सिद्धार्थनगर । नेपाल मुस्लिम सङ्घ लुम्बिनी प्रदेशको प्रथम अधिवेशन विवादका कारण स्थगित भएको छ । नेपाली कांग्रेसको भातृसङ्गठन मुस्लिम सङ्घको बुधबार नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले उद्घाटन गरेका थिए ।
नेतृत्व चयन गर्ने निर्वाचन कार्यतालिका समेत प्रभावित भएपछि नेतृत्व चयनबिनै स्थगित गरिएको हो । निर्वाचन गराउन माग गर्दै प्रतिनिधिहरूले मध्यरातसम्म नाराबाजी गरेका थिए । लुम्बिनी प्रदेशका ११ जिल्लाका १२८ प्रतिनिधिहरूले भाग लिएको सम्मेलनको उद्घाटन सत्रमा पूर्वगृहमन्त्री बालकृष्ण खाँड, पूर्वमन्त्री देवेन्द्रराज कँडेल, अब्दुल रज्जाक, नैनसिंह महर, अमरसिंह पुन, अब्दुल सत्तार, रामकृष्ण खाँण, जाकिर हुसेन, संसुधिन मिया, सवर मिया लगायतको उपस्थिति रहेको थियो ।
प्रतिनिधिहरू भने नेतृत्व चयनका लागि आफूहरूले मतदान गर्न पाउनुपर्ने पक्षमा रहे पनि नेतृत्वले निर्वाचन टार्न खोजेपछि अधिवेशन भाँडिएको आरोप लागेको छ । आफूले चाहेको व्यक्तिलाई अध्यक्षको टीका लगाउन नपाएपछि केन्द्रीय नेताहरूले अधिवेशन नै बिथोलेको प्रतिनिधिहरूको गुनासो छ । निर्वाचन नगरी जबरजस्ती अधिवेशन स्थगित गर्नु अलोकतान्त्रिक भएको उनिहरूको भनाइ छ ।
नेपाल मुस्लिम सङ्घको केन्द्रीय समिति र निर्वाचन समितिले गए राति ८ः३० बजे विज्ञप्ति जारी गर्दै अधिवेशन स्थगित गरिएको जानकारी गराएको छ । अधिवेशन अब कहिले हुन्छ भन्नेबारे केही बताइएको छैन । बुधबार साँझ सदस्यहरू निर्विरोध चयन भएका थिए । तर अध्यक्षमा तीन जनाको उम्मेदवारी परेको थियो । अन्य पदमा पनि उम्मेदवारी परेपछि निर्वाचनको प्रक्रिया सुरु भएको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २१ गते, २०८२ - २०:०६
सर्लाही । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको आसन्न १५औँ महाधिवेशन र निर्वाचनको तयारी सँगसँगै अगाडि बढाइएको बताएका छन् । नेपाल प्...
मंसिर २१ गते, २०८२ - २०:०२
नेपिदो । मध्य म्यानमारको एक सहरमा शनिबार भएको हवाई आक्रमणमा कम्तीमा १८ जनाको मृत्यु भएको छ । एएफपीसँग कुरा गर्दै स्थानीय सरकारी अधिकारी र उद्धारकर्ता ...
मंसिर २१ गते, २०८२ - १९:५८
पोखरा । तीन दशकअघि मङ्सिर–पुस महिनामा पोखराको लेकसाइड सुनसान हुन्थ्यो । नेपाल घुम्न आएका विदेशी पर्यटक क्रिसमस मनाउन स्वदेश फर्कने तयारीमा हुन्थे भने ...
मंसिर २१ गते, २०८२ - १९:१२
सुरुङ्गा । सभामुख देवराज घिमिरेले निर्वाचनको विषयलाई लिएर दलहरूबिच अविश्वास बढेको बताएका छन् । वीरता जेसिज विर्तामोडको आयोजनामा आज यहाँ आयोजित ‘सङ...
मंसिर २१ गते, २०८२ - १९:१०
खाँदबारी । सङ्खुवासभाको सभापोखरी गाउँपालिकामा पाँच शय्याको अत्याधुनिक आधारभूत अस्पतालको आज उद्घाटन गरिएको छ । अस्पतालमा शव परीक्षण सेवा, ल्याब, फार्मे...
मंसिर २१ गते, २०८२ - १९:०८
भारत । लाखौँ श्रमिक रहेको भारतको पश्चिमी राजस्थानमा धुलो, रोग र गरिबी दैनन्दिन चुनौती जस्तै छन् । यही कठोर वातावरणबिच सन्तोष देवीजस्ता महिलाले सौर्य इ...
मंसिर २१ गते, २०८२ - १९:०३
साना । यमन सरकारले संयुक्त राष्ट्रसङ्घको पहलमा पुनः सुरू हुन लागेको वार्ताको तयारी स्वरूप शुक्रबार ‘विद्रोही हुथी समूह’ का २६ सदस्यका शव हस्तान्तरण गर...
मंसिर २१ गते, २०८२ - १९:००
ओटावा । क्यानाडामा नोभेम्बर महिनामा कुल ५४ हजार व्यक्तिले रोजगारी पाएका छन्, जुन कुल रोजगारीमा ०.३ प्रतिशत वृद्धि भएको स्टाटिस्टिक्स क्यानाडाले जनाएको...
मंसिर २१ गते, २०८२ - १८:५८
नवलपुर । नवलपुरको कावासोती –११ रहेको नेपाल राष्ट्रिय आधारभूत विद्यालयको स्वर्ण महोत्सवको अवसरमा आयोजना गरिएको स्वास्थ्य शिविरमा ६ सय ६० जनाले निःशुल्क...
मंसिर २१ गते, २०८२ - १८:५५
महोत्तरी । सशस्त्र प्रहरीले महोत्तरीको एकडारा गाउँपालिका –४ हलखोरी चोकबाट कटुवा पेस्तोलसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । बर्दीबासस्थित...




प्रतिकृया लेख्नुहोस्: