स्याङ्जा । कार्यसम्पादनको मूल्याङ्कनको आधारमा स्याङ्जाका तीन गाउँपालिका गण्डकी प्रदेशकै उत्कृष्ट भएका छन् । गण्डकी प्रदेशका ८५ स्थानीय तहमध्येबाट कालीगण्डकी गाउँपालिका ७८.२ प्रतिशत अङ्कसहित गण्डकी प्रदेशकै प्रथम, आँधीखोला गाउँपालिका ७८ प्रतिशत अङ्क प्राप्त गर्दै द्वितीय र फेदीखोला गाउँपालिका ७७.९ अङ्क प्राप्त गर्दै तृतीय भएका हुन् ।
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले गरेको कार्यसम्पादन कार्यविधि २०७८ दफा ८ को अधिनमा रही कार्यसम्पादनको आधारमा मूल्याङ्कन गरिएको हो । तीनै पालिकामा नेकपा एमालेबाट जितेका पालिका हुन् । कालीगण्डकी गाउँपालिकाका अध्यक्ष खिमबहादुर थापा र फेदीखोला गाउँपालिकाका अध्यक्ष घनश्याम सुवेदीको यो दोस्रो कार्यकाल हो ।
त्यस्तै, आँधीखोला गाउँपालिकाका अध्यक्ष विश्वराज पौडेलले नेतृत्वमा गरेको छन । पाँच नगरपालिका र छ गाउँपालिका रहेको स्याङ्जामा नगरपालिकाहरुको कार्य सम्पादन कमजोर देखिएको छ ।
पाँच नगरपालिकामध्ये वालिङले ७३.७ अङ्क प्राप्त गरेको छ भने पुतलीबजारले ७१।७, भीरकोटले ६५.७, र चापाकोटले ६२.६ अङ्क प्राप्त गरेको छ । त्यस्तै गाउँपालिकातर्फ बिरुवाले ७४.३, अर्जुनचौपारीले ६४.९ र हरिनासले ५४.२ अङ्क प्राप्त गरेका छन् ।
गण्डकी प्रदेशमै पहिलो बनेको कालीगण्डकी गाउँपालिका देशभरीका ७५३ वटा स्थानीय तहमध्ये चौथो स्थानमा रहँदा दोस्रो बनेको आँधीखोला गाउँपालिका देशभरीबाट पाँचौँ बनेको हो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
कार्तिक २५ गते, २०८२ - १७:०४
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेल ले माधवकुमार नेपालसहितका नेताहरू माओवादी पार्टीमा गएको कदमलाई ‘पार्टी विसर्जन’ को रूपमा व्याख्या गरेका ...
कार्तिक २५ गते, २०८२ - १६:४१
निजगढ। पूर्वपश्चिम राजमार्गअन्तर्गत बाराको पथलैया-निजगढ सडकखण्डको १२ किलोमा आज हात्तीको आक्रमणबाट ट्रक चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा जीतपुरसिमर...
कार्तिक २५ गते, २०८२ - १६:३७
काठमाडौँ । प्रधानमन्त्री तथा संस्कृति, पर्यटन र नागरिक उड्डयन मन्त्री सुशीला कार्की ले पशुपति क्षेत्र विकास कोषलाई राजनीतिक भर्ती केन्द्रमा रूपान्तरण ...
कार्तिक २५ गते, २०८२ - १६:३०
काठमाडौँ । नेतृ रामकुमारी झाँक्री र नेता कृष्णकुमार श्रेष्ठ ‘किसान’ चार वर्षपछि पुन: नेकपा (एमाले) मा फर्किएका छन्। उनीहरू २०७८ सालमा एमाले विभाजन ...
कार्तिक २५ गते, २०८२ - १६:२२
जनकपुरधाम । मधेश प्रदेशमा हालै गठन भएको सरकारविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरिएको छ। संविधानको धारा १६८ को उपधारा (३) बमोजिम सरकार गठन गरिएको भ...
कार्तिक २५ गते, २०८२ - १५:४९
काठमाडौँ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह ले पार्टी आगामी निर्वाचनमा सहभागी हुने र विशेष महाधिवेशनको अहिले कुनै औचित्य नरहेको बताएका छन्। सो...
कार्तिक २५ गते, २०८२ - १५:४०
क्विटो। इक्वेडरको दक्षिणपश्चिमी सहर मचालास्थित जेलमा आइतबार भएको हिंसात्मक दङ्गामा कम्तीमा ३१ कैदीको मृत्यु भएको छ । बिहान भएको सशस्त्र झडपमा चार जनाक...
कार्तिक २५ गते, २०८२ - १५:३३
काठमाडौँ । दार्चुलामा सोमबार दिउँसो २:४३ को समयमा भुकम्प गएको छ । गोकुलेश्वर केन्द्रविन्दु भएर ३.५ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प माप...
कार्तिक २५ गते, २०८२ - १५:२१
काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टङ्गालले जिल्ला डोल्पा त्रिपुरासुन्दरी नगरपालिका–५ खदाङदेखि ल्हाँसम्मको मोटरबाटो स्तरोन्नति कार्यमा ठेक्का...
कार्तिक २५ गते, २०८२ - १५:१०
काठमाडौं । मातृभूमि जागरण अभियान, नेपालका संयोजक भीम रावल आगामी बुधबार नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मा समाहित हुन लागेका छन्। समारोह काठमाडौँको...




प्रतिकृया लेख्नुहोस्: