Khabar Dabali १ पुष २०८२ मंगलवार | 16th December, 2025 Tue
Investment bank

नक्कली नागरिकताधारीलाई सत्ताधारी दल एमालेको संरक्षण

२६ पटक पेशी चढेको मुद्वा १६ पटक स्थगित

खबरडबली संवाददाता

काठमाडौं। नक्कली विवरण दिएर फर्जी नेपाली नागरिकता लिएको आरोप लागेकी महिला युवन्तिका राईलाई प्रधानमन्त्री केपी शर्मा ओलीकै दलले संरक्षण गरिरहेको पाइएको छ।

नक्कली नागरिकता लिएको आरोपसहित चितवन जिल्ला अदालतमा दायर भएको मुद्दामा धरौटीमा छुटेकी यी महिला त्यसयता पनि प्रधानमन्त्री केपी शर्मा ओलीको आसपासमै देखिन्छिन्। यतिमात्र होइन प्रधानमन्त्रीको दल नेकपा एमालेको पार्टीको पदाधिकारी निर्वाचित पनि भएकी छिन्।

अदालतले भने उनलाई ‘कसूर गरेको मान्न सकिने पर्याप्त आधार रहेको’ भन्दै धरौटीमा छाडेको थियो। धरौटीमा थुनाबाहिर रहेर नक्कली नागरिकताको मुद्दा लड्दै आएकी राईले अहिले आफूले मुद्दा हार्ने अवस्था आएपछि अदालतमा मुद्दाको सुनुवाइ नै हुन नदिने प्रपञ्च गरिरहेकी छन्। यसका लागि उनले इलाम क्षेत्र नम्बर १ का सांसद सुहाङ नेम्वाङको ल फर्मलाई समेत प्रयोग गरेकी छन्।

अदालतमा विचाराधीन विवादित नागरिकताकै आधारमा उनले पर्वतारोहणको इजाजतपत्र लिएकी थिइन्। यही इजाजतका आधारमा उनले पूर्व सभामुख सुवास नेम्वाङको तस्वीर साथमा लिएर सगरमाथा आरोहण गरिन्। त्यसपछि उनलाई इलाम क्षेत्र नम्बर २ का सांसद महेश बस्नेतले २०७९ को मंसिर अन्तिम साता सम्मान समेत गरेका थिए।

युवन्तिका इलाममै बसोवास गर्ने महिला हुन् तर उनी नेपाली नागरिक भएको कुनै प्रमाण छैन। भएको नागरिकताको विवरण फर्जी भएको आरोप अदालतमा विचाराधीन छ। उनको पहिलेदेखि नै इलामका प्रभावशाली एमाले नेता नेम्वाङको परिवारसँग निकट सम्बन्ध थियो। नेम्वाङसँगको सम्बन्धकै आधारमा उनको पहुँच प्रधानमन्त्रीको कार्यकक्षसम्म पुगेको थियो।

जिल्ला अदालतमा सुनुवाइ सकिएर अदालतले प्रमाण बुझिसकेको र कानुन व्यवसायीको बहस नोटसमेत मागिसकेको अवस्थामा पनि यसको सुनुवाइ पटक पटक स्थगित भइरहेको छ। केही सीमित मुद्दाहरुमा बाहेक सामान्यतया अदालती अभ्यासमा बहस नोट मागिसकेपछि धेरैजसो मुद्दामा अन्तिम फैसला हुने गरेको छ। तर, यो मुद्दाको सुनुवाइ नै स्थगित भइरहेको छ।

अदालतको रेकर्डअनुसार यो मुद्दा सबैभन्दा धेरै पटक प्रतिवादीको कानुन व्यवसायीबाट स्थगित भएको छ। हालसम्म मुद्दा २६ पटक पेशी चढेकोमा १६ पटक स्थगित भएको छ।

यीमध्ये २ पटक बार एसोसिएसनको पत्रले पेशीबाट हटाइएको छ भने बाँकी पेशी प्रतिवादीको कानुन व्यवसायीबाट स्थगित भएको छ। उनीविरुद्ध मुद्दा दायर गर्ने पक्षले उनले मुद्दा हार्ने डरले यसरी सुनुवाइ नै स्थगित गराउँदै आएको आरोप लगाउँछन्।

युवन्तिकाले यही विवादित नागरिकताका आधारमा पर्वतारोहण सम्बन्धी काम गर्ने एक युवासँग विवाह प्रमाणित गराएकी छन्। ती युवाको मृत्यु भइसकेको छ। मृतक युवाका परिवारले उनले झुक्याएर नाता प्रमाणित गराएको बताउँछन्।

उनले मृतक युवाको परिवारविरुद्ध काठमाडौं जिल्ला अदालतमा अंश मुद्दा हालेर उनीहरुको सम्पत्ति रोक्का गराएकी छन् जसका कारण उनीहरुको पूरै व्यवसाय धराशायी भएको छ।

युवन्तिकाको नागरिकता नै फर्जी ठहर हुन सक्ने आधार देखिएपछि काठमाडौं जिल्ला अदालतले उनको अंश मुद्दामा पनि अन्तिम फैसला रोकेको छ। तर, नागरिकताको विचाराधीन मुद्दामा अन्तिम फैसला नआउँदा काठमाडौं जिल्ला अदालतले उनले श्रीमान दावी गरेका युवाको परिवारको सम्पत्ति फुकुवा गर्न सकेको छैन।

मुद्दा स्थगनको लागि उनले कानुन व्यवसायी मात्र नभइ चितवन जिल्ला बार एसोसिएसनलाई समेत प्रयोग गरेको आरोप छ। २०७५ मा चितवन जिल्ला बार एसोसिएसनको अध्यक्षमा निर्वाचित कमल पाठक अहिले एमाले चितवनको अध्यक्ष छन्। उनले बारमार्फत मुद्दाको अन्तिम फैसला नगर्न अदालतमा दबाब बढाएको उजुरीकर्ताको आरोप छ।

युवन्तिकाले नक्कली नागरिकता बनाएको आरोपसहित छविलाल तामाङले २०७९ फागुन ८ मा मुद्दा दायर गरेका थिए। उनले नागरिकता बनाउन छविलाललाई आफ्नो पिता दावी गरेकी थिइन्। छविलाल युवन्तिका आफ्नी छोरी नभएको बताउँछन्। नक्कली नागरिकताको मुद्दामा सुनुवाइ भएर धरौटीमा छुटेपछि युवन्तिकाको एमालेभित्र पहुँच भने बढ्दै गएको छ।

यसअघि इलाम क्षेत्र नम्बर १ का सांसद रहेका आफ्ना पिता सुवास नेम्वाङको निधनपछि उपचुनाबमा उम्मेदवार बनेका सुहाङ नेम्वाङको चुनावी सभामा युवन्तिका नाचेकी थिइन्। यो कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली स्वयं पुगेका थिए र उनकै अगाडि युवन्तिका नाचेकी थिइन्। त्यतिबेला उनी अदालतबाट धरौटीमा छुटेकी आरोपी थिइन्।

मुद्दा विचाराधीन भएकै अवस्थामा गएको जेठमा भएको नेकपा एमाले इलामको अधिवेशनमा युवन्तिका आदिवासी जनजाति महिला कोटाबाट एकालेको जिल्ला कमिटी सदस्यमा समेत निर्वाचित भइसकेकी छन्।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

चार लेनको मादी पुल अन्तिम चरणमा

तनहुँ । मुग्लिन–पोखरा सडकअन्तर्गत दमौली बजारमा निर्माणाधीन चार लेनको पुल आगामी वैशाखभित्र सम्पन्न गर्ने गरी कामलाई तीव्रता दिइएको छ । व्यास नगरपालिका–...

अर्बकुना सुन्तला उत्पादन कृषक समूहद्वारा ८७ लाखको सुन्तला बिक्री

स्याङ्जा । स्याङ्जाको एउटै समूहले यस वर्ष ८७ लाख मूल्यको सुन्तला बिक्री गरेको छ । स्याङ्जाको पुतलीबजार नगरपालिका–७ स्थित अर्बकुना सुन्तला उत्पादन कृषक...

मुस्ताङको ऐतिहासिक सांस्कृतिक गाउँ ‘झारकोट’ ओझेलमा

मुस्ताङ । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र–१ मा अवस्थित हिन्दू तथा बौद्ध धर्मावलम्बीहरूको प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथ मन्दिर नजिकैको ‘झारकोट’ गाउँ प...

एमाले ११ औँ महाधिवेशन: उम्मेदवारीको अन्तिम नामावली सूचीसहित

काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशन अन्तर्गत नेतृत्व चयनका लागि उम्मेदवारीको अन्तिम नामावली सार्वजनिक भएको छ। केन्द्रीय निर्वाचन समितिले सार्वज...

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे, भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा हात्ती भैरहवा पुगेका छन् । बुधबार गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल हुँदै ती हात्...

मङ्गलाघाटमा पाखो सम्याएर खेलमैदान निर्माण

म्याग्दी । बेनी नगरपालिका–७ मङ्गलाघाटमा स्थानीयवासीले सातमुरे पाखो सम्याएर ३५ मिटर लम्बाइ र १५ मिटर चौडाइ भएको खेलमैदान निर्माण गरेका छन्। बेनी नगरपाल...

कोरियाली पर्यटक भित्र्याउन टान–काटा बीच समझदारीपत्रमा हस्ताक्षर

काठमाडौँ ।  ट्रेकिङ एजेन्सिज् एसोसिएसन अफ नेपाल (टान) र कोरिया एसोसिएसन अफ ट्राभल एजेन्ट्स (काटा) बीच द्विपक्षीय पर्यटन प्रवर्द्धन र सहकार्य सुदृढ गर्...

नेकपा (संयुक्त) ले सात प्रदेश सम्मेलन आयोजक संयोजक तोक्यो

घनश्याम भुसाल संयोजक रहेको दस्तावेज लेखन समिति गठन

एमाले महाधिवेशनप्रति भीम रावलको तीखाे प्रहार, ‘ओलीको निरंकुशता अहिले पुष्टि हुँदैछ’

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका नेता डा. भीम रावलले नेकपा एमालेको जारी ११औँ महाधिवेशनप्रति कडा प्रतिक्रिया दिएका छन्। सामाजिक सञ्जालमार्फत प्रति...

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षौंदेखि अलपत्र पारेर रुग्ण बनाइएका सिँचाइतर्फका २२ वटा ठेक्का तोडिएको छ । ठेक्का तोडिएका आयोजनाहरुको क...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending