Khabar Dabali ३० चैत्र २०८२ सोमबार | 13th April, 2026 Mon

रौतहटमा ट्रक र स्कार्पियो ठोकियो, गाडी क्षतविक्षत हुँदा ५ जनाकाे अवस्था गम्भीर

खबरडबली संवाददाता

रौतहट । पुर्व पश्चिम राजमार्ग अन्तर्गत रौतहटको चन्द्रपुर नगरपालिका स्थित आज बिहान स्कार्पियो र मालवाहक ट्रक आमुने सामुने ठोकिँदा स्कार्पियोको अवस्था क्षतबिक्षत बनेको छ। स्कार्पियोका चालक सहित सवार ५ जना गम्भीर घाईते भएका छन्।

मंगलवार बिहान ८;२० बजेको समयमा चन्द्रपुर ५ चाँदी पुल स्थित चपुरबाट सर्लाही तर्फ जादै गरेको ना.४ च. ३६९४ न.को स्कारपिओ र बिपरित दिसाबाट आउदै गरेको बा.प्र.०१-००६ ख.५७ २९ न.को ट्रक एक आपसमा ठक्कर लागेको थियो । ठक्करबाट स्कार्पियोमा सवार स्थानिय मौलापुर नगरपालिका ३ का बर्ष २० को सुदिप कुमार यादवको टाउको मुख र निधारमा चोट लागेको छ । दुर्गा भगवती गाउँपालिका ५ का बर्ष १८ को प्रसान्त ठाकुरको बाँया हात,दाहिने आँखी भौं मा चोट लागेको प्रहरीले जनाएकाे छ।

चालक बौधीमाई नगरपालिका ३ मटिअर्वाका बर्ष २१ का रामविनय महतोको दाहिने हात र निधारमा चोट  लागेको र अवस्था मध्यम रहेको ईलाका प्रहरी कार्यालय चन्द्रिगाहपुरका इन्स्पेक्टर विशाल तामाङले बताए।

त्यसैगरी प्रहरीका अनुसार बौधिमाई २ का बर्ष १८ का प्रदिप कुश्वाहा निधार टाउको,कानमा चोट  अवस्था मध्यम रहेको छ। बारा सिम्रौणगढ नगरपालिका ७ का बर्ष २८ का संतोष कुश्वाहाको टाउको, चिउडोमा चोट लागेकेा र अवस्था सिरियस रहेको छ ।

घाईतेहरुलाई उपचारको लागी चन्द्रपुर प्रा.ली अस्पतालमा  पठाईएको इन्स्पेक्टर  तामाङले जानकारी दिए । घाईते मध्ये कुशवाहाको अवस्था गम्भीर रहेको तथा अन्यको सामान्य अवस्थामा उपचार भईरहेको अस्पतालका प्रमुख डाक्टर सुभाष चौधरीले बताए।

दुर्घटनामा परेको ट्रक र ट्रक चालक दोलखा जिरि नगरपालिका ४ बस्ने बर्ष २८ को फुरी तामाङ र स्कार्पियो ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ। दुर्घटनाको कारण खुल्न नसकेको तथा अनुसन्धान भईरहेको बताइएकाे छ।

घटनास्थलमा शान्ती सुरक्षाको कारण सई महानन्द कुमार  यादवको कमाण्डमा टोली खटाइएको ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ।
 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

चर्च ब्वाइज काठमाडौँ विराट गोल्ड कपको सेमिफाइनलमा

मोरङ । ३८औँ संस्करणको विराट गोल्ड कप फुटबल–२०८२ प्रतियोगिताअन्तर्गत आज राति भएको खेलमा चर्च ब्वाइज युनाइटेड क्लब काठमाडौँ सेमिफाइनलमा प्रवेश गरेको छ ।...

सुनले झपक्कै मन्त्रिपरिषद् : सरकार चल्ला कि सुनकै तौलमा ढल्ला ?

काठमाडौं । बालेन्द्र शाह नेतृत्वको मन्त्रिपरिषद् अहिले नीतिले भन्दा पनि सुनले बढी चम्किएको देखिन्छ। आज सार्वजनिक गरिएको सम्पत्ति विवरण हेर्दा लाग्छ—यो...

लालीगुराँस संरक्षण अभियान सञ्चालन गर्दै जन्तेढुङ्गा

खोटाङ । जन्तेढुङ्गा गाउँपालिकाले नेपालको राष्ट्रिय फूल लालीगुराँसको संरक्षण गर्ने उद्देश्यले ‘लालीगुराँस संरक्षण अभियान’ सञ्चालन गरेको छ । स्थानीय बास...

परराष्ट्रमन्त्री खनालको सम्पत्तिः २२ तोला सुन

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालको सम्पत्ति विवरण सार्वजनिक भएको छ । उक्त विवरण अनुसार मन्त्री खनालसँग विभिन्न कम्पनीमा लगानीदेखि सुनसम्म रहेको ...

तीन वटा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, चार घाइते

झापा। झापाको बुद्धशान्ति गाउँपालिका–३ स्थित मेची राजमार्ग सडकखण्डमा तीन वटा मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका ...

बालेनको खातामा १ करोड ४६ लाख, सम्पत्तिको स्रोत– ‘फेसबुक, युट्युब र टिकटक’

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ को खातामा १ करोड ४६ लाख रुपैयाँ रहेको पाइएको छ । आज सार्वजनिक भएको प्रधानमन्त्री बालेनको सम्पत्ति विवरण...

सुक्खा तरकारीका लागि पनि आयातकै भर

काठमाडौं। नेपालमा अधिकांश दैनिक उपभोग्य वस्तुका लागि आयातमै निर्भर हुनुपर्ने अवस्था त सुनेकै छौँ, तर सुकुटी अर्थात् सुक्खा तरकारीको अवस्था पनि त्यस्तै...

चीनद्वारा भारतीय भूभागको नाम परिवर्तन प्रयासप्रति भारतको कडा आपत्ति

काठमाडौं । चीनले भारतीय भूभागभित्र पर्ने स्थानहरूको नाम परिवर्तन गर्ने प्रयास गरेको भन्दै भारतले कडा आपत्ति जनाएको छ। भारतीय विदेश मन्त्रालयले सामाजिक...

भारतीय नम्बरप्लेटका सवारी प्रतिबन्धप्रति सर्लाहीमा सर्वदलीय विरोध, आन्दोलनको चेतावनी

सर्लाही । भारतीय नम्बर प्लेटका सवारी साधन सञ्चालनमा लगाइएको प्रतिबन्धको निर्णयविरुद्ध सर्लाहीमा राजनीतिक दलहरूले एकजुट भएर विरोध जनाएका छन्। जिल्लामा ...

मकवानपुरमा ठूलो परिमाणमा मदिरा र कच्चा पदार्थ बरामद

हेटौँडा। मकवानपुर जिल्लामा अवैध रूपमा घरेलु मदिरा उत्पादन भइरहेको सूचनाका आधारमा प्रहरीले छापा मारेर ठूलो परिमाणमा मदिरा र कच्चा पदार्थ बरामद गरेको छ।...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending