जनकपुरधाम। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मधेशका जनतालाई सङ्गठित गर्ने तर्फ पार्टीको विशेष ध्यान रहेको बताएको छन ।
सोमबार जनकपुरधाम विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै अध्यक्ष दाहालले माओवादी केन्द्रको रणनीति मधेश केन्द्रित रहेको उल्लेख गरे। उनले भने, “केन्द्रिय समितिको बैठकपछि म मधेश आउँदा जनतामा सकारात्मक सन्देश प्रवाहित भएको देखिन्छ । अब मधेशका जनतालाई सङ्गठित गर्दै परिचालित गर्ने हाम्रो योजना छ ।”
उनले पार्टीको केन्द्रीय समितिको निर्णय अनुसार हुलाकी मार्ग क्षेत्रमा ‘माओवादी जागरण अभियान’ सञ्चालन गरिने जानकारी दिए। उक्त अभियान एक महिनासम्म सञ्चालन गरिने र यस क्रममा भाषण मात्र नभई स्थानीय बासिन्दा, नागरिक समाज, पत्रकार तथा बुद्धिजीवीहरूसँग प्रत्यक्ष संवाद गरिने उनले बताए।
साथै, अध्यक्ष दाहालले वर्तमान सरकारलाई राष्ट्रिय सभामा बहुमत हाँसिल गर्न कठिन रहेको टिप्पणी गरे। उनका अनुसार यदि जनता समाजवादी पार्टीले आफ्नो अडान नछाडेमा सरकारका तर्फबाट पेश गरिएका अध्यादेशहरू पारित नहुने अवस्था सिर्जना हुनेछ । उनले वर्तमान सरकार सुशासनका पक्षमा नभइ त्यसको विरोध रोक्न गठन गरिएको आरोप लगाउँदै भने, “यो सरकार संविधान मिचेर बनाइएको छ । दुई ठूला दल मिलेर सरकार बनाउने संवैधानिक व्यवस्था छैन ।”
अध्यक्ष दाहालले संसदमा विभिन्न अध्यादेशहरू रोकिएका विषयमा सरकारको नीतिको आलोचना गरे। उनका अनुसार, सरकार संसद बोलाउनुपर्ने समयमा अध्यादेश ल्याउनु गलत हो, विशेष गरी भूमि सम्बन्धी अध्यादेशको उद्देश्य नै शंकास्पद देखिएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन २५ गते, २०८२ - १७:४४
काठमाडौँ । अन्तर्राष्ट्रिय वायु प्रदूषण मापन संस्था ‘आईक्यू एयर’का अनुसार काठमाडौँ विश्वकै सबैभन्दा बढी वायु प्रदूषण हुने सहरको सूचीमा पहिलो स्थानमा प...
फाल्गुन २५ गते, २०८२ - १७:२३
काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रतिनिधिसभा निर्वाचनको समानुपातिकतर्फ तीन लाख मत पार गर्दै आवश्यक थ्रेसहोल्ड पार गरेको छ। २१ फ...
फाल्गुन २५ गते, २०८२ - १६:५५
गोरखा । गोरखा जिल्ला निर्वाचन क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सुधन गुरुङ विजयी भएका छन्। मतगणनाको अन्तिम परिणामअनुसार गुर...
फाल्गुन २५ गते, २०८२ - १६:४३
काठमाडौं । इलाम जिल्ला निर्वाचन क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका उम्मेदवार निस्कल राई विजयी भएका छन्। त्रिपक्षीय प्रतिस्पर्धा भएको निर्वाचनमा र...
फाल्गुन २५ गते, २०८२ - १६:३३
काठमाडौँ । सर्वोच्च अदालतले निर्वाचन आयोगद्वारा उम्मेदवारी खारेज गरिएका धनुषा क्षेत्र नम्बर १ का राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार किश...
फाल्गुन २५ गते, २०८२ - १६:१२
काठमाडौँ । ओखलढुंगा जिल्लामा प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणनाका क्रममा प्रत्यक्षतर्फ हराएका भनिएका मतपत्र समानुपातिकतर्फको ढ्वाङमा भेटिएका छन्। ...
फाल्गुन २५ गते, २०८२ - १५:२६
विराटनगर। झापाको गौरादह नगरपालिकाका मेयर छत्रपति सुवेदीमाथि आइतबार साँझ अभद्र व्यवहारसहित हातपात भएको छ। प्रहरीका अनुसार, गौरादह–५, राजपति चोक, चप्...
फाल्गुन २५ गते, २०८२ - १५:०८
काठमाडौँ । माघ ११ गतेको राष्ट्रिय सभा निर्वाचनबाट निर्वाचित भएका सांसदहरूले सिंहदरबारस्थित कानुन न्याय तथा मानव अधिकार समितिको हलमा पद तथा गोपनीयताको ...
फाल्गुन २५ गते, २०८२ - १४:३८
काठमाडौँ । किशोरी साह कमलले राष्ट्रिय स्वतन्त्र पार्टी तर्फबाट धनुषा–१ मा उम्मेदवारी खारेज गर्ने निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट नि...
फाल्गुन २५ गते, २०८२ - १४:२२
काठमाडौँ । प्रत्यक्षतर्फ तीन सिट जितेको श्रम संस्कृति पार्टीले समानुपातिक मतमा करिब तीन लाख आठ हजार ६५६ मत प्राप्त गरेको छ। कुल ८८ लाख ४८ हजार १४८ मत ...



प्रतिकृया लेख्नुहोस्: