Khabar Dabali २३ मंसिर २०८२ सोमबार | 8th December, 2025 Mon
Investment bank

दूध उत्पादनमा आत्मनिर्भर बन्दै पालुङटार

खबरडबली संवाददाता

गोरखा । पालुङटार नगरपालिका दूध उत्पादनमा आत्मनिर्भर बन्दै गएको छ । नगरपालिकाले दूध उत्पादनमा अनुदान उपलब्ध गराएपछि पालुङटारका किसान उत्साहित भएका छन् ।

दुग्ध उत्पादन भए सगैं पालुङटारको आर्थिक विकासमा मात्र नभई स्थानीयहरूको जीविकोपार्जनमा पनि महत्त्वपूर्ण योगदान पुगेको छ। किसानहरूको आर्थिक स्थिति सुधार गर्न अनुदान कार्यक्रमलाई प्राथमिकतामा राखेको छ।

नगरपालिकाका मेयर विवश चिन्तनले दुग्ध उत्पादनलाई पालुङटारको आर्थिक मेरुदण्ड बनाउने आफ्नो प्रतिबद्धता व्यक्त गरे। उनले किसानहरूको जीवनस्तर उकास्न र दुग्ध उत्पादनको गुणस्तर सुधार गर्न नगरपालिका निरन्तर लागि परेको बताए।

उनले किसानलाई आधुनिक उपकरण र उन्नत प्रजातिका गाईभैंसी उपलब्ध गराइएको र यसले दुग्ध उत्पादनको परिमाण र गुणस्तर दुवैमा सुधार ल्याएको जानकारी दिए। 'चिस्यान केन्द्रको निर्माणमा पालुङटार नगरपालिकाले १५ लाख रुपैयाँ अनुदान प्रदान गरेको छ', उनले भने । मेयर चिन्तनले पालुङटारलाई दुग्ध उत्पादनको नमुना क्षेत्र बनाउने लक्ष्य अघि सारेका छन्।

जुडीखोला बहुउद्देश्यीय कृषक समूहका अध्यक्ष अर्जुन बहादुर पाण्डेले दूध उत्पादनमा अनुदानले किसान उत्साहित भएको बताए । अनुदानको सही उपयोगले उन्नत गाईभैंसी ल्याउन सहयोग पुगेको उनको बुझाइ छ। 

गत साउनबाट दूधको नियमित संकलन र प्रशोधन कार्य गर्दै आएको यो कृषक समूहले आधुनिक उपकरणहरूको प्रयोगले दूधको गुणस्तरमा सुधार ल्याएको र बजार मूल्य पनि राम्रो पाएको बताए। नगरपालिकाले उपलब्ध गराएको तालिम र प्राविधिक सहयोगको पनि प्रशंसा गर्दै अध्यक्ष पाण्डेले स्थानीय किसानहरूलाई थप उत्प्रेरणा मिलेको जनाए। यो समूहले दैनिक ४०० लिटर संकलन हुन्छ ।

वडा नम्बर ९ मा व्यावसायिक उत्पादन सुरु हुन थालेको सफल पशुपन्छी किसान समूहले पनि दुग्ध उत्पादन गरिरहेको छ। यस समूहले करिब एक वर्षअघि सुरु गरेको थियो। वडा नम्बर ८ मा रहेको अकला दुग्ध उत्पादन सहकारीले पनि स्थानीय बजार व्यवस्थापनमा ठुलो भूमिका खेलेको छ।

मंसिर २५, २०८१ मा सुरु भएको यस सहकारीले किसानहरूको उत्पादनलाई उचित मूल्यमा बिक्री गर्न र दुग्धको गुणस्तर सुधार गर्न विभिन्न तालिमहरू सञ्चालन गर्दै आएको छ। यो समूहले दैनिक ५५० लिटर दूध संकलन गरिरहेको छ।

नगरपालिकाले किसानहरूलाई आत्मनिर्भर बनाउन विभिन्न अनुदान कार्यक्रम सञ्चालन गरिरहेको छ। गाईभैंसीमा ५० प्रतिशत अनुदान, गोठ सुधारका लागि प्रति गोठ १० हजार रुपैयाँ अनुदान र प्रति लिटर दुग्धमा तीन रुपैयाँको उत्पादन प्रोत्साहन नगरपालिकाले उपलब्ध गराएको छ। 

विशेषगरी उत्पादनका आधारमा प्रदान गरिने अनुदानहरूले किसानहरूलाई थप मेहनत गर्न र दुग्ध उत्पादनमा गुणात्मक वृद्धि गर्न प्रेरित गरेको छ। यो प्रोत्साहनले उत्पादन वृद्धि गर्न मात्र होइन, दुग्ध गुणस्तर सुधार्न र किसानहरूको जीवनस्तर उकास्न महत्त्वपूर्ण भूमिका खेलेको छ। मेयर चिन्तनका अनुसार, अनुदानको उद्देश्य उत्पादनमा वृद्धि र किसानहरूको आयमा सुधार गर्नु हो। यसले परम्परागत पद्धतिबाट आधुनिक पद्धतिमा परिवर्तन गर्न किसानलाई अझ सजिलो बनाएको छ।

परम्परागत पद्धतिमा निर्भर रहेका किसानहरू अब आधुनिक प्रविधि र उन्नत व्यवस्थापनको प्रयोग गर्दै दैनिक रूपमा उत्पादनको मात्रा वृद्धि गर्न सक्षम भएका छन्। यी संस्थाहरूले किसानहरूको दूधलाई उचित मूल्यमा बिक्री गर्न र गुणस्तरीय उत्पादन सुनिश्चित गर्न सघाएका छन्। यी सबै दूध सुजल डेरी प्रालि पोखराले लैजान्छ ।

दुग्ध उत्पादनमा आत्मनिर्भर बन्दै जाँदा पालुङटारका किसानहरूको जीवनस्तरमा सुधार आएको छ। नियमित रूपमा दूध बेचेर किसानहरूले स्थिर आय स्रोत बनाउन सकेका छन्। यसले स्थानीय युवाहरूलाई वैदेशिक रोजगारीको सट्टा कृषि पेशा अपनाउन प्रेरित गरेको छ। मेयर चिन्तनले पालुङटारलाई दुग्ध उत्पादनको केन्द्र बनाउने दीर्घकालीन योजना रहेको दाबी गरे । 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेकपा नेता काशी महतोको निधन, पार्टी र समाजमा अपूरणीय क्षति

काठमाडौँ । महोत्तरीका पूर्व नेकपा (माओवादी केन्द्र) जिम्मेवार नेता तथा हाल नेपाली कम्युनिस्ट पार्टीका नेता काशी महतो (करण)को  निधन भएकाे छ । महतोको नि...

जुम्लामा ‘फायर हाइड्रेन्ट’ को सफल प्रयोग, जोगियो ठूलो क्षति

जुम्ला । जुम्लाको चन्दननाथ नगरपालिका–५, खलङ्गा बजारको एक मोबाइल पसलमा हालै भएको आगलागीलाई ‘फायर हाइड्रेन्ट’ को प्रयोग गरी नियन्त्रणमा लिइएको छ। दमकल छ...

एमाले महाधिवेशनअगाडि पोखरेलको फरक दस्तावेज, ओलीसँग छलफलको तयारी

काठमाडौँ । मंसिर २७ गतेदेखि सुरु हुने एमालेको ११औँ महाधिवेशन नजिकिँदै गर्दा पार्टीभित्र राजनीतिक प्रस्तावलाई लिएर मतभेद सतहमा आएको छ । अध्यक्ष केपी शर...

४ महिनाका शिशुको हत्या आरोपमा प्रहरी असई पक्राउ

काठमाडौँ । नेपाल प्रहरीका प्रहरी सहायक निरीक्षक (असई) पुष्कर कार्कीले आफ्नै चार महिनाका छोराको हत्या गरेको अभियोगमा पक्राउ परेका छन् । घटना काठमाडौँको...

विप्लव, प्रभाकर र घनश्याम सँग बलदेव आक्रमक: अन्तिममा तीनैजना ओलीकै पछि लाग्छन्

रुपन्देही । नेपाली कम्युनिष्ट पार्टीका नेता चक्रपाणि खनाल ‘बलदेव’ले कम्युनिष्ट आन्दोलनभित्र देखिएका असन्तुष्ट धारहरू अन्ततः केपी शर्मा ओलीतर्फै मोडिने...

सल्यानको कोटबारामा बस दुर्घटना

सल्यान । सल्यानको बाफुखोलाबाट दाङको तुलसीपुर आइरहेको ना४ख ६२३२ नम्बरको बस सल्यानको कोटबारामा दुर्घटना भएको छ । बसमा यात्रुहरु सवार नभएको र चालकलाई ...

राष्ट्रिय बायोग्यास कार्यक्रम कागजमै सीमित, मैदानमा प्रणाली बन्द

उपेक्षा र मर्मत अभावले बायोग्यास प्रणाली धराशायी, ऊर्जा रूपान्तरणमै संकट

जेनजी आन्दोलनपछिको चुनौतीबीच पनि तनहुँ प्रशासनको सेवा निरन्तर

तनहुँ  । जेनजी आन्दोलनका क्रममा तोडफोड र आगजनीका कारण केही समय अवरुद्ध बनेको जिल्ला प्रशासन कार्यालय तनहुँले कठिन अवस्थाबीच पनि सेवा प्रवाहलाई निरन्तर...

नेपाल बैंक र क्यूरा हेल्थबीच स्वास्थ्य सेवामा छुटसम्बन्धी सम्झौता

काठमाडौँ । नेपालकै पहिलो बैंक नेपाल बैंक लिमिटेड र क्यूरा हेल्थ प्रा. लि.बीच स्वास्थ्य सेवामा विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ ।...

मतपत्रमा १०७ चिन्ह: प्रतिनिधि सभा चुनावमा ११४ दल मैदानमा

काठमाडौँ । फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा यसपटक मतदाताले फरक–फरक १०७ वटा निर्वाचन चिन्हमध्ये आफ्नो रोजाइ छान्नुपर्नेछ । निर्वाचन आयोगले चु...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending