Khabar Dabali ३० चैत्र २०८२ सोमबार | 13th April, 2026 Mon

विराटनगरमा शोरुम तोडफोड गरेर कार चोरी

खबरडबली संवाददाता

काठमाडौं । प्रहरीको अत्यधिक निगरानीमा रहनुपर्ने विराटनगर विमानस्थलनजिकैको क्षेत्रमा शोरुम तोडफोड गरेर कार चोरी भएको छ। शुक्रबार बिहान राति विराटनगर महानगरपालिका-३ एयरपोर्ट मोड दक्षिणको पूजा इन्टरप्राइजेज शोरुम तोडफोड गरी कार चोरी भएको हो।

प्रहरीका अनुसार शोरुम ढोकाको सिसा फुटाएर चोरले कारमात्रै नभएर एक थान ल्यापटपसमेत टप्काए। तर, घटना एकै व्यक्तिले घटाउँदा बिहान अबेरसम्म प्रहरीले सुइँको पाएन।

कार शोरुमका प्रबन्धक इन्द्रराज श्रेष्ठ बिहान साढे ८ बजे चोरी भएको खबर लिएर प्रहरीमा पुगेका थिए। चोरी भएको उक्त क्षेत्र व्यावसायिक दृष्टिकोणले अति संवेदनशील मानिन्छ। त्यहाँ थुप्रै कम्पनीका कार शोरुम, ट्याक्टर शोरुम तथा मोटरसाइकल शोरुम रहेका छन्।

चोरी भएको क्षेत्रनजिकै उत्तर कञ्चनबारी तथा दक्षिणमा बरगाछी चोकमा प्रहरी युनिट छन्। ‘यस्तो संवेदनशील क्षेत्रमा चोरी हुनु र प्रहरीले थाहा नपाउनुले आज व्यावसायिक क्षेत्र सोचनीय बन्न पुगेको छ,’ उद्योग संगठन मोरङका एक पदाधिकारीले भने, ‘यो क्षेत्रमा धेरै कम्पनीका शोरुम छन्, शान्ति सुरक्षामा प्रश्न उठेको छ।

मोरङ प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक मदन केसीका अनुसार सुनसरी गढी गाउँपालिका-४ इक्राही हुँदै सुनसरीको भोक्राहातर्फ जाँदै गरेको अवस्थामा चोरीमा संलग्न चालकलाई पक्राउ गरिएको छ।

पक्राउ पर्नेमा विराटनगर महानगरपालिका-४ का २४ वर्षीय मन्तोषकुमार बिन छन्। उनी पूजा इन्टरनेशनलबाट भक्सवागन कम्पनीको टिगुन मोडलको रातो कार चोरी गरेर भाग्दै थिए। कारको पछाडि सिटमा राखिएको डेल कम्पनीको एक थान ल्यापटप बरामद गरिएको केसीले बताए।

व्यावसायिक क्षेत्रबाट शोरुम नै तोडफोड गरी चोरी भएपछि प्रदेश प्रहरी कार्यालय कोशीबाट प्रादेशिक अनुसन्धान समूह (पिटिआई) नै खटिएको थियो।

जिल्ला प्रहरी कार्यालय सुनसरी र जिल्ला प्रहरी कार्यालय मोरङ गरी तीन वटा अनुसन्धान समूहले चोरीमा संलग्नलाई कारसहित पक्राउ गर्न सकेका थिए।

अहिले मोरङको शान्ति सुरक्षामा गम्भीर प्रश्न उठ्न थालेको छ। केही दिनअघि मात्रै मोरङ उर्लाबारीमा प्रहरी कार्यालयबाट डेढ सय मिटर क्षेत्रमा चार करोड रुपैयाँ बराबरको मोबाइल पसल लुटपाट भएको थियो।

उक्त चोरी कसले गर्‍यो भन्नेबारे अहिलेसम्म प्रहरीले पत्ता लगाउन सकेको छैन, पक्राउ गर्नु परकै कुरा हो।

मोरङ प्रहरीको नेतृत्वमा प्रहरी उपरीक्षक नारायण चिमरिया छन्। उनले मोरङ प्रहरीको नेतृत्व सम्हालेको चार महिना हुँदैछ। विराटनगरमै कोशी प्रदेश प्रहरी छ। उक्त कार्यालयको नेतृत्व प्रहरी नायब महानिरीक्षक राजन अधिकारीले सम्हालिरहेका छन्।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

चर्च ब्वाइज काठमाडौँ विराट गोल्ड कपको सेमिफाइनलमा

मोरङ । ३८औँ संस्करणको विराट गोल्ड कप फुटबल–२०८२ प्रतियोगिताअन्तर्गत आज राति भएको खेलमा चर्च ब्वाइज युनाइटेड क्लब काठमाडौँ सेमिफाइनलमा प्रवेश गरेको छ ।...

सुनले झपक्कै मन्त्रिपरिषद् : सरकार चल्ला कि सुनकै तौलमा ढल्ला ?

काठमाडौं । बालेन्द्र शाह नेतृत्वको मन्त्रिपरिषद् अहिले नीतिले भन्दा पनि सुनले बढी चम्किएको देखिन्छ। आज सार्वजनिक गरिएको सम्पत्ति विवरण हेर्दा लाग्छ—यो...

लालीगुराँस संरक्षण अभियान सञ्चालन गर्दै जन्तेढुङ्गा

खोटाङ । जन्तेढुङ्गा गाउँपालिकाले नेपालको राष्ट्रिय फूल लालीगुराँसको संरक्षण गर्ने उद्देश्यले ‘लालीगुराँस संरक्षण अभियान’ सञ्चालन गरेको छ । स्थानीय बास...

परराष्ट्रमन्त्री खनालको सम्पत्तिः २२ तोला सुन

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालको सम्पत्ति विवरण सार्वजनिक भएको छ । उक्त विवरण अनुसार मन्त्री खनालसँग विभिन्न कम्पनीमा लगानीदेखि सुनसम्म रहेको ...

तीन वटा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, चार घाइते

झापा। झापाको बुद्धशान्ति गाउँपालिका–३ स्थित मेची राजमार्ग सडकखण्डमा तीन वटा मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका ...

बालेनको खातामा १ करोड ४६ लाख, सम्पत्तिको स्रोत– ‘फेसबुक, युट्युब र टिकटक’

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ को खातामा १ करोड ४६ लाख रुपैयाँ रहेको पाइएको छ । आज सार्वजनिक भएको प्रधानमन्त्री बालेनको सम्पत्ति विवरण...

सुक्खा तरकारीका लागि पनि आयातकै भर

काठमाडौं। नेपालमा अधिकांश दैनिक उपभोग्य वस्तुका लागि आयातमै निर्भर हुनुपर्ने अवस्था त सुनेकै छौँ, तर सुकुटी अर्थात् सुक्खा तरकारीको अवस्था पनि त्यस्तै...

चीनद्वारा भारतीय भूभागको नाम परिवर्तन प्रयासप्रति भारतको कडा आपत्ति

काठमाडौं । चीनले भारतीय भूभागभित्र पर्ने स्थानहरूको नाम परिवर्तन गर्ने प्रयास गरेको भन्दै भारतले कडा आपत्ति जनाएको छ। भारतीय विदेश मन्त्रालयले सामाजिक...

भारतीय नम्बरप्लेटका सवारी प्रतिबन्धप्रति सर्लाहीमा सर्वदलीय विरोध, आन्दोलनको चेतावनी

सर्लाही । भारतीय नम्बर प्लेटका सवारी साधन सञ्चालनमा लगाइएको प्रतिबन्धको निर्णयविरुद्ध सर्लाहीमा राजनीतिक दलहरूले एकजुट भएर विरोध जनाएका छन्। जिल्लामा ...

मकवानपुरमा ठूलो परिमाणमा मदिरा र कच्चा पदार्थ बरामद

हेटौँडा। मकवानपुर जिल्लामा अवैध रूपमा घरेलु मदिरा उत्पादन भइरहेको सूचनाका आधारमा प्रहरीले छापा मारेर ठूलो परिमाणमा मदिरा र कच्चा पदार्थ बरामद गरेको छ।...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending