Khabar Dabali ३० चैत्र २०८२ सोमबार | 13th April, 2026 Mon

दूध उत्पादनमा आत्मनिर्भर बन्दै पालुङटार

खबरडबली संवाददाता

गोरखा । पालुङटार नगरपालिका दूध उत्पादनमा आत्मनिर्भर बन्दै गएको छ । नगरपालिकाले दूध उत्पादनमा अनुदान उपलब्ध गराएपछि पालुङटारका किसान उत्साहित भएका छन् ।

दुग्ध उत्पादन भए सगैं पालुङटारको आर्थिक विकासमा मात्र नभई स्थानीयहरूको जीविकोपार्जनमा पनि महत्त्वपूर्ण योगदान पुगेको छ। किसानहरूको आर्थिक स्थिति सुधार गर्न अनुदान कार्यक्रमलाई प्राथमिकतामा राखेको छ।

नगरपालिकाका मेयर विवश चिन्तनले दुग्ध उत्पादनलाई पालुङटारको आर्थिक मेरुदण्ड बनाउने आफ्नो प्रतिबद्धता व्यक्त गरे। उनले किसानहरूको जीवनस्तर उकास्न र दुग्ध उत्पादनको गुणस्तर सुधार गर्न नगरपालिका निरन्तर लागि परेको बताए।

उनले किसानलाई आधुनिक उपकरण र उन्नत प्रजातिका गाईभैंसी उपलब्ध गराइएको र यसले दुग्ध उत्पादनको परिमाण र गुणस्तर दुवैमा सुधार ल्याएको जानकारी दिए। 'चिस्यान केन्द्रको निर्माणमा पालुङटार नगरपालिकाले १५ लाख रुपैयाँ अनुदान प्रदान गरेको छ', उनले भने । मेयर चिन्तनले पालुङटारलाई दुग्ध उत्पादनको नमुना क्षेत्र बनाउने लक्ष्य अघि सारेका छन्।

जुडीखोला बहुउद्देश्यीय कृषक समूहका अध्यक्ष अर्जुन बहादुर पाण्डेले दूध उत्पादनमा अनुदानले किसान उत्साहित भएको बताए । अनुदानको सही उपयोगले उन्नत गाईभैंसी ल्याउन सहयोग पुगेको उनको बुझाइ छ। 

गत साउनबाट दूधको नियमित संकलन र प्रशोधन कार्य गर्दै आएको यो कृषक समूहले आधुनिक उपकरणहरूको प्रयोगले दूधको गुणस्तरमा सुधार ल्याएको र बजार मूल्य पनि राम्रो पाएको बताए। नगरपालिकाले उपलब्ध गराएको तालिम र प्राविधिक सहयोगको पनि प्रशंसा गर्दै अध्यक्ष पाण्डेले स्थानीय किसानहरूलाई थप उत्प्रेरणा मिलेको जनाए। यो समूहले दैनिक ४०० लिटर संकलन हुन्छ ।

वडा नम्बर ९ मा व्यावसायिक उत्पादन सुरु हुन थालेको सफल पशुपन्छी किसान समूहले पनि दुग्ध उत्पादन गरिरहेको छ। यस समूहले करिब एक वर्षअघि सुरु गरेको थियो। वडा नम्बर ८ मा रहेको अकला दुग्ध उत्पादन सहकारीले पनि स्थानीय बजार व्यवस्थापनमा ठुलो भूमिका खेलेको छ।

मंसिर २५, २०८१ मा सुरु भएको यस सहकारीले किसानहरूको उत्पादनलाई उचित मूल्यमा बिक्री गर्न र दुग्धको गुणस्तर सुधार गर्न विभिन्न तालिमहरू सञ्चालन गर्दै आएको छ। यो समूहले दैनिक ५५० लिटर दूध संकलन गरिरहेको छ।

नगरपालिकाले किसानहरूलाई आत्मनिर्भर बनाउन विभिन्न अनुदान कार्यक्रम सञ्चालन गरिरहेको छ। गाईभैंसीमा ५० प्रतिशत अनुदान, गोठ सुधारका लागि प्रति गोठ १० हजार रुपैयाँ अनुदान र प्रति लिटर दुग्धमा तीन रुपैयाँको उत्पादन प्रोत्साहन नगरपालिकाले उपलब्ध गराएको छ। 

विशेषगरी उत्पादनका आधारमा प्रदान गरिने अनुदानहरूले किसानहरूलाई थप मेहनत गर्न र दुग्ध उत्पादनमा गुणात्मक वृद्धि गर्न प्रेरित गरेको छ। यो प्रोत्साहनले उत्पादन वृद्धि गर्न मात्र होइन, दुग्ध गुणस्तर सुधार्न र किसानहरूको जीवनस्तर उकास्न महत्त्वपूर्ण भूमिका खेलेको छ। मेयर चिन्तनका अनुसार, अनुदानको उद्देश्य उत्पादनमा वृद्धि र किसानहरूको आयमा सुधार गर्नु हो। यसले परम्परागत पद्धतिबाट आधुनिक पद्धतिमा परिवर्तन गर्न किसानलाई अझ सजिलो बनाएको छ।

परम्परागत पद्धतिमा निर्भर रहेका किसानहरू अब आधुनिक प्रविधि र उन्नत व्यवस्थापनको प्रयोग गर्दै दैनिक रूपमा उत्पादनको मात्रा वृद्धि गर्न सक्षम भएका छन्। यी संस्थाहरूले किसानहरूको दूधलाई उचित मूल्यमा बिक्री गर्न र गुणस्तरीय उत्पादन सुनिश्चित गर्न सघाएका छन्। यी सबै दूध सुजल डेरी प्रालि पोखराले लैजान्छ ।

दुग्ध उत्पादनमा आत्मनिर्भर बन्दै जाँदा पालुङटारका किसानहरूको जीवनस्तरमा सुधार आएको छ। नियमित रूपमा दूध बेचेर किसानहरूले स्थिर आय स्रोत बनाउन सकेका छन्। यसले स्थानीय युवाहरूलाई वैदेशिक रोजगारीको सट्टा कृषि पेशा अपनाउन प्रेरित गरेको छ। मेयर चिन्तनले पालुङटारलाई दुग्ध उत्पादनको केन्द्र बनाउने दीर्घकालीन योजना रहेको दाबी गरे । 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

चर्च ब्वाइज काठमाडौँ विराट गोल्ड कपको सेमिफाइनलमा

मोरङ । ३८औँ संस्करणको विराट गोल्ड कप फुटबल–२०८२ प्रतियोगिताअन्तर्गत आज राति भएको खेलमा चर्च ब्वाइज युनाइटेड क्लब काठमाडौँ सेमिफाइनलमा प्रवेश गरेको छ ।...

सुनले झपक्कै मन्त्रिपरिषद् : सरकार चल्ला कि सुनकै तौलमा ढल्ला ?

काठमाडौं । बालेन्द्र शाह नेतृत्वको मन्त्रिपरिषद् अहिले नीतिले भन्दा पनि सुनले बढी चम्किएको देखिन्छ। आज सार्वजनिक गरिएको सम्पत्ति विवरण हेर्दा लाग्छ—यो...

लालीगुराँस संरक्षण अभियान सञ्चालन गर्दै जन्तेढुङ्गा

खोटाङ । जन्तेढुङ्गा गाउँपालिकाले नेपालको राष्ट्रिय फूल लालीगुराँसको संरक्षण गर्ने उद्देश्यले ‘लालीगुराँस संरक्षण अभियान’ सञ्चालन गरेको छ । स्थानीय बास...

परराष्ट्रमन्त्री खनालको सम्पत्तिः २२ तोला सुन

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालको सम्पत्ति विवरण सार्वजनिक भएको छ । उक्त विवरण अनुसार मन्त्री खनालसँग विभिन्न कम्पनीमा लगानीदेखि सुनसम्म रहेको ...

तीन वटा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, चार घाइते

झापा। झापाको बुद्धशान्ति गाउँपालिका–३ स्थित मेची राजमार्ग सडकखण्डमा तीन वटा मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका ...

बालेनको खातामा १ करोड ४६ लाख, सम्पत्तिको स्रोत– ‘फेसबुक, युट्युब र टिकटक’

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ को खातामा १ करोड ४६ लाख रुपैयाँ रहेको पाइएको छ । आज सार्वजनिक भएको प्रधानमन्त्री बालेनको सम्पत्ति विवरण...

सुक्खा तरकारीका लागि पनि आयातकै भर

काठमाडौं। नेपालमा अधिकांश दैनिक उपभोग्य वस्तुका लागि आयातमै निर्भर हुनुपर्ने अवस्था त सुनेकै छौँ, तर सुकुटी अर्थात् सुक्खा तरकारीको अवस्था पनि त्यस्तै...

चीनद्वारा भारतीय भूभागको नाम परिवर्तन प्रयासप्रति भारतको कडा आपत्ति

काठमाडौं । चीनले भारतीय भूभागभित्र पर्ने स्थानहरूको नाम परिवर्तन गर्ने प्रयास गरेको भन्दै भारतले कडा आपत्ति जनाएको छ। भारतीय विदेश मन्त्रालयले सामाजिक...

भारतीय नम्बरप्लेटका सवारी प्रतिबन्धप्रति सर्लाहीमा सर्वदलीय विरोध, आन्दोलनको चेतावनी

सर्लाही । भारतीय नम्बर प्लेटका सवारी साधन सञ्चालनमा लगाइएको प्रतिबन्धको निर्णयविरुद्ध सर्लाहीमा राजनीतिक दलहरूले एकजुट भएर विरोध जनाएका छन्। जिल्लामा ...

मकवानपुरमा ठूलो परिमाणमा मदिरा र कच्चा पदार्थ बरामद

हेटौँडा। मकवानपुर जिल्लामा अवैध रूपमा घरेलु मदिरा उत्पादन भइरहेको सूचनाका आधारमा प्रहरीले छापा मारेर ठूलो परिमाणमा मदिरा र कच्चा पदार्थ बरामद गरेको छ।...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending