Khabar Dabali २७ फाल्गुन २०८२ बुधबार | 11th March, 2026 Wed
Investment bank

सामाजिक सञ्जालसम्बन्धि बिधेयक फिर्ता लिन सुमना श्रेष्ठको माग

खबरडबली संवाददाता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले सामाजिक सञ्जाल सम्बन्धि बिधेयक फिर्ता गर्नु पर्ने जनाएकी छिन् ।

संसद र समितिका बैठकहरूमा सो बिधेयक प्रति आपत्ति जनाए पनि कुनै सम्बोधन नभए पछि उनले सामाजिक सञ्जालमार्फत फिर्ता लिनु पर्ने माग गरेकी हुन् ।

उनले सामाजिक सञ्जालमा लेखेकी छिन्ः
एउटा सांसद भएर पनि, म किन सामाजिक संजालसम्बन्धी विधेयक फिर्ता लैजानुपर्छ भन्दै छु ?

दुई वर्षको संसदीय अनुभवमा मैले धेरै नै विधेयकमा संशोधन हाल्ने, संशोधनको प्रस्तावमा विरोधको जनाउने र फरक मतको प्रस्ताव राख्ने – यस्ता प्रकृयात्मक तरिकाले विरोध जनाउने धेरै नै काम गरिसकेकी छु। तर के थाहा भैसक्यो भने, सदनको र संसदको आवरण देखाएर यहाँ पेलेर आफू मनखुशी काम बाहेक केही नहुने रहेछ।

सार्वजनिक सेवा प्रसारण विधेयकको उदाहरण दिन्छु। त्यसमा सार्वजनिक प्रसार सेवा (रेडियो नेपाल, नेपाल टेलिभिज) आदीलाई कानूनमा शुरू मै सरकारको अधीनमा राख्ने भनेर ल्याईयो। त्यही समितिमा छु। छलफलमा कत्ति विरोध गरेँ। सुनेनन्। उल्टै तत्कालीन सञ्चार तथा सूचना प्रविधि मन्त्रीज्यू पृथ्वी सुब्बा गुरुङले भन्नुभयो– ‘आज हामी सरकारमा छौं भोलि तपाईँ हुनुहोला, सरकारलाई गाह्रो हुने गरी किन कानून बनाउने’ भनेर सार्वजनिक सञ्चार माध्यममा सरकारकै पूर्ण नियन्त्रण हुनु पर्छ भन्ने आशय व्यक्त गर्नु भयो।

सोही व्यक्तिहरू प्राय विभिन्न मञ्चमा गएर बोल्नुहुन्छ, भन्नुहुन्छ – मिडिया स्वायत्त हुनुपर्छ, सरकारको भजन मण्डली बन्नु हुँदैन भनेर। आखिर भन्ने र गर्नेमा आकाश पातालको फरक पर्ने रहेछ।

अर्को उदाहरण दिन्छु – विद्युतीय व्यापार विधेयकको। त्यो विधेयक तपाईंहरूलाई कत्तिको याद छ? हामीले कत्ति छलफल गर्यौँ, लेख्यौं, भिडियो बनायौँ तर – अझै पनि साना उद्यमीलाई मर्कामा पर्ने गरी सूचीकरणको प्रावधान अस्पष्ट राखेरै, सबै साना बिजनेसले समेत अनलाइन रेडलेसल मेकानिजम स्थापित गर्नुपर्ने कुरा राखेरै र आर्थिक अपराधमा समेत जेल कोच्ने प्रावधान राखेरै समितिबाट प्रतिवेदन पास गरिएको छ।

हो, यसमा प्रतिनिधि सभा सदस्य गणेश पराजुलीले फरक मत दर्ता पनि गराउनु भएको छ। तर त्यो अर्को दस्तावेजीकरण मात्र भयो।

अर्को उदाहरण,  अभिलेख संरक्षण ९पहिलो संशोधन० ऐन २०८१ हेर्ने हो भने यदि कुनै कर्मचारीले अभिलेख तोकिएको मान्छे बाहेकलाई हेर्न दिने, सार्ने, नष्ट गर्ने, केरमेट गर्ने, यस्तो केही गरेमा “पचास हजारसम्म” जरिवाना वा कैद वा दुवै भनेको छ। तर कुनै सामाजिक संजालमा लाईक र शेयर गरेकै भरमा पाँच लाखसम्मको जरिवाना छ।

साँच्चै भन्नुपर्दा, यदि यो विधेयक सदनमा गयो भने, फेरी हामी केही सांसद चर्को स्वरमा चिच्याउँला, केही दिन भिडियो भाइरल होला, तर कानून भने निरङ्कुश नै बन्छ। जनता फेरी मारमा नै पर्नेछन्।

अर्को प्रश्न भनेको–के यसरी सदनमा पेश भएका विधेयक फिर्ता लैजान मिल्छ रु पक्कै मिल्छ, अस्ती मात्र अर्थ मन्त्रीज्यूले आर्थिक दायित्त्वसम्बन्धी विधेयक, जसमा हामीले संशोधन समेत राखेका थियौँ, त्यसलाई फिर्ता लैजानु भयो।

सरकारले अहिलेसम्म गरेको भनेको जनतालाई थकाउने, अनि जब आवाज सबै सुक्छ, त्यो बेला आफुलाई जे मन लाग्छ, त्यही गर्ने नै हो। अनि यो सबै विषयमा धेरै सरोकारवालाले आफ्ना राय विधेयक तर्जुमाका बखत दिएका पनि हुन्, नदिएका होइनन्। तर पनि कानून भने निरङ्कुश नै आयो। आखिर सरकार विरुद्ध कसैले बोल्ने आँट नगरोस् भन्ने मनशायले आएको विधेयक हो यो पनि। आम मान्छेको दुःखको कुरा गरेर तपाईँहरूलाई छुदैन् तर मनन योग्य कुरा के छ भने समयचक्र चलिरहन्छ ।

भोलि कुनै बेला तपाईँ प्रतिपक्षमा रहनुहोला त्यो बेलाको सरकारले यसको दुरुपयोग गरेछ भनेर रोइकराई नगर्नु होला।

त्यसकारण एउटा सांसद भएर पनि, म किन सामाजिक संजालसम्बन्धी विधेयक फिर्ता लैजानुपर्छ भन्दै छु। हो, सामाजिक संजाल प्ल्याटफ़र्म नेपालमा दर्ता हुनुपर्छ, गुनासो व्यवस्थापन चाहिन्छ– तर पहिले मस्यौदा ल्याउनु होस्। सार्वजनिक बहस चलाउनुहोस्। जनतासँग अख्तियारी लिएर कानून बनाउनु होस्।

आज अनलाइनमा युवा उत्रिसकेका छन्। यो डिजिटल हस्ताक्षर गरेर उनीहरुले विधेयक फिर्ता हुनुपर्ने माग राख्दै विरोध जनाएका छन्।

कि गुठी विधेयकको विरोध जस्तै जबसम्म जनता सडकमा उत्रिदैनन्, सरकारले नसुन्ने हो ?
 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कर्णालीमा कांग्रेस बन्यो पहिलो

सुर्खेत। प्रत्यक्षतर्फ कर्णाली प्रदेशका १२ मध्ये पाँच वटा निर्वाचन क्षेत्रमा जित हात पारेर पहिलो भएको नेपाली कांग्रेस समानुपातिक मतमा पनि पहिलो नै भएक...

सल्यानमा बाघको आक्रमण बढ्दो, शारदामा आठ भेडा–बाख्रा मारिए

सल्यान। सल्यानमा बाघको आक्रमणका घटना बढ्दै जाँदा स्थानीय बासिन्दामा त्रास फैलिएको छ। यसै क्रममा जिल्लाको शारदा नगरपालिका–९ सुनचौर क्षेत्रमा बाघले आठ व...

राष्ट्रसङ्घद्वारा नेपालको प्रस्ताव पारित, मुलुकका निम्ति महत्वपूर्ण कूटनीतिक उपलब्धि

काठमाडौँ । संयुक्त राष्ट्रसङ्घले नेपालको प्रस्तावमा अन्तरराष्ट्रिय आरोग्य दिवससम्बन्धी प्रस्ताव पारित गरेको छ । महासभाले आज उक्त प्रस्ताव पारित गरेको ...

मतदानमा सहभागी भएर लिमीका स्थानीय फर्किए

हुम्ला। प्रतिनिधिसभा सदस्य निर्वाचनमा मतदान गर्न लिमी पुगेका नाम्खा गाउँपालिका–६ अन्तर्गत हिमालपारिको गाउँ लिमीको जाङ गाउँका स्थानीय फिर्ता भएका छन्। ...

सार्क–जापान विशेष कोषसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर

काठमाडौँ । जापान सरकारले दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) सचिवालयलाई रु एक करोड २० लाख प्रदान गर्ने भएको छ । सचिवालय र जापान सरकार बीच...

दाउन्नेमा पाँच सवारीसाधन ठोक्किँदा ८ जना घाइते

नवलपरासी । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को दाउन्ने क्षेत्रमा पाँचवटा सवारीसाधन एकापसमा ठोक्किँदा आठ जना घाइते भएका छन...

एमाले नगर अध्यक्षद्वारा राजीनामा

गलकोट। नेकपा (एमाले) बागलुङ नगर कमिटिका अध्यक्ष रामकृष्ण शर्माले अध्यक्ष पदबाट नैतिकताका आधारभा राजीनामा दिएको छन्। एमाले उम्मेदवारलाई जिताउन नसकेक...

एक-दुई ठाउँमा चट्याङसहित वर्षाको सम्भावना, तराईमा तुवाँलो

काठमाडौँ। हाल देशमा पश्चिमी वायु, उपल्लो वायुमण्डलमा रहेको उच्च चापीय प्रणाली र पूर्वी भूभाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको आंशिक ...

ग्यास सङ्कटले भारतका रेस्टुरेन्ट जोखिममा

मुम्बई। मध्यपूर्वमा जारी युद्धका कारण इन्धन आपूर्तिमा अवरोध आएपछि भारत सरकारले प्राकृतिक ग्यास र खाना पकाउने ग्यासको वितरण कडा बनाएको छ । सरकारी आदेशप...

निर्वाचनको परिणाम चैतको पहिलो साता राष्ट्रपतिसमक्ष पेस गरिने

काठमाडौँ। निर्वाचन आयोगले २०८२ फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम परिणाम आगामी चैतको पहिलो साता राष्ट्रपतिसमक्ष पेस गर्ने तयारी...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE