Khabar Dabali २९ कार्तिक २०८२ शुक्रबार | 14th November, 2025 Fri
Investment bank

सिमेन्टको मूल्यवृद्धिलाई लिएर उद्योगमन्त्री र सांसदबिच सवाल–जवाफ

खबरडबली संवाददाता

काठमाडौं । सिमेन्टलगायत निर्माण सामग्री एवम् खाद्य वस्तुको मूल्यवृद्धि सम्बन्धमा छलफल गर्न बसेको राष्ट्रियसभा, सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति बैठकमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का सांसद गोपीबहादुर सार्की अछामीबिच सवाल–जवाफ भएको छ ।

बैठकमा सांसदहरुले उठाएको जिज्ञासाको जवाफ दिने क्रममा उद्योगमन्त्री भण्डारीले सिमेन्टको मूल्यवृद्धि हुनुमा उद्योगमा भएको ‘लोडसेडिङ’को पनि भूमिका रहेको बताएपछि माओवादी सांसद अछामीले बिचैमा प्रतिवाद गर्दै सो सम्बन्धमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयसँग बहस गर्न आग्रह गरे ।

सांसद अछामीले भने, “माननीयमन्त्रीज्यू, यो बहस यहाँ गर्ने होइन, त्यो बहस ऊर्जा मन्त्रालयमा गर्ने हो, हामीसँग यहाँ गर्नुपर्ने नै होइन ।” मन्त्री भण्डारीले उद्योगमा लोडसेडिङ छ, छैन भन्ने कुराको पनि तथ्यमा हेर्नुपर्ने बताए। “अब लोडसेडिङ छैन भन्नुहुन्छ, विद्युत् प्राधिकरणले ‘सेड्युल’ दिएको छ, बोलाउनु न प्राधिकरणलाई म त आग्रह गरिहेको छु समिति सभापतिलाई”, लोडसेडिङको तालिका हेर्न सुझाउँदै उनले भने, “यो मूल्यवृद्धि भएका बेलामा लोडसेडिङ कति भयो त्यसको सेड्युल हेरौँ न, कसैले लोडसेडिङ छ भन्ने कसैले छैन भन्ने हामीले गरिराख्नुपर्छ र ?”

सांसद अछामीले “त्यो कुरा हाम्रो सरोकारको कुरा  भएन, त्यो त्यही मन्त्रालयसँग गर्नुस”, भने। मन्त्री भण्डारीले सरकारको निकाय विद्युत् प्राधिकरण भएकाले छलफल हुनुपर्ने उल्लेख गरे। सांसद अछामीले भने, “महँगी नियन्त्रण हुनुपर्‍यो, उद्योग मन्त्रालयको ध्यान त्यहाँ पुग्नुपर्‍यो भन्ने मात्रै हाम्रो कुरा हो ।”

नेकपा ९एकीकृत समाजवादी०का सांसद राजेन्द्रलक्ष्मी गैरेले मूल्य बढाउनुमा सांसदको भूमिका हो भनी प्रश्न गरे। सो प्रश्नमा उद्योगमन्त्रीले ‘छैन’ भन्ने जवाफ दिएपछि सांसद गैरेले प्रस्ताव गरे, “छैन, भने चै जसको हो त्यहीँनेर छलफल गरौँ न त ।”

मन्त्री र सांसदबिच सवाल–जवाफ भएपछि समिति सभापति सोनामगेल्जेन शेर्पाले ‘हस्तक्षेप’ गरी ‘यसलाई यही थाती राखौैँ’ भनी प्रस्ताव गरे। समयको अभाव भएको भन्दै सभापति शेर्पाले विषय केन्द्रित धारणा राख्न मन्त्रीलाई निर्देश गरे।

मन्त्री भण्डारीले समितिको निर्देशन सरकारलाई स्वीकार्य भएको बताए। “म फेरि पनि भन्छु, समितिले जे निर्देश गर्छ, त्यो मान्छु”, उनले भने, “विद्युत् प्राधिकरण सरकारभन्दा बाहिरको निकाय पनि होइन, यो सरकारी निकाय हो ।”

यत्तिकैमा एकीकृत समाजवादीका अर्का सांसद उदयबहादुर बोहराले सिमेन्टलगायत निर्माणजन्य सामग्रीको मूल्यवृद्धि हुनुमा ‘कस्ट अफ प्रोडक्ट’ प्रस्टसँग आउनुपर्‍यो भने । सिमेन्टको मूल्य तोक्नका लागि अहिले समिति गठन भइसकेको जानकारी दिँदै मन्त्री भण्डारीले भने, “के–केमा वृद्धि भएको हो, त्यो समितिले लिएर आउँछ ।”

मूल्यवृद्धिको सम्भाव्य कारकका बारेमा उद्योगमन्त्रीले प्रस्ट्याउँदै गर्दा पुनः सांसद अछामीले प्रश्न गरे, “मूल्यवृद्धिमा सांसदहरुले पनि साथ दिनुपर्‍यो भन्ने जस्तो कुरा आयो नि त ? हामी त्यो त गर्दैनौँ, यति छोटो अवधिमा जति मूल्य बढ्या छ, यो जायज छ ?”

मन्त्री भण्डारीले सभापतिको अनुमति लिएर आफूले बोलिरहेको उल्लेख गर्दै भन्नुभयो, “माननीयज्यू, यस विषयमा सरकारलाई निर्देश गर्नुस् ।” सांसद अछामीले, “सरासर उपभोक्ता ठग्न त पाइए न नि भनी”, भने ।”

जवाफमा मन्त्री भण्डारीले आफ्नो भनाइ दोहो¥याउँदै भने, “समितिबाट निर्देश गर्नुस् सरकारलाई, मूल्यवृद्धि घटेको छ, घटाउने कोसिस भइरहेको छ, यससम्बन्धी आवश्यक समिति बनेको छ, समितिको जे निष्कर्ष आउँछ, त्यसलाई मान्नुपर्छ ।”

मन्त्री भण्डारीले सांसदलाई आफूले मूल्यवृद्धि गरिदिनुस् भनेर नभनेको भनी स्पष्ट पारे। सवाल–जवाफ नरोकिएपछि पुनः सभापति शेर्पाले ‘हस्तक्षेप’ गर्दै विषयमा प्रवेश गर्न मन्त्रीलाई ध्यानाकर्षण गराए ।

सभापतिको निर्देशनपछि मन्त्री भण्डारीले मूल्यवृद्धिका कारणहरुमध्येमा लोडसेडिङ पनि भएको दाबी गरे। “लोडसेडिङ कसरी भयो ? बाढीपहिरोले माथिल्लो तामाकोशी आयोजनामा क्षति पुग्यो, त्यसको उत्पादन घट्यो, यो त प्राधिकरणले स्वीकारे कै छ त”, उनले भने, “सिमेन्टको मूल्य यसकारणले बढेको छ भनेको हुँ, उद्योगी व्यवसायीले आफूखुसी बढाएको चाहीँ होइन ।”

यद्यपि सरकार उद्योग पनि जोगाउने, मूल्यवृद्धि पनि नियन्त्रण गर्ने, उपभोक्तालाई राहत दिनेमा प्रतिबद्ध रहेको र यससम्बन्धमा समितिबाट स्पष्ट निर्देशन होस् भन्नेमा आफू रहेको उहाँको भनाइ थियो । सरकारको धारणा दोहोर्‍याउँदै मन्त्री भण्डारीले भने, “राज्यको दायित्व उद्योग पनि जोगाउने हो, उपभोक्तालाई राहत दिने पनि हो ।”

समिति सभापति शेर्पाले अध्ययन समितिको प्रतिवेदन र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयँसग उद्योगमा भएको लोडसेडिङको विषयमा छलफल गरिने बताए। उनले यससम्बन्धमा व्यापक छलफलपछि मात्रै निष्कर्षमा पुगिने बताए । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

यातायात विभागको डेटा सेन्टरमा पुन: समस्या, नयाँ लाइसेन्स आवेदन अनिश्चितकालका लागि बन्द

काठमाडौं । यातायात व्यवस्था विभागको डेटा सेन्टरमा फेरि समस्या देखिएपछि नयाँ ड्राइभिङ लाइसेन्स तथा इलेक्ट्रोनिक लाइसेन्सका लागि आवेदन प्रक्रिया आजदेखि ...

प्रतिनिधिसभा र राष्ट्रिय सभा चुनावका लागि दल दर्ता खुला

काठमाडौँ। निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधि सभा र माघ ११ मा हुने राष्ट्रिय सभा सदस्य निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्न आह्वान गरेको छ । ...

झनै विवादित बन्दै मधेश प्रदेशसभा: पाँच प्रदेशसभा सदस्यलाई पदमुक्त गरिएको निर्णय बदर

  जनकपुरधाम। मधेश प्रदेशका उपसभामुख बबिता कुमारी राउत ईशरले मधेशका पाँच जना प्रदेशसभा सदस्यलाई पदमुक्त गरिएको निर्णय बदर गरेको छिन्। बिहीबार सभा...

बजारमा सुनचाँदीको मूल्य ह्वात्तै घट्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौँ । बिहीबारको तुलनामा आज सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ । एक तोला सुनको मोल रु ५०० ले र त्यति नै परिमाणको चाँदीमा रु ६० ले कमी आएको छ...

बम विस्फोटपछि पनि आफ्ना खेलाडी श्रीलङ्का पाकिस्तानमै रहने, सबै खेल रावलपिन्डीमा सारिने

कोलम्बो। श्रीलङ्का क्रिकेट बोर्ड (एसएलसी)ले बिहीबार घोषणा गर्दै आफ्ना खेलाडीले पाकिस्तानमै जारी एकदिवसीय अन्तर्राष्ट्रिय शृङ्खला र त्यसपछिको टि(-२० त्...

जेनजी आन्दोलनको भावनाअनुरुप सेवा प्रवाह हुनुपर्छ, भ्रष्टाचारमुक्त राष्ट्र निर्माणमा सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री कार्की

काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले भ्रष्टाचारमुक्त राष्ट्र निर्माणमा सरकार प्रतिबद्ध रहेको बताएको छिन्। बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को...

३५ उद्योगले तिरे २३ करोड ८७ लाख विद्युत महसुल बक्यौता : ऊर्जामन्त्रीले दिए धन्यवाद

काठमाडौँ। विगतमा लोडसेडिङको समयमा डेडिकेटेड तथा ट्रङ्क लाइन संरचनाबाट विद्युत् उपभोग गरेका २५ नयाँ उद्योगले प्रिमियम महसुल बक्यौताको पहिलो किस्ता तिरे...

एकैपटक ५८ जना सहसचिव र उपसचिव सरुवा, को कहाँ ?

काठमाडौं । गृहमन्त्रालयले एकैपटक  ५८ जना सहसचिव र उपसचिवको सरुवा गरेको छ । गृहमन्त्री ओमप्रकाश अर्यालले अधिकांश जिल्लामा सीडीओ र सहायक सीडीओ हेरफेर गर...

जनार्दन नेतृत्व प्रगतिशील राष्ट्रिय अभियानद्धारा ३१ सदस्यीय केन्द्रीय संयोजन समिति गठन

काठमाडौं। जनार्दन शर्मा नेतृत्वको प्रगतिशील राष्ट्रिय अभियानले अब केन्द्रीय संयोजन समिति गठन गरिएको छ। आज काठमाडौंमा पत्रकार सम्मेलन गर्दै नेता सुदन क...

निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित बनाउन सरकारको तयारी तीव्र : गृहमन्त्री अर्याल

काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्यालले देशको शान्ति–सुरक्षा अवस्था अहिले सामान्य अवस्थामा फर्किसकेको र आगामी फागुन २१ गते हुने निर्वाचन स्वच्छ, निष्पक...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending