Khabar Dabali ३० मंसिर २०८२ सोमबार | 15th December, 2025 Mon
Investment bank

फिलिपिन्समा डेङ्गुको प्रकोप

खबरडबली संवाददाता

मनिला । फिलिपिन्सको राजधानी मनिलाको सबैभन्दा बढी जनसङ्ख्या भएको क्वेजोन नगरमा डेङ्गुको प्रकोप फैलिएको छ । क्वेजोनका नगर प्रमुखले शनिबार डेङ्गुको प्रकोप फैलिएको घोषणा गर्दै नागरिकहरूलाई आवश्यक सावधानी अपनाउन आग्रह गरेका छन् । 

क्वेजोन शहरका प्रमुख जोय बेलमोन्टका अनुसार जनवरी १ देखि फेब्रुअरी १४ सम्मको अवधिमा शहरको स्वास्थ्य विभागले एक हजार ७६९ बिरामीहरूमा डेङ्गु सङ्क्रमण भएको पुष्टि गरेको छ । यो सङ्क्रमण दर गत वर्षको तुलनामा लगभग २०० प्रतिशत बढी हो ।

बेलमोन्टका अनुसार यो बर्ष  आठ नाबालकसहित १० जनाको यस रोगका कारण मृत्यु भएको छ । बेलमोन्टले भने, “डेङ्गुको प्रकोपको हाम्रो घोषणा सङ्क्रमणको स्थितिको शीर्ष अवस्थामा रहेको जानकारी गराउन भएको हो ।” उनले भने, “हामी हाम्रा बासिन्दाहरूलाई यस घातक रोगबाट, विशेष गरी हाम्रा बच्चाहरूलाई बचाउन सक्दो प्रयास गरिरहेका छौं भन्ने सुनिश्चित गर्दछ ।”

सङुक्रमितमध्ये ५८ प्रतिशत पाँचदेखि १७ वर्ष उमेर समूहका विद्यालय जाने उमेरका बालबालिका रहेका छन् भने ४४ प्रतिशत एकदेखि १० वर्ष उमेर समूहका बालबालिका रहेका छन् ।  

“डेङ्गुको निदानलाई सम्बोधन गर्ने कार्यका लागि प्राथमिक समाधानको रूपमा सबै ६६ शहर स्वास्थ्य केन्द्रहरू सप्ताहन्तमा बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म खुला रहनेछन्,” बेलमोन्टले भने । फिलिपिन्सको स्वास्थ्य विभागले पानी र खानाबाट सर्ने रोग, इन्फ्लुएन्जाजस्ता रोग, लेप्टोस्पायरोसिस र डेङ्गुजस्ता रोग बढेको उल्लेख गरेको एक दिनपछि यो शहरमा डेङ्गुको प्रकोप घोषणा भएको हो ।

सरकारी तथ्याङ्कअनुसार सन् २०२० सम्ममा क्वेजोन शहरको जनसङ्ख्या करिब ३० लाख रहेको थियो । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

फागुन २१ को निर्वाचन निष्पक्ष र धाँधलीरहित गराउन राष्ट्रिय सभाका अध्यक्ष दाहालको आग्रह

काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले संसद्को मुख्य काम कानुन निर्माण, संसदीय निगरानी र सरकारका काम कारबाहीलाई जनताप्रति उत्तरदायी ब...

चीनद्वारा ‘क्वाइचोउ–११’ रकेटमार्फत व्यावसायिक प्रयोगात्मक अन्तरिक्ष यान प्रक्षेपण

जिउछ्वान । चीनले शनिबार उत्तर–पश्चिम चीनको जिउछ्वान उपग्रह प्रक्षेपण केन्द्र बाट ‘क्वाइचोउ–११’ रकेट प्रक्षेपण गरेको छ । यस रकेटमा एक प्रयोगात्मक अन्तर...

गोकर्णेश्वर नगरपालिकाका तत्कालीन प्रमुखविरुद्ध तीन करोड ६८ लाखको भ्रष्टाचार मुद्दा

काठमाडौं । गोकर्णेश्वर नगरपालिका नगर कार्यपालिकाको कार्यालय जोरपाटी, काठमाडौँका तत्कालीन नगर प्रमुख सन्तोष चालिसेविरुद्ध तीन करोड ६८ लाख ४७ हजार ७६१ र...

तनहुँमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु

तनहुँ । पृथ्वीराजमार्गमा पर्ने तनहुँको म्याग्दे गाउँपालिका–६ मौरीबासमा बस र स्कुटर ठोक्किँदा स्कुटर चालकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय त...

बर्लिन वार्ताअघि संवादका लागि तयार छु : जेलेन्स्की

काठमाडाैँ । युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुससँगको युद्ध अन्त्यका लागि बर्लिनमा हुन लागेको उच्चस्तरीय वार्तामा सहभागी हुन आफू पूर्ण रूपमा ...

पाँचथरमा हजुरबाको छुरा प्रहारले नातिकाे मृत्यु

पाँचथर । पाँचथरमा ८० वर्षीय हजुरबाले छुरा प्रहार गर्दा नातिको ज्यान गएको छ ।  पारिवारिक विवाद हुँदा फाल्गुनन्द गाउँपालिका –७ आङसराङका ८० वर्षीय वर्...

एमाले महाधिवेशनः निर्वाचन तालिका सार्वजनिक (तालिकासहित)

काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशन जारी रहँदा नयाँ नेतृत्व चयनका लागि निर्वाचन तालिका सार्वजनिक गरिएको छ । केन्द्रीय निर्वाचन आयोगले आइतबार साँझद...

यस्तो बन्ने छ केन्द्रीय कमिटीको संरचना (सूचीसहित)

काठमाडाैं । नेकपा (एमाले)ले ११औँ महाधिवेशनबाट बन्ने ३०१ सदस्यीय केन्द्रीय कमिटीको संरचना तय गरेको छ ।  जसमा एक अध्यक्ष, पाँच उपाध्यक्ष, एक महासचिव,...

खेतीयोग्य बारी बाँझिदै गएपछि बागलुङमा कोदो उत्पादन घट्यो

बागलुङ । खेतीयोग्य बारी बाँझिदै जान थालेपछि बागलुङमा हरेका वर्ष कोदो उत्पादन घट्दै गएको छ । किसानले कोदोखेती गर्न छोडेर जमिन बाँझो राख्न थालेपछि उत्पा...

सिड्नीको बोन्डी बिचमा गोली चल्दा १० जनाको मृत्यु

सिड्नी । सिड्नीको बोन्डी बिचमा आइतबार भएको गोलीकाण्डमा कम्तीमा १० जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।  सिड्नीको प्रहरीले एक अज्ञा...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending