतमा, मुद्रास्फीति वान्छित सीमाभित्र

काठमाडौँ। केन्द्रीय बैंकले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चौमासिकसम्मको देशको आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन सार्वजनिक गरेको छ । नेपाल राष्...

हामीले दुई सय आठ रोपनी सार्वजनिक जग्गा फिर्ता गर्याै : बालेन शाह

काठमाडौँ। काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले आफू प्रमुखको भूमिकामा आएपछि रु २३ अर्ब मूल्य बराबरको २०८ रोपनी सार्वजनिक जग्गा फिर्ता गरिएको ...

ओली प्यानलमा नपरेपछि रघुजी पन्तले दिए उपाध्यक्षमा उम्मेदवारी

काठमाडौं । नेकपा एमालेका नेता रघुजी पन्तले उपाध्यक्षमा उम्मेदवारी दिएका छन् । पन्त केपी शर्मा ओली समूहमा थिए तर ओली समूहले उनलाई समेटेर प्यानल बनाएन ।...

मनहरीमा शिकारीको बन्दुक पड्कँदा अर्का शिकारीको मृत्यु

मकवानपुर। मकवानपुरको मनहरी गाउँपालिका–६ स्थित सिस्नेरीपखेरा जङ्गलमा सिकार गर्न हिँडेका शिकारीको भरुवा बन्दुक पड्किँदा अर्का शिकारीको मृत्यु भएको छ । ...

भिजिट भिसा प्रकरण: म्याग्दीका सीडीओ बद्रि तिवारी गृह मन्त्रालय तानिए

काठमाडौं । भिजिट भिसा प्रकरणमा नाम जोडिएपछि जिल्ला प्रशासन कार्यालय म्याग्दीका प्रमुख जिल्ला अधिकारी (सीडीओ)बद्रि तिवारीलाई गृह मन्त्रालय तानिएको छ । ...

को को समेटिए ईश्वर पोखरेलको टीममा ?

काठमाडौँ । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि हुन लागेको निर्वाचनमा ईश्वर पोखरेल समूहले आफ्नो उम्मेदवारहरूको सूची सार्वजनिक गरेको छ । यस क्रममा स्व...

एकै वर्षमा २३ अर्ब ४ करोड कर छुटको दाबीः ४ अर्ब ८४ करोड मात्रै कर फिर्ता

काठमाडाैं। सरकारले एकै वर्षमा ४ अर्ब बढी कर फिर्ता गरेको छ । कुटनीतिक नियोग कुटनीतिज्ञ एवं विभिन्न कुटनीतिक एजेन्सीहरुलाईदेखि निकासीको आधारमा सरकारले ...

अध्यक्ष पदमा ओलीले गरे उम्मेदवारी दर्ता

काठमाडौँ । एमालेको अध्यक्ष पदको लागि केपी शर्मा ओलीले उम्मेदवारी दर्ता गराएका छन् । ईश्वर पोखरेलले उम्मेदवारी दर्ता गराएलगत्तै ओलीले पनि महाधिवेशनस्थल...

ईश्वर पोखरेलले दर्ता गराए उम्मेदवारी, ओलीसँग भिड्ने

काठमाडौँ । एमाले अध्यक्षमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आफ्नो उम्मेदवारी दर्ता गराएका छन्। उनी अध्यक्षमा केपी शर्मा ओलीसँग पोखरेल भिड्न लागेका हुन्...

नेपाली शान्ति सैनिकको अदलीबदली

काठमाडौँ। संयुक्त राष्ट्रसङ्घको आह्वानमा शान्ति स्थापना कार्यका लागि सेन्ट्रल अफ्रिकन रिपब्लिकमा तैनाथ युद्धभैरव गण (शान्ति सैनिक) तेस्रो डफ्फालाई बदल...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending