काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यादेशमार्फत संवैधानिक निकायमा गरिएको ५२ जनाको नियुक्ति बदर गर्न माग गर्दै दर्ता भएको रिट निवेदनमा आज सुनुवाइ हुने भएको छ ।
सर्वोच्च अदालतको संवैधानिक इजलासमा अधिवक्ता ओमप्रकाश अर्याल लगायतले दायर गरेको रिट निवेदन बुधबार सुनुवाइका लागि पेशीमा चढेको हो ।
प्रधान न्यायाधीश प्रकाशमान सिंह राउतसहित पाँच न्यायाधीशको संवैधानिक इजलासमा पेसी तोकिएको हो । २०७७ साल पुसमा दर्ता भएको उक्त मुद्दा एकपछि अर्को पेसी तोकिने अनि सुनुवाइ नहुने हुँदै आएको थियो ।
प्रधानमन्त्री ओलीको अघिल्लो कार्यकालमा प्रतिनिधिसभा विघटन भएको बेला संवैधानिक परिषदसम्बन्धी अध्यादेश जारी गरेर अख्तियार दुरुपयोग अनुसन्धान आयोग, लोक सेवा आयोग, निर्वाचन आयोग लगायतका निकायमा ५२ जना संवैधानिक पदाधिकारीहरु नियुक्त भएका थिए ।
संविधानमा नै भएको व्यवस्था उल्लंघन हुने गरी अध्यादेश जारी भएको, तत्कालीन सभामुख अग्नि सापकोटालाई थाहै नदिई संवैधानिक परिषदको बैठकबाट ती पदाधिकारीहरु नियुक्त भएको र संसदीय सुनुवाइ पनि नभएको भन्दै कानून व्यवसायीहरुले नियुक्ति बदर हुनुपर्ने माग राखी सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
कार्तिक २३ गते, २०८२ - १६:५४
काठमाडौँ। नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको मनोबल बढाउनका लागि सरकारले विशेष पहल लिनुपर्नेमा जोड दिएको छन् । ...
कार्तिक २३ गते, २०८२ - १६:४५
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले उद्योगी तथा व्यवसायीहरूलाई आत्मविश्वासका साथ अघि बढ्न आह्वान गरेकी छिन्। शुक्रबार आयोजित राष्ट्रिय आर्थिक ...
कार्तिक २३ गते, २०८२ - १६:३४
जनकपुरधाम । नेकपा (माओवादी केन्द्र) का मधेश प्रदेशसभा सांसद रहबर अन्सारीले शुक्रबार प्रदेशसभाको बैठकमै आफैंलाई मोसो दलेका छन्। अन्सारीले सांसद र दल...
कार्तिक २३ गते, २०८२ - १६:२६
दमक। झापामा जेनजी आन्दोलनका क्रममा इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरीलाई कुटपीट, प्रहरी कार्यालय तोडफोड र लुटपाटमा संलग्न भएको आरोपमा प्रहरीले श...
कार्तिक २३ गते, २०८२ - १५:५७
सप्तरी। भारतको विहारमा हुन लागेको विधानसभा निर्वाचनलाई मध्यनजर गर्दै सप्तरीसँग जोडिएका सीमा ७२ घण्टाका लागि बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्य...
कार्तिक २३ गते, २०८२ - १५:४९
काठमाडौँ । नेपाल ट्रस्टको जग्गा लिज सम्झौता प्रकरणमा हिनामिनासम्बन्धी आरोपमा केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबी) ले पूर्व सहसचिव लेखबहादुर कार्कीलाई पक...
कार्तिक २३ गते, २०८२ - १५:३५
बागलुङ। बागलुङको ढोरपाटनमा पिकअप जिप दुर्घटनामा परी मृत्यु र घाइते हुनेको पहिचान खुलेको छ । शुक्रबार राति १० बजे बुर्तिबाङदेखि ढोरपाटन जाँदै गरेको...
कार्तिक २३ गते, २०८२ - १४:३५
काठमाडौँ । नेपाली कांग्रेसले केन्द्रीय सदस्य अफताब आलमको निधनमा तीन दिनसम्म झण्डा आधा झुकाउने भएको छ । शनिबार बसेको सो पार्टीको आकस्मिक बैठकले शोक प्र...
कार्तिक २३ गते, २०८२ - १४:२५
खोटाङ। जेनजी आन्दोलनको क्रममा हिरासतबाट फरार भएका एक व्यक्ति खोटाङमा पक्राउ परेका छन् । पक्राउ पर्नेमा खोटाङको जन्तेढुङ्गा गाउँपालिका–६, केराबारीका २३...
कार्तिक २३ गते, २०८२ - १३:२५
वासिङ्टन। अमेरिकी सङ्घीय सरकारको बन्द (शटडाउन) का कारण जारी आर्थिक सङ्कटबीच देशभरका एयरलाइन्सहरूले शुक्रबार करिब एक हजार उडान रद्द गरेका छन् । यद्यपि ...




प्रतिकृया लेख्नुहोस्: