काठमाडौं । नेपाल विद्यार्थी संघले सामाजिक सञ्जाल विधेयकविरुद्ध प्रदर्शन गरेको छ । संघका नेता कार्यकर्ताले विधेयकविरुद्ध माइतीघरमा प्रदर्शन गरेका हुन् ।
विधेयकमा रहेका प्रावधानले नागरिकको अभिव्यक्ति स्वतन्त्रता, सूचनाको अधिकार, र गोपनियताको अधिकारलाई गम्भीर रूपमा खतरामा पार्ने देखिएको संघका केन्द्रीय सदस्य पवन आचार्यले जानकारी गराए । विधेयकमा राखिएका व्यवस्थाहरू खुला छलफल गरेर संशोधन गर्नुपर्ने उनले माग राखे ।
विधेयक अभिव्यक्ति स्वतन्त्रताको हकविरुद्ध रहेको भन्दै प्रतिकात्मक विरोध गरिएको गरिएको थियो । प्रदर्शनमा कांग्रेसको एक सूचना लेखेको प्लाकार्डसहित विद्यार्थीहरूले विरोध गरेका थिए ।
राष्ट्रियता, प्रजातन्त्र, समाजवाद र स्वतन्त्रताका सूचकका रुपमा चार ताराको व्याख्या गर्ने गरिएको छ । चारवटामध्ये एउटा तारालाई अभिव्यक्ति स्वतन्त्रताका रुपमा परिभाषित गरिन्छ ।
साथै, ‘डियर केपी बा समृद्ध नेपालमा बोल्न पाइन्न र?’, ‘नियमन चाहिएको हो, नियन्त्रण होइन’, ‘प्रश्नसँग डराएको सरकार’ लगायतका नारा सहित विरोध गरिएको थियो ।
सामाजिक सञ्जाल विधेयकमा विवादास्पद विषयहरूमा वास्तविक पहिचान दर्ता गर्न बाध्य बनाउने, ‘अश्लील’ र घृणा शब्दहरूको परिभाषा अस्पष्टता, सरकारलाई इन्टरनेट प्रयोगकर्ताहरूको गतिविधिमा निगरानी, दण्डहरू अनुपातहीन, कारबाही गर्ने अधिकार अदालत बाहिर हुनु लगायत रहेको संघले जनाएको छ
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २९ गते, २०८२ - २२:२५
मोरङ । ३८औँ संस्करणको विराट गोल्ड कप फुटबल–२०८२ प्रतियोगिताअन्तर्गत आज राति भएको खेलमा चर्च ब्वाइज युनाइटेड क्लब काठमाडौँ सेमिफाइनलमा प्रवेश गरेको छ ।...
चैत्र २९ गते, २०८२ - २२:०१
काठमाडौं । बालेन्द्र शाह नेतृत्वको मन्त्रिपरिषद् अहिले नीतिले भन्दा पनि सुनले बढी चम्किएको देखिन्छ। आज सार्वजनिक गरिएको सम्पत्ति विवरण हेर्दा लाग्छ—यो...
चैत्र २९ गते, २०८२ - २१:४६
खोटाङ । जन्तेढुङ्गा गाउँपालिकाले नेपालको राष्ट्रिय फूल लालीगुराँसको संरक्षण गर्ने उद्देश्यले ‘लालीगुराँस संरक्षण अभियान’ सञ्चालन गरेको छ । स्थानीय बास...
चैत्र २९ गते, २०८२ - २१:४४
काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालको सम्पत्ति विवरण सार्वजनिक भएको छ । उक्त विवरण अनुसार मन्त्री खनालसँग विभिन्न कम्पनीमा लगानीदेखि सुनसम्म रहेको ...
चैत्र २९ गते, २०८२ - १९:४९
झापा। झापाको बुद्धशान्ति गाउँपालिका–३ स्थित मेची राजमार्ग सडकखण्डमा तीन वटा मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका ...
चैत्र २९ गते, २०८२ - १९:४५
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ को खातामा १ करोड ४६ लाख रुपैयाँ रहेको पाइएको छ । आज सार्वजनिक भएको प्रधानमन्त्री बालेनको सम्पत्ति विवरण...
चैत्र २९ गते, २०८२ - १९:४२
काठमाडौं। नेपालमा अधिकांश दैनिक उपभोग्य वस्तुका लागि आयातमै निर्भर हुनुपर्ने अवस्था त सुनेकै छौँ, तर सुकुटी अर्थात् सुक्खा तरकारीको अवस्था पनि त्यस्तै...
चैत्र २९ गते, २०८२ - १९:३९
काठमाडौं । चीनले भारतीय भूभागभित्र पर्ने स्थानहरूको नाम परिवर्तन गर्ने प्रयास गरेको भन्दै भारतले कडा आपत्ति जनाएको छ। भारतीय विदेश मन्त्रालयले सामाजिक...
चैत्र २९ गते, २०८२ - १९:३४
सर्लाही । भारतीय नम्बर प्लेटका सवारी साधन सञ्चालनमा लगाइएको प्रतिबन्धको निर्णयविरुद्ध सर्लाहीमा राजनीतिक दलहरूले एकजुट भएर विरोध जनाएका छन्। जिल्लामा ...
चैत्र २९ गते, २०८२ - १९:३१
हेटौँडा। मकवानपुर जिल्लामा अवैध रूपमा घरेलु मदिरा उत्पादन भइरहेको सूचनाका आधारमा प्रहरीले छापा मारेर ठूलो परिमाणमा मदिरा र कच्चा पदार्थ बरामद गरेको छ।...


प्रतिकृया लेख्नुहोस्: