काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री बालेन शाहले विगतका अनुभव भएका नेता, बुद्धिजीवी र विज्ञहरूसँग संवाद तथा सहकार्य गर्नुपर्ने बताएका छन्।
बिहीबार प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्दै प्रचण्डले मुलुकका जटिल परिस्थितिको सामना गरेका र अनुभव हासिल गरेका व्यक्तिहरूसँग प्रधानमन्त्रीले सुझाव र सहयोग लिनुपर्ने धारणा राखे।
उनले संसद्को रोस्ट्रमबाट प्रधानमन्त्री शाहलाई सम्बोधन गर्दै नेपालमा राजनीतिक, सामाजिक र प्रशासनिक अनुभव भएका नेताहरूको ठूलो पंक्ति रहेको बताए। ती व्यक्तिहरूले विगतमा कठिन परिस्थितिमा समाधान खोज्ने भूमिका खेलेको उल्लेख गर्दै उनीहरूसँग सहकार्य गर्न प्रधानमन्त्रीलाई केले रोकेको हो भन्ने प्रश्न गरे।
प्रचण्डले सुशासन, सामाजिक न्याय र समृद्धिका लागि संघर्ष गरेका तथा लोकतान्त्रिक आन्दोलनका क्रममा लामो समय योगदान दिएका नेताहरूको अनुभव उपयोग गर्नुपर्ने बताए।
उनले प्रधानमन्त्रीले विगतमा आफूलाई भ्रष्टाचारविरुद्ध लड्ने विषयमा छलफल गरेको स्मरण गर्दै अहिले ती लक्ष्य पूरा गर्न के अवरोध आयो भन्नेबारे संवाद गर्न सकिने बताए।
प्रधानमन्त्रीमा ‘आफूमात्रै पर्याप्त छु’ भन्ने सोच वा अहंकार भए त्यो मुलुकका लागि दुर्भाग्यपूर्ण हुने प्रचण्डको भनाइ थियो। उनले अनुभवी व्यक्ति र विज्ञहरूसँग सहकार्य गरेर अघि बढ्नु नै प्रभावकारी शासनको आधार हुने बताए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण १४ गते, २०८३ - १५:२४
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सङ्घीय संसदीय दलका सचेतक एवम् सांसद प्रकाशचन्द्र परियारले नेपालको ऐतिहासिक सामाजिक सद्भाव र सांस्कृत...
श्रावण १४ गते, २०८३ - १५:०७
जनकपुरधाम । प्रदर्शन उग्र बन्दै गएपछि जिल्ला प्रशासन कार्यालय धनुषाले जनकपुरधाम उपमहानगरपालिकासहित विभिन्न क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको छ। प्र...
श्रावण १४ गते, २०८३ - १४:४१
काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगन्जमा भएको घटनापछि उत्पन्न परिस्थितिबारे समीक्षा गर्दै राष्ट्रिय सुरक्षा परिषद्को बैठक सम्पन्न भएको...
श्रावण १४ गते, २०८३ - १४:३१
सिरहा । सुनसरीको देवानगञ्ज नगरपालिकामा भएको घटनाको विरोधमा सिरहामा भएको प्रदर्शन तनावपूर्ण बनेको छ। सिरहाको गोलबजार क्षेत्रमा अहिले दुई पक्षबीच झडप...
श्रावण १४ गते, २०८३ - १४:२२
विराटनगर । सुनसरीको देवानगञ्जमा आइतबार राति भएको घटनामा प्रहरीको गोली लागेर घाइते भएका थप एकजनाको उपचारका क्रममा मृत्यु भएको छ। यससँगै उक्त घटनामा ज्य...
श्रावण १४ गते, २०८३ - १४:००
आफूमात्रै पर्याप्त छु भन्ने अहंकार भए त्यो मुलुकका लागि दुर्भाग्यपूर्ण
श्रावण १४ गते, २०८३ - १३:४९
काठमाडौं । दक्षिण कोरियामा रोजगारीका लागि आवेदन दिने सेवाग्राहीको संख्या बढेपछि काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभागमा राहदानी बनाउनेहरूको भीड ब...
श्रावण १४ गते, २०८३ - १३:२२
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुनसरीको कप्तानगन्ज घटनाको निष्पक्ष छानबिन गर्न सरकारसँग माग गरेका छन्। बिह...
श्रावण १४ गते, २०८३ - १३:१८
काठमाडौँ। सरकारले स्वास्थ्य बिमा बोर्डको अध्यक्षमा डा. सुवास प्याकुरेललाई नियुक्त गरेको छ । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले उनलाई निय...
श्रावण १४ गते, २०८३ - १२:५३
काठमाडौँ । सन् २०२६ को वसन्त ऋतुमा एकैपटक सर्वोच्च शिखर सगरमाथा र ल्होत्सेको सफल आरोहण गर्ने चिनियाँ आरोहीलाई सम्मान गरिएको छ । सन् २०२६ को मे १४ म...



प्रतिकृया लेख्नुहोस्: