काठमाडौं । निरोधात्मक विधिबाट रोगहरुविरुद्ध प्रतिकारात्मक अभियान चलाउने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलको घोषणाअनुसार स्वास्थ्य मन्त्रालयले नसर्ने रोग पहिचान र समयमै उपचारका लागि भन्दै फागुन १ गतेबाट एक महिने परीक्षण अभियान सुरु गर्ने भएको छ ।
गत महिना स्वास्थ्य मन्त्री पौडेलले गत मङ्सिर १६ गते निर्देशिका स्वीकृत गर्नुभएको थियो । यसलगत्तै मन्त्रालयले फागुन १ गतेबाट परीक्षण अघि बढाउने कार्यक्रम अघि बढाएको हो ।
‘‘हामीले सार्वजनिक गरेको योजना तथा प्राथमिकतामा उपचारात्मक सेवा व्यवस्थित गरेसँगै निरोधात्मक विधिबाट नागरिकलाई रोगको दुष्चक्रबाट यथासम्भव जोगाउने योजनाअन्तर्गत अभियान थालिएको हो,’’ मन्त्री पौडेलले भने, ‘‘नागरिकको आधारभूत स्वास्थ्य परीक्षण अनि सचेतनाका माध्यमबाट सकेसम्म रोग लाग्नै नदिने तथा लागेको खण्डमा समयमै उपचारबाट नागरिकको स्वास्थ्य र नागरिक तथा राज्य दुवैको धनराशी जोगाउने हाम्रो प्रयत्न जारी छ ।’’
देशमा एक करोड ४० लाख ९० हजार नागरिक ३० वर्ष माथिका छन् । यही उमेर समूहका नागरिकलाई समेट्ने लक्ष्य मन्त्रालयले राखेको छ । अभियानका क्रममा ३० वर्षमाथिका सबै नागरिकलाई स्थानीय स्वास्थ्य संस्थाहरुमा मधुमेह, उच्च रक्तचाप, मिर्गौलासम्बन्धी रोग तथा शरीरको उचाइ र तौलको अनुपात पहिचान गर्ने मन्त्रालयका प्रवक्ता प्रकाश बुढाथोकीले बताउनुभयो । मन्त्रालयले यो सेवा निःशुल्क गर्ने बताएको छ ।
‘‘स्थानीय तहसम्म रहेका स्वास्थ्य संस्थामा ३० वर्षमाथिका सबैलाई निःशुल्क परीक्षण गरिनेछ,’’ प्रवक्ता बुढाथोकीले भने।
गत साउन २७ गते उनले प्रस्तुत गरेको योजना तथा प्राथमिकतामा रोगको उपचारसँगै निरोधात्मक विधिबाट समयमै नागरिकका स्वास्थ्य समस्या थाहा भाएर उपचार गराउने उद्देश्यसहित अभियान सञ्चालन गर्ने उल्लेख थियो ।
फागुन महिनामा पाठेघरको मुखको क्यान्सरविरुद्ध समेत यस्तै स्क्रिनिङ अभियान सञ्चालन गर्ने तयारी मन्त्रालयको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २३ गते, २०८२ - १५:३४
चितवन। विगत लामो समयदेखि नोक्सान बेहोर्दै आएका नेपालका लेयर्स कुखुरापालक किसानले नाफा हुनेगरी अण्डाको मूल्य पाएका छन् । पछिल्ला वर्षहरुमा लागत मूल्...
मंसिर २३ गते, २०८२ - १५:२०
काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले महाधिवेशनको टुङ्गो लगाउन यही मङ्सिर २४ र २५ गते केन्द्रीय कार्यसमितिको बैठक काठमाडौँमा बोलाएको छ । ...
मंसिर २२ गते, २०८२ - १६:५४
काठमाडौं। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत भदौ २४ गतेको आन्दोलनका कारण क्षतिग्रस्त सिंहदरबार परिसरका संरचना चाँडै पुन:निर्माण हुने विश्वास व्यक...
मंसिर २२ गते, २०८२ - १६:४१
काठमाडौँ । सडक डिभिजन कार्यालय हेटौँडाले सर्वोच्च अदालतबाट मंसिर १९ गते जारी उत्प्रेषण आदेश मंसिर २१ गते प्राप्त भएको तथा सोहि आदेशको पालना गर्दै हेटौ...
मंसिर २२ गते, २०८२ - १६:१९
काठमाडौँ । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)मा लिगको च्याम्पियन बन्ने दौडमा चार टोली प्रतिस्पर्धामा छन् । प्लेअफ समीकरण पूरा भइसक्दा १२ ...
मंसिर २२ गते, २०८२ - १५:५९
काठमाडौं । नागरिक उड्डयन प्राधिकरणका निलम्बित महानिर्देशक प्रदीप अधिकारी पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणसम्बन्धी भ्रष्टाचार मुद्दामा समेत जोडि...
मंसिर २२ गते, २०८२ - १५:४६
काठमाडौँ । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा गरिएको व्यापक अनियमिततामा ५ पूर्वमन्त्री र १० पूर्वसचिवसहित ५५ जनाविरुद्ध अख्तियार दुरु...
मंसिर २२ गते, २०८२ - १५:२८
धनगढी। कैलालीस्थित नेपाल–भारत सीमा नाकामा सुरक्षा सतर्कता बढाइएको छ । आगामी फागुनमा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई दृष्टिगत गरेर नेपाल–भारत सीमा...
मंसिर २२ गते, २०८२ - १५:२२
काठमाडौं – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री सुशीला कार्कीबीच आइतबार सिंहदरबारमा भेटवार्ता भएको छ। पूर्वराष्ट्रपति भण्डारी सिंहदरब...
मंसिर २२ गते, २०८२ - १५:१३
धरान। धरान उपमहानगरपालिकामा गाडी पल्टिँदा एकको मृत्यु भएको छ भने एघार जना घाइते भएका छन् । भेडेटारबाट धरान आउँदै गरेको प्र.१ ०२ ००२ च ३८२६ नम्बरको ...




प्रतिकृया लेख्नुहोस्: