Ntc summer Offer
Khabar Dabali ९ चैत्र २०८१ शनिबार | 22nd March, 2025 Sat
Investment bank

कैलालीमा गहुँमा उत्पादनअनुसार अनुदान

खबरडबली संवाददाता

कैलाली । कैलालीको जानकी गाउँपालिका– ४ का शेरबहादुर थारूले गत वर्ष १० कठ्ठा जग्गामा २० क्विन्टल गहुँ उत्पादन गरे । गाउँपालिकाले उत्पादनका आधारमा अनुदान दिन थालेपछि  खेतीमा निकै मिहिनेत गरेका उनले यस वर्ष त्यही जग्गामा २५ क्विन्टल उत्पादन गर्ने लक्ष्य लिएका छन् । 

गत वर्ष शेरबहादुरले उत्पादनका आधारमा रु. ६ हजार चार सय अनुदान पाएका थिए । ‘कुनै झन्झट छैन, गाउँपालिकाबाट प्राविधिक खेतमै पुगेर सल्लाह दिनुहुन्छ, खेतमै पुगेर गहुँको तौल गरेर उत्पादनका आधारमा खातामा पैसा आउँछ,’ उनले भने, ‘यसले किसानलाई मिहिनेती बनाएको छ, उत्पादनमा पनि प्रतिस्पर्धा बढाएको छ ।’

सोही वडाका सन्तलाल कठरिया पनि गाउँपालिकाको कृषि अनुदानबाट निकै प्रभावित भएका छन् । गाउँपालिकाले उपलब्ध गराएको अनुदान रकमले खेतीका लागि आवश्यक मलखाद खरिद गर्न पुगेको उनले सुनाए । किसानलाई उत्पादनमा आधारित अनुदानले प्रोत्साहित गरेको उनको बुझाइ छ । ‘अनुदान पाउन कति कठिन छ, त्यो सबैलाई थाहा भएको कुरा हो । सामान्य व्यक्ति सायद सरकारले वितरण गर्ने अनुदानको पहुँचमा पुग्न सकेको छैन,’ उनले भने, ‘यहाँ न कसैको शक्ति लाग्छ, न पहुँचमा नै हुनुपर्छ, उत्पादन भयो भने अनुदान रकम खातामा आउँछ ।’

किसान मोतीलाल चौधरीले गत वर्ष दुई बिघा पाँच कठ्ठामा गहुँखेती गरे । उक्त जग्गामा मोतीलालले ९० क्विन्टल गहुँ उत्पादन गरे । उत्पादनका आधारमा उनले गाउँपालिकाबाट रु. ४१ हजार अनुदान प्राप्त गरेको बताए । ‘गत वर्षभन्दा यस वर्ष बढी मिहिनेत गरेर तीन बिघामा गहुँखेती गरेको छु, अनुदान पनि बढ्नेछ,’ उनले भने, ‘पाएको अनुदानले बिउ र मलखादका लागि पुग्छ ।’

यस्तै, किसान सविता कठरियाले चार बिघा क्षेत्रफलमा गहुँखेती गरेकी छिन् । उनी उत्पादनका आधारमा अनुदान पाउनेभन्दा पनि गाउँपालिकाबाट प्राविधिक खेतमै पुगेर सल्लाह दिँदा बढी खुसी छिन् । उनले अनुदानका साथमा प्राविधिक सहयोग पनि पाइरहेकी छिन् । ‘हामी गाउँपालिकाको कामबाट निकै उत्साहित छौँ, बालीमा रोग लाग्दा समयमा उपचार पाएका छौँ, उत्पादन राम्रो हुँदा नगद अनुदान पाएका छौँ,’ उनले भनिन्, ‘गहुँजस्तै अन्य बालीमा पनि अनुदान दिन सक्यो भने कृषि प्रति अझै आकर्षण बढ्दै जाने देखिन्छ ।’

गत वर्ष गाउँपालिकाले ६५ किसानलाई झन्डै रु. नौ लाख अनुदान दिएको थियो । अनुदानका लागि ७२ जनाले आवेदन दिएका थिए । यस वर्ष त्यो संख्या बढेर २०५ पुगेको कृषि शाखा प्रमुख लालवीर चौधरी बताउँछन् । उनका अनुसार किसानले खेती गरेको जग्गाको क्षेत्रफल नापजाँच गरेर बाली काटेपछि उत्पादनका आधारमा अनुदान रकम वितरण गरिँदै आएको छ ।

‘गाउँपालिकाबाट प्राविधिकलाई किसानको खेतमै खटाएर त्यसको लगत ल्याउने काम गर्छँ, त्यसैका आधारमा किसानलाई अनुदान रकम दिने गरेका छौँ,’ उनी भन्छन्, ‘किसान यसबाट उत्साहित भएको हामीले पाएका छौँ, फेरि वास्तविक किसानले अनुदान पाएका छन् ।’ यस वर्ष गाउँपालिकाले अनुदानका लागि रु. १४ लाख बजेट विनियोजन गरेको छ ।

उत्पादनका आधारमा किसानलाई अनुदान वितरण गर्न गाउँपालिकाले कार्यविधि नै ल्याएको छ । कार्यविधिअनुसार अहिले गहुँ बालीमा दिइँदै आएको अनुदान अन्य बालीमा पनि विस्तार गर्दै लैजाने गाउँपालिकाको तयारी छ । ‘बिउ तथा मलखाद वितरण गरेर त्यसबाट कसले कति उत्पादन गर्न सक्यो त्यसको लेखाजोखा नहुने भएपछि नयाँ तरिका अपनाएका हौँ,’ गाउँपालिका अध्यक्ष गणेश चौधरीले भने, ‘यसले किसानलाई उत्पादनसँग जोडेको छ भने किसान आफैँ उत्पादनका लागि प्रतिस्पर्धी बन्नुभएको छ ।’ उनका अनुसार किसानले खेतीमा राम्रो मिहिनेत गर्दै आएका छन् ।

गाउँपालिकाले कृषिजस्तै शिक्षामा पनि नतिजाको आधारमा विद्यालयलाई अनुदान दिन थालेको छ । कक्षा ५, ८ र १० का विद्यार्थीको वार्षिक पीक्षाको नतिजाका आधारमा विद्यालयलाई अनुदान दिन थालेसँगै विद्यालयबिचमा पनि प्रतिस्पर्धा हुन थालेको छ । यो कार्यक्रमले शैक्षिक गुणस्तरमा टेवा पुग्ने विश्वास गाउँपालिकाले लिएको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

काेशीमा उपचारकाे नाममा १३ करोड २८ लाख रकम बाँडिँदै

विराटनगर । कोशी प्रदेश सरकार स्वास्थ्य मन्त्रालयले कडा रोग लागेको विपन्न नागरिकहरूलाई उपचारकाे नाममा १३ करोड २८ लाख बढी रकम बाँड्ने तयारी गरेको छ । ...

म्याग्दीको रातोढुङ्गा सबस्टेशन सञ्चालन

म्याग्दी । जिल्लाका तीनवटा स्थानीय तहमा विद्युत् आपूर्ति गर्न निर्माण भएको ३३/११ केभी क्षमताको रातोढुङ्गा सबस्टेशन सञ्चालन भएको छ । पर्वतको जलजला ग...

दिल्ली उच्च अदालतको न्यायधिसको घरबाट १५ करोड बरामद

काठमाडौं । दिल्ली उच्च अदालतका न्यायाधीश यशवंत वर्माको घरबाट करिब १५ करोड रुपैयाँ नगद बरामद भएको छ । यो कुरा बाहिर आएपछि सर्वोच्च अदालतको कलेजियमले...

हुथी–सम्बद्ध चिनियाँ तेल प्रशोधन केन्द्रमाथि अमेरिकी प्रतिबन्ध

वासिङ्टन । ह्वाइट हाउसले इरानमाथि दबाब बढाउँदा अमेरिकाले बिहीबार हुथी–सम्बद्ध जहाजहरूबाट ५० करोड डलर बराबरको इरानी तेल खरिद गर्ने चीनस्थित एक तेल प्रश...

सुडानी राष्ट्रपति भवन आरएसएफबाट फिर्ता

खार्तूम । सुडानको सेनाले राजधानी खार्तूमस्थित राष्ट्रपति भवनलाई अर्धसैनिक ‘र्यापिड सपोर्ट फोर्सेज’ले शुक्रबार पुनः कब्जामा लिएको जनाएको छ । सेनाका ...

एलन मस्कको एक्सद्वारा सामग्री नियमनमा भारत सरकारविरुद्ध मुद्दा दर्ता

मुम्बई । एलन मस्कको सोसल मिडिया प्लेटफर्म एक्सले सोसल मिडिया सामग्री हटाउन अनुरोध गर्न नियन्त्रण आदेशको प्रयोग गरेकामा भारत सरकारविरुद्ध मुद्दा दायर ग...

कांग्रेसकै कारण बेला-बेलामा लोतन्त्र मासिएको छः केदार कार्की

काठमाडौं । नेपाली कांग्रेसका नेता एवं कोशी प्रदेशका पूर्व मुख्यमन्त्री केदार कार्कीले पार्टी कमजोर हुँदा बेला–बेलामा लोकतन्त्र मासिँदै आएको बताएका छन्...

चैत १५ गते काठमाडौंमा ठुलो सङ्ख्यामा आउन पर्सावासीलाई प्रचण्डको अपिल

काठमाडौं । पूर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चैत १५ गते काठमाडौंमा हुने विरोध सभामा ठुलो सङ्ख्यामा उपस्...

सुरक्षाका कारण देखाउँदै सिकिन्दरको ट्रेलर रिलिजमा सलमान नजाने

मुम्बइ । यति लामो समयपछि सलमान खानलाई ठूलो पर्दामा देख्दा उनका फ्यानहरु निकै उत्साहित हुनेछन् । अभिनेताको बहुप्रतिक्षित फिल्म सिकन्दर यस वर्षको इदक...

ठोरी गाउँपालिकाका कांग्रेस उपसभापति माओवादीमा प्रवेश

ठोरी । ठोरी गाउँपालिकाका नेपाली कांग्रेसका उपसभापति नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । जारी ‘जनतासँग माओवादी तराई–मधेश जागरण अभियान अन्तर्ग...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Krishi Bikas Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy