Khabar Dabali ३० चैत्र २०८२ सोमबार | 13th April, 2026 Mon

गौशालाका गाईलाई आहारा अभाव

खबरडबली संवाददाता

महोत्तरी । महोत्तरीको गौशालास्थित निगौल गाई गौशालाको व्यवस्थापन हुन सकेको छैन । गौशालाको अवलोकन र निरीक्षण उपल्लो तहबाट हुँदै आए पनि समस्या निराकरणमा ठोस पहलकदमी हुन सकेको छैन। गत शनिबार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले गौशालाको स्थलगत अवलोकन गरे ।

यसअघि तत्कालिन पद्मा अर्यालले पनि यसको अवलोकन गरेकी थिइन् । गौशाला–४ का अजय कुशवाहा भन्छन्, ‘गौशालाको व्यवस्थापनमा कोहीको ध्यान पुगेको छैन ।’ राष्ट्रिय सहकारी विकास बोर्ड अभिभावकत्वको यो संस्थाको मुख्य रेखदेखको जिम्मा जिल्लाका प्रमुख जिल्ला अधिकारीमा रहेको छ । गाई गौशालाको निरीक्षणपछि मन्त्री अधिकारीले विधि बनाएर समस्या समाधान गरिने बताए ।

‘मन्त्री, प्रशासनिक प्रमुखलगायतबाट गौशालाको निरीक्षण अनुगमन हुँदै आएको छ’, गौशाला बजारका व्यापारी अजय साह भन्छन्, ‘तर सुधार हुन सकेको छैन ।’ हिन्दू परम्परामा गाई पूज्य मानिन्छ । महोत्तरीको गौशालामा गाई गौशालाको बिजोग छ । उचित सम्भार, खानपान र उपचारको अभावमा गौशाला नगरपालिका–३ नवराजपुरस्थित निगौल गाई गौशालाका गाईका हाडछाला मात्र देखिन्छन् । कुपोषणले बर्सेनि गाई मर्न थलेका स्थानीयको भनाइ छ ।

गौशालाका गाईको उचित रेखदेख हुन सकेको छैन । उनीहरु पौष्टिक आहार र उपचारबाट समेत वञ्चित छन् ।
अहिले नवराजपुर र गौशालामा गरी दुई सयभन्दा बढी गाई छन् । यहाँ गाईका करङ देखिएका छन् । हाडछाला मात्र देखिन्छ । गौशालामा राखिएका गाईको विजोग छ । गौशालाका कर्मचारी पनि गाईको समुचित देखभाल र खानपान व्यवस्थापनबारे राष्ट्रिय सहकारी बोर्ड उदासीन रहेको बताउँछन् । ‘अभिभावकत्व लिएको बोर्डले कुनै वास्ता गर्दैन’, निगौल गाई गौशाला कार्यालयका प्रमुख वीरबहादुर चौधरी भन्छन् ।

निगौल गाई गौशाला सञ्चालन गर्न एक सय ४८ बिघा जग्गाको व्यवस्था गरिएको छ । जग्गामा घाँस र अन्य बाली समुचित तबरले लगाउन नसक्दा गाईलाई आहाराको अभाव भएको छ । ‘गाईकै खानपान व्यवस्थाका लागि जग्गा छ, तर त्यो जग्गा जोतकोड गर्ने, घाँस र अन्यबाली लगाउने गरेको देखिदैन । अधिकांश जग्गा बाँझै छ’, स्थानीय रिझन साह भन्छन्, ‘स्थानीय तहले पनि यसप्रति बेवास्ता गरेको छ ।’

निगौल गाई गौशालामा अहिले राष्ट्रिय सहकारी बोर्डका ज्यालादारीसहित ३० कर्मचारी कार्यरत छन् । यसमध्ये २६ जना त गोठालाकै दरबन्दीमा रहेका छन् । उनीहरुले गाईको हेरचाह राम्रोसँग गर्न सकेका छैनन्। आहारा दिन नसक्दा गाई थारा बस्ने क्रम बढेको कार्यालय प्रमुख चौधरीको स्वीकारोक्ति छ । ‘गाईकै आहाराको ऋण ५० लाख पुग्यो होला’, प्रमुख चौधरी भन्छन्, ‘अब त उधारो पत्याउन छाडे । त्यसैले गाईलाई पौष्टिक आहारा खुवाउन सकिएको छैन ।’ यो प्रबन्ध राष्ट्रिय सहकारी विकास बोर्डले गर्नुपर्ने उनको भनाइ छ ।

यसबारे पटक पटक विभिन्न निकायमा ताकेता गरेपनि वास्ता नभएको चौधरीको गुनासो छ । गाई गौशालाको जग्गामा पशु हाट लगाइने ठेक्का बन्दोबस्तबाट २५ प्रतिशत आफ्नो कार्यालयले पाउनुपर्ने पूर्वसहमति भए पनि गौशाला नगर कार्यपालिकाको कार्यालयले रकम दिन विगतदेखि नै आनाकानी गर्दै आएको गाई गौशालाका कर्मचारी बताउँछन्। गाई गौशालाको नाममा रहेको एक सय ४८ बिघा जग्गामध्ये भण्डै ५० बिघा जति अतिक्रमणको चपेटामा परेको छ । यो अतिक्रमण गरिएका जग्गामा घर ठडिएका छन् । अतिक्रमण हटाउन पहलकदमी हुन सकेको छैन । दश बिघामा गाई गोठ, नौ(नौ बिघामा पोखरी र पूmलबारी तथा करिब ५६(५७ बिघाजति खेतीयोग्य जग्गा छ ।

यसमध्ये २० बिघा नियमित घाँस खेतीका लागि छुट्याइए पनि खेती नलगाइँदा गाईले हरियो घाँस खान पाएका छैनन्। अन्य जग्गा ठेक्कामा लगाइने गरेको छ । गाई गौशालाको तीन बिघामा गौशाला नगरपालिकाले पशु हाट लगाउँदै आएको छ। हाटको निश्चित प्रतिशत आम्दानी गाई गौशालाले नपाएको गाई गौशाला व्यवस्थापन समितिको कार्यालयले जनाएको छ। गाई गौशालाको व्यवस्थापनमा तीनै तहका सरकार र राष्ट्रिय सहकारी बोर्डले पहलकदमी लिनपर्ने स्थानीय बताउँछन्।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

चर्च ब्वाइज काठमाडौँ विराट गोल्ड कपको सेमिफाइनलमा

मोरङ । ३८औँ संस्करणको विराट गोल्ड कप फुटबल–२०८२ प्रतियोगिताअन्तर्गत आज राति भएको खेलमा चर्च ब्वाइज युनाइटेड क्लब काठमाडौँ सेमिफाइनलमा प्रवेश गरेको छ ।...

सुनले झपक्कै मन्त्रिपरिषद् : सरकार चल्ला कि सुनकै तौलमा ढल्ला ?

काठमाडौं । बालेन्द्र शाह नेतृत्वको मन्त्रिपरिषद् अहिले नीतिले भन्दा पनि सुनले बढी चम्किएको देखिन्छ। आज सार्वजनिक गरिएको सम्पत्ति विवरण हेर्दा लाग्छ—यो...

लालीगुराँस संरक्षण अभियान सञ्चालन गर्दै जन्तेढुङ्गा

खोटाङ । जन्तेढुङ्गा गाउँपालिकाले नेपालको राष्ट्रिय फूल लालीगुराँसको संरक्षण गर्ने उद्देश्यले ‘लालीगुराँस संरक्षण अभियान’ सञ्चालन गरेको छ । स्थानीय बास...

परराष्ट्रमन्त्री खनालको सम्पत्तिः २२ तोला सुन

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालको सम्पत्ति विवरण सार्वजनिक भएको छ । उक्त विवरण अनुसार मन्त्री खनालसँग विभिन्न कम्पनीमा लगानीदेखि सुनसम्म रहेको ...

तीन वटा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, चार घाइते

झापा। झापाको बुद्धशान्ति गाउँपालिका–३ स्थित मेची राजमार्ग सडकखण्डमा तीन वटा मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका ...

बालेनको खातामा १ करोड ४६ लाख, सम्पत्तिको स्रोत– ‘फेसबुक, युट्युब र टिकटक’

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ को खातामा १ करोड ४६ लाख रुपैयाँ रहेको पाइएको छ । आज सार्वजनिक भएको प्रधानमन्त्री बालेनको सम्पत्ति विवरण...

सुक्खा तरकारीका लागि पनि आयातकै भर

काठमाडौं। नेपालमा अधिकांश दैनिक उपभोग्य वस्तुका लागि आयातमै निर्भर हुनुपर्ने अवस्था त सुनेकै छौँ, तर सुकुटी अर्थात् सुक्खा तरकारीको अवस्था पनि त्यस्तै...

चीनद्वारा भारतीय भूभागको नाम परिवर्तन प्रयासप्रति भारतको कडा आपत्ति

काठमाडौं । चीनले भारतीय भूभागभित्र पर्ने स्थानहरूको नाम परिवर्तन गर्ने प्रयास गरेको भन्दै भारतले कडा आपत्ति जनाएको छ। भारतीय विदेश मन्त्रालयले सामाजिक...

भारतीय नम्बरप्लेटका सवारी प्रतिबन्धप्रति सर्लाहीमा सर्वदलीय विरोध, आन्दोलनको चेतावनी

सर्लाही । भारतीय नम्बर प्लेटका सवारी साधन सञ्चालनमा लगाइएको प्रतिबन्धको निर्णयविरुद्ध सर्लाहीमा राजनीतिक दलहरूले एकजुट भएर विरोध जनाएका छन्। जिल्लामा ...

मकवानपुरमा ठूलो परिमाणमा मदिरा र कच्चा पदार्थ बरामद

हेटौँडा। मकवानपुर जिल्लामा अवैध रूपमा घरेलु मदिरा उत्पादन भइरहेको सूचनाका आधारमा प्रहरीले छापा मारेर ठूलो परिमाणमा मदिरा र कच्चा पदार्थ बरामद गरेको छ।...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending