काठमाडौं। नेकपा माओवादी केन्द्र बागमती प्रदेशका अध्यक्ष सरल सहयात्री जनयुद्ध हिंसा नभई मुक्तियुद्ध रहेको बताएका छन् । जनयुद्ध दिवस (फागुन १)को अवसरमा शुभकामना दिँदै जनयुद्ध हिंसा नभई न्यायका लागि लडिरहेको मुक्तियुद्ध रहेको बताएका हुन् ।
सहयात्रीले १७ हजार सहिदहरूको बलिदानले अन्यायका पिँजडाहरू तोडिदियो बताए । ‘स्वतन्त्रता हरेक व्यक्तिका लागि खुला आकाश हो, जहाँ गन्तव्य छान्ने अधिकार स्वतःस्फूर्त हुनुपर्छ। तर, त्यो आकाश धर्मको, परम्पराको, जातीय विभेदको, श्रम शोषणको, र राज्यद्वारा लादिएको वर्गीय अन्यायको पिँजडामा कैद गरिएको थियो ।’ उनले भने, ‘१७,००० सहिदहरूको बलिदानले ती पिँजडाहरू तोडिदियो । जनयुद्ध कुनै हिंसा थिएन, यो त न्यायका लागि लडिएको अभूतपूर्व मुक्तियुद्ध थियो ।’
३० औँ जनयुद्ध दिवसको ऐतिहासिक दिनमा आफूहरूले त्यो इतिहासलाई गर्वका साथ सम्झने, विचारप्रति अडिग रहने, संगठनप्रति कहिल्यै विचलित र विकेन्द्रित नहुने आफूहरूले प्रतिज्ञा गरेको उनको भनाई छ । आन्दोलन र पार्टीलाई धोका दिने गद्दारहरूप्रति घृणा गर्दै, सहिदहरूले देखाएको बाटोमा दृढताका साथ अघि बढ्ने सङ्कल्प लिएको उनले बताए ।
जनवादी केन्द्रीयताको मर्म पक्रन, आफूलाई आफ्ना कुण्ठाहरूबाट मुक्त पार्न, आफ्ना स्वार्थ भन्दा सहिदका सपनालाई माथि राख्न र कहिल्यै विचलित नभई अन्तरसंघर्ष र वर्गसंघर्षको मर्मलाई भोग्दै, धीरतापूर्वक अवलम्बन गर्ने साहस गर्नुपर्ने उनले बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २९ गते, २०८२ - २२:२५
मोरङ । ३८औँ संस्करणको विराट गोल्ड कप फुटबल–२०८२ प्रतियोगिताअन्तर्गत आज राति भएको खेलमा चर्च ब्वाइज युनाइटेड क्लब काठमाडौँ सेमिफाइनलमा प्रवेश गरेको छ ।...
चैत्र २९ गते, २०८२ - २२:०१
काठमाडौं । बालेन्द्र शाह नेतृत्वको मन्त्रिपरिषद् अहिले नीतिले भन्दा पनि सुनले बढी चम्किएको देखिन्छ। आज सार्वजनिक गरिएको सम्पत्ति विवरण हेर्दा लाग्छ—यो...
चैत्र २९ गते, २०८२ - २१:४६
खोटाङ । जन्तेढुङ्गा गाउँपालिकाले नेपालको राष्ट्रिय फूल लालीगुराँसको संरक्षण गर्ने उद्देश्यले ‘लालीगुराँस संरक्षण अभियान’ सञ्चालन गरेको छ । स्थानीय बास...
चैत्र २९ गते, २०८२ - २१:४४
काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालको सम्पत्ति विवरण सार्वजनिक भएको छ । उक्त विवरण अनुसार मन्त्री खनालसँग विभिन्न कम्पनीमा लगानीदेखि सुनसम्म रहेको ...
चैत्र २९ गते, २०८२ - १९:४९
झापा। झापाको बुद्धशान्ति गाउँपालिका–३ स्थित मेची राजमार्ग सडकखण्डमा तीन वटा मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका ...
चैत्र २९ गते, २०८२ - १९:४५
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ को खातामा १ करोड ४६ लाख रुपैयाँ रहेको पाइएको छ । आज सार्वजनिक भएको प्रधानमन्त्री बालेनको सम्पत्ति विवरण...
चैत्र २९ गते, २०८२ - १९:४२
काठमाडौं। नेपालमा अधिकांश दैनिक उपभोग्य वस्तुका लागि आयातमै निर्भर हुनुपर्ने अवस्था त सुनेकै छौँ, तर सुकुटी अर्थात् सुक्खा तरकारीको अवस्था पनि त्यस्तै...
चैत्र २९ गते, २०८२ - १९:३९
काठमाडौं । चीनले भारतीय भूभागभित्र पर्ने स्थानहरूको नाम परिवर्तन गर्ने प्रयास गरेको भन्दै भारतले कडा आपत्ति जनाएको छ। भारतीय विदेश मन्त्रालयले सामाजिक...
चैत्र २९ गते, २०८२ - १९:३४
सर्लाही । भारतीय नम्बर प्लेटका सवारी साधन सञ्चालनमा लगाइएको प्रतिबन्धको निर्णयविरुद्ध सर्लाहीमा राजनीतिक दलहरूले एकजुट भएर विरोध जनाएका छन्। जिल्लामा ...
चैत्र २९ गते, २०८२ - १९:३१
हेटौँडा। मकवानपुर जिल्लामा अवैध रूपमा घरेलु मदिरा उत्पादन भइरहेको सूचनाका आधारमा प्रहरीले छापा मारेर ठूलो परिमाणमा मदिरा र कच्चा पदार्थ बरामद गरेको छ।...


प्रतिकृया लेख्नुहोस्: