मनिला । फिलिपिन्सको राजधानी मनिलाको सबैभन्दा बढी जनसङ्ख्या भएको क्वेजोन नगरमा डेङ्गुको प्रकोप फैलिएको छ । क्वेजोनका नगर प्रमुखले शनिबार डेङ्गुको प्रकोप फैलिएको घोषणा गर्दै नागरिकहरूलाई आवश्यक सावधानी अपनाउन आग्रह गरेका छन् ।
क्वेजोन शहरका प्रमुख जोय बेलमोन्टका अनुसार जनवरी १ देखि फेब्रुअरी १४ सम्मको अवधिमा शहरको स्वास्थ्य विभागले एक हजार ७६९ बिरामीहरूमा डेङ्गु सङ्क्रमण भएको पुष्टि गरेको छ । यो सङ्क्रमण दर गत वर्षको तुलनामा लगभग २०० प्रतिशत बढी हो ।
बेलमोन्टका अनुसार यो बर्ष आठ नाबालकसहित १० जनाको यस रोगका कारण मृत्यु भएको छ । बेलमोन्टले भने, “डेङ्गुको प्रकोपको हाम्रो घोषणा सङ्क्रमणको स्थितिको शीर्ष अवस्थामा रहेको जानकारी गराउन भएको हो ।” उनले भने, “हामी हाम्रा बासिन्दाहरूलाई यस घातक रोगबाट, विशेष गरी हाम्रा बच्चाहरूलाई बचाउन सक्दो प्रयास गरिरहेका छौं भन्ने सुनिश्चित गर्दछ ।”
सङुक्रमितमध्ये ५८ प्रतिशत पाँचदेखि १७ वर्ष उमेर समूहका विद्यालय जाने उमेरका बालबालिका रहेका छन् भने ४४ प्रतिशत एकदेखि १० वर्ष उमेर समूहका बालबालिका रहेका छन् ।
“डेङ्गुको निदानलाई सम्बोधन गर्ने कार्यका लागि प्राथमिक समाधानको रूपमा सबै ६६ शहर स्वास्थ्य केन्द्रहरू सप्ताहन्तमा बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म खुला रहनेछन्,” बेलमोन्टले भने । फिलिपिन्सको स्वास्थ्य विभागले पानी र खानाबाट सर्ने रोग, इन्फ्लुएन्जाजस्ता रोग, लेप्टोस्पायरोसिस र डेङ्गुजस्ता रोग बढेको उल्लेख गरेको एक दिनपछि यो शहरमा डेङ्गुको प्रकोप घोषणा भएको हो ।
सरकारी तथ्याङ्कअनुसार सन् २०२० सम्ममा क्वेजोन शहरको जनसङ्ख्या करिब ३० लाख रहेको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...



प्रतिकृया लेख्नुहोस्: