चितवन । कार्यसम्पादन मूल्याङ्कनमा भरतपुर महानगरपालिका उत्कृष्ट पालिका भएको छ।
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको नतिजामा देशभरिका अन्य छ महानगरपालिकालाई उछिन्दै भरतपुर उत्कृष्ट भएको हो।
यो आर्थिक वर्षसहित भरतपुर महानगर लगातार तीन वर्षसम्म उत्कृष्ट भएको छ। महानगरका उपनिर्देशक जगन्नाथ अर्यालका अनुसार आगामी आर्थिक वर्ष २०८२–०८३ मा संघीय सरकारबाट स्थानीय तहलाई प्रदान गर्ने वित्तीय समानीकरण अनुदान (कार्यसम्पादनमा आधारित)अनुदान वृद्धि भएर जानेछ।
आयोगले विभिन्न १७ वटा सूचकको आधारमा मूल्याङ्कन गर्दा महानगरपालिका अगाडि आएको हो।
ती सूचकहरूमध्ये पालिकाले गरेको खर्च, बेरूजु, लेखा परीक्षणले औँल्याएको बेरूजु, स्थानीय सञ्चित कोष व्यवस्था प्रणालीको प्रयोग, आवधिक योजना गरे नगरेको, राजस्वको विभाजन गरे नगरेकोलगायतका सूचकमा मूल्याङ्कन गर्ने गर्दछ।
समय सीमाभित्र बजेट ल्याए नल्याएको, बजेट पास गरे–नगरेको, घरजग्गा रजिष्ट्रेसन शुल्क, मनोरञ्जन कर तथा विज्ञापन करबापत उठेको रकममध्ये ४० प्रतिशत प्रदेश सरकारलाई मासिक रूपमा दिए नदिएकोलगायतका आधारमा अनलाइन पोर्टलबाट अपलोड गरी सोही आधारमा अङ्क प्राप्त गर्ने प्रावधान छ।
अर्यालका अनुसार भरतपुर महानगरले ७६ दशमलव २ प्रतिशत, विराटनगर महानगरले ७३ दशमलव ५ प्रतिशत, ललितपुर महानगरले ६६ दशमलव ७ प्रतिशत, काठमाडौँ महानगरले ५४ दशमलव ३ प्रतिशत, पोखरा महानगरले ५१ दशमलव ५ प्रतिशत र वीरगञ्ज महानगरले ४३ दशमलव १ प्रतिशत अङ्क प्राप्त गरेका छन्।
चितवन जिल्लाका सात पालिकामध्ये पनि भरतपुर महानगर पहिलो स्थानमा छ। महानगरले ७६ दशमलव २९ प्रतिशत अङ्क पाउँदा ईच्छाकामना गाँउपालिकाले ७२ प्रतिशत, रत्ननगर नगरपालिकाले ७० दशमलव १ प्रतिशत, माडी नगरपालिकाले ६९ दशमलव १ प्रतिशत, खैरहनी नगरपालिकाले ६६ दशमलव ८ प्रतिशत, कालिका नगरपालिकाले ६४ दशमलव ३ प्रतिशत र राप्तीले ४३ दशमलव ३ प्रतिशत अङ्क प्राप्त गरेका छन्।
भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले देशभरका सात सय ५३ पालिकामध्ये भरतपुर महानगरले सहरी पूर्वाधार, खेलकुद, न्यायिक समितिमार्फत मुद्दा फर्छ्यौट लगायतका विषयमा सधैँ उत्कृष्ट बन्दै आइरहेको दाबी गरिन्।
महानगरलाई उत्कृष्ट सावित गर्न खटिनुहुने जनप्रतिनिधि एवं कर्मचारी परिवारलाई धन्यवाद दिँदै उनले आम महानगरवासीको लागि यो गौरवको विषय भएको बताइन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र ३० गते, २०८२ - ११:०२
काठमाडौं । केपी शर्मा ओली को आज काठमाडौंस्थित त्रिवि शिक्षण अस्पताल मा पित्तथैलीको शल्यक्रिया हुने भएको छ। उपचारमा संलग्न चिकित्सकहरूले यसअघि नै शल्यक...
चैत्र ३० गते, २०८२ - १०:५३
पश्चिम नवलपरासी। निर्माण सामग्रीमा भएको अत्यधिक मूल्यवृद्धि र सरकारले माग सम्बोधन नगरेको भन्दै पश्चिम नवलपरासीका निर्माण व्यवसायीहरूले जिल्लाभरका विका...
चैत्र ३० गते, २०८२ - १०:४३
मकवानपुर। हेटौँडामा भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा ४७ जना घाइते भएका छन् । पूर्व–पश्चिम राजमार्गअन्तर्गत हेटौँडा उपमहानगरपालिका १९ बस्तिपुर क्याम्...
चैत्र ३० गते, २०८२ - १०:२८
भैरहवा। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले दुर्गम जिल्लामा विशेषज्ञ स्वास्थ्य सेवा प्रदान गर्न प्रदेश सरकारले प्राथमिकतामा राखेर काम गर...
चैत्र २९ गते, २०८२ - १७:१६
नेपालगन्ज। देशमा नयाँ सरकार गठन भएलगत्तैबाट प्रहरीले यहाँस्थित नेपाल भारत सीमा नाकामा तस्करी र अवैध आयात निर्यात विरुद्ध कडा अभियान शुरु गरेको छ । ...
चैत्र २९ गते, २०८२ - १६:५८
संखुवासभा। इन्धनजन्य सामग्रीमा भइरहेको अत्याधिक मूल्यवृद्धिका कारण निर्माण उद्योग सङ्कटग्रस्त बनेको भन्दै नेपाल निर्माण व्यवसायी सङ्घ संखुवासभाले सरका...
चैत्र २९ गते, २०८२ - १६:४५
पाँचथर । युट्युबमार्फत बालेन्द्र शाह लगायत नेताहरूमाथि अपमानजनक शब्द प्रयोग गर्दै गालीगलौजयुक्त सामग्री प्रसारण गरेको आरोपमा पक्राउ परेका रोशन पोखरेल ...
चैत्र २९ गते, २०८२ - १६:३६
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० भित्र आन्तरिक विवाद चर्किएको छ। असन्तुष्ट पक्षले अध्यक्ष राजेन्द्र लिङ्देन नेतृत्वको वर्तमान कार्यसम...
चैत्र २९ गते, २०८२ - १६:२७
नवलपुर। गृहमन्त्री सुधन गुरुङले आफूले औपचारिक कार्यक्रममा 'पिर्के सलामी' नलिने निर्णय गरेको छन् । नवलपुरस्थित सशस्त्र प्रहरी बलको कार्यालयमा प...
चैत्र २९ गते, २०८२ - १६:०९
काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधिसभा संसदीय दलको नेता चयन आगामी वैशाख ४ गते गर्ने भएको छ। पार्टीका सहमहामन्त्री तथा निर्वाचन समितिका संयोजक प्...


प्रतिकृया लेख्नुहोस्: