जनकपुरधाम । धनुषाको विदेह नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिपेन्द्र कुमार साहले मेयर र उनका छोराबाटै असुरक्षित बनेको भन्दै प्रधानमन्त्री केपीशर्मा ओलीलाई पत्र पठाएर सुरक्षा मागेका छन् । शिक्षक सेवा आयोगबाट सिफारिस भई आएका शिक्षिकालाई हाजिर गराएको निहुँमा अधिकृत साहलाई मेयरका छोरा रामभजन दासले कुटपिट गरेपछि उनले सुरक्षा माग्दै प्रधानमन्त्रीलाई चिठी लेखेका हुन् ।
सो घटनापछि आएका मेयर दासले पनि अधिकृत साहलाई उल्टै प्रहरीकै सामुन्ने गोली हानी मार्ने धम्की दिएका थिए । घटनापछि मंगलबार अधिकृत साहले जिल्ला प्रशासन कार्यालय धनुषा पुगेर आफ्नो सुरक्षा र कुट्ने मेयरका छोरा तथा धम्की दिने मेयरलाई पक्राउ गरी कारबाही गर्न उजुरी दिएका थिए । उनले आज प्रधानमन्त्री ओलीलाई पनि पत्राचार गरेका हुन् ।
अधिकृत साह माघ २ मा नगरपालिकामा हाजिर भएका थिए । उनले आफू २५ दिन कुनै बिदा नलिई छुट्टीको दिन समेत विहान ८ बजेदेखि बेलुका ७ बजेसम्म काम गरेको प्रधानमन्त्रीलाई पठाएको पत्रमा उल्लेख गरेका छन् । उनले पठाएको पत्रमा २५ दिनमा गरेको २४ कामको विस्तृत विवरण पनि उल्लेख छ ।
‘गरिब रेखामुनी एवम् एचडिआईमा तल परेको विदेह नगरपालिकाको जनतालाई सेवा गर्ने अनुकुल वातावरणमा काम गर्न पाउने मेरो चाहना छ’, उनले लेखेका छन्, ‘यस्तो परिस्थितिमा असक्षम कर्मचारी कहलिएर २ वर्षभन्दा अगावै १ महिनामै म सरुवा हुन चाहन्न ।’
उनले अधिकृत साहले घटनामा संलग्न मेयर दास र उनका छोरालाई आवश्यक कारबाही गरेर अगामी दिनहरुमा यस्ता घटना नदोहोरिनका लािग न्यायोचित कदम चालेर म एउटा सामान्य नेपाल सरकारको कर्मचारीलाई न्याय दिलाई पाउँ भन्ने अनुरोध प्रधानमन्त्रीलाई गरेका छन् । मेयर दास नेकपा एमालेबाटै निर्वाचित छन् ।
यस्तै अधिकृत साहले राष्ट्रिय सतर्कता केन्द्रलाई समेत घटनाबारे जानकारी गराउँदै मेयरले कर्मचारी लगाएर दर्ता चलानी, हाजिरी आफ्नो मातहतमा लिई भ्रष्टाचार लुकाउन सक्ने सम्भावना रहेकाले स्थलगत अनुगमन गरी छानविन गर्न माग गरेका छन्
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २९ गते, २०८२ - २२:२५
मोरङ । ३८औँ संस्करणको विराट गोल्ड कप फुटबल–२०८२ प्रतियोगिताअन्तर्गत आज राति भएको खेलमा चर्च ब्वाइज युनाइटेड क्लब काठमाडौँ सेमिफाइनलमा प्रवेश गरेको छ ।...
चैत्र २९ गते, २०८२ - २२:०१
काठमाडौं । बालेन्द्र शाह नेतृत्वको मन्त्रिपरिषद् अहिले नीतिले भन्दा पनि सुनले बढी चम्किएको देखिन्छ। आज सार्वजनिक गरिएको सम्पत्ति विवरण हेर्दा लाग्छ—यो...
चैत्र २९ गते, २०८२ - २१:४६
खोटाङ । जन्तेढुङ्गा गाउँपालिकाले नेपालको राष्ट्रिय फूल लालीगुराँसको संरक्षण गर्ने उद्देश्यले ‘लालीगुराँस संरक्षण अभियान’ सञ्चालन गरेको छ । स्थानीय बास...
चैत्र २९ गते, २०८२ - २१:४४
काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालको सम्पत्ति विवरण सार्वजनिक भएको छ । उक्त विवरण अनुसार मन्त्री खनालसँग विभिन्न कम्पनीमा लगानीदेखि सुनसम्म रहेको ...
चैत्र २९ गते, २०८२ - १९:४९
झापा। झापाको बुद्धशान्ति गाउँपालिका–३ स्थित मेची राजमार्ग सडकखण्डमा तीन वटा मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका ...
चैत्र २९ गते, २०८२ - १९:४५
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ को खातामा १ करोड ४६ लाख रुपैयाँ रहेको पाइएको छ । आज सार्वजनिक भएको प्रधानमन्त्री बालेनको सम्पत्ति विवरण...
चैत्र २९ गते, २०८२ - १९:४२
काठमाडौं। नेपालमा अधिकांश दैनिक उपभोग्य वस्तुका लागि आयातमै निर्भर हुनुपर्ने अवस्था त सुनेकै छौँ, तर सुकुटी अर्थात् सुक्खा तरकारीको अवस्था पनि त्यस्तै...
चैत्र २९ गते, २०८२ - १९:३९
काठमाडौं । चीनले भारतीय भूभागभित्र पर्ने स्थानहरूको नाम परिवर्तन गर्ने प्रयास गरेको भन्दै भारतले कडा आपत्ति जनाएको छ। भारतीय विदेश मन्त्रालयले सामाजिक...
चैत्र २९ गते, २०८२ - १९:३४
सर्लाही । भारतीय नम्बर प्लेटका सवारी साधन सञ्चालनमा लगाइएको प्रतिबन्धको निर्णयविरुद्ध सर्लाहीमा राजनीतिक दलहरूले एकजुट भएर विरोध जनाएका छन्। जिल्लामा ...
चैत्र २९ गते, २०८२ - १९:३१
हेटौँडा। मकवानपुर जिल्लामा अवैध रूपमा घरेलु मदिरा उत्पादन भइरहेको सूचनाका आधारमा प्रहरीले छापा मारेर ठूलो परिमाणमा मदिरा र कच्चा पदार्थ बरामद गरेको छ।...


प्रतिकृया लेख्नुहोस्: