Khabar Dabali १२ फाल्गुन २०८२ मंगलवार | 24th February, 2026 Tue
Investment bank

राष्ट्रपति जेलेन्स्कीले मागे युक्रेनको ‘सुरक्षा सुनिश्चितता’

खबरडबली संवाददाता

जर्मनी । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकी उपराष्ट्रपतिसँगको भेटमा आफूले युक्रेनको ‘सुरक्षा ग्यारेन्टी’ मागेको बताएका छन् ।

मस्कोसँग युद्धविराम सम्झौताका लागि ट्रम्प प्रशासनको प्रयासबारे छलफल गर्ने क्रममा युक्रेनी राष्ट्रपति जेलेन्स्कीले युक्रेनको ‘सुरक्षा ग्यारेन्टी’ मागेको अन्तरराष्ट्रिय सञ्चारमाध्यमलाई बताए । 

जेलेन्स्कीले अमेरिकी उपराष्ट्रपति जेडी भान्ससमेत सहभागी म्युनिख सुरक्षा सम्मेलनमा तीन वर्षे युक्रेन युद्धलाई समाप्त गर्ने वासिङ्टनको प्रयासमा किनारा नलगाइयोस् भनेर सुनिश्चित गर्ने युक्रेनी प्रयासलाई प्रस्तुत गरे । 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यसै साता रुसी नेता भ्लादिमिर पुटिनसँग युद्धविराम वार्ता सुरु गर्न चाँडै नै भेट्ने घोषणा गरेपछि यसले युक्रेनका लागि अमेरिकी समर्थनको यथास्थितिलाई लिएर अमेरिकाका मित्रराष्ट्रहरूलाई स्तब्ध पारेको छ ।

म्युनिखमा पत्रकारहरूसँग कुरा गर्दै जेलेन्स्कीले युद्धको अन्त्य हुनुअघि ह्वाइट हाउससँग ‘थप कुरा’ गर्नुपर्ने आवश्यकतामा जोड दिए । “हामी शान्ति चाहन्छौं तर हामीलाई वास्तविक सुरक्षा ग्यारेन्टी चाहिएको छ,” भान्ससँगको पहिलो भेटपछि उनले भने । 

जेलेन्स्कीको चिन्ता अमेरिकी सञ्चारमाध्यम एनबिसीसँगको अन्तर्वार्ताको पूर्वावलोकनमा पनि प्रदर्शित भएको थियो, जसमा भनिएको थियो, “संयुक्त राज्य अमेरिकाको समर्थन बिना युक्रेनको स्वतन्त्र अस्तित्वका साथ बाँच्नका लागि निकै कम मौका हुनेछ ।” यसबिच भान्सले जेलेन्स्कीसँग ‘राम्रो कुराकानी’ भएको बताएकाे बताएका छन् । युद्धको अन्त्य गर्ने अमेरिकी ट्रम्प प्रशासनको लक्ष्यलाई स्वीकार गरे । 

“हामी पूर्वी युरोप दुई वर्षपछि द्वन्द्वमा फस्ने खालको शान्ति नभई स्थायी तथा दिगो शान्ति हासिल गर्न चाहन्छौं,”भान्सले भने । जेलेन्स्कीले एक्समा उल्लेख गरे अनुसार युत्रविराम र शान्ति वार्ताबारे थप छलफलका लागि वासिङ्टनबाट एक जना दूतले किएभको भ्रमण गरे । 

उनले लेखेका छन्, “हामी वास्तविक र प्रत्याभूत शान्तितर्फ जतिसक्दो चाँडो अघि बढ्न तयार छौँ ।” युक्रेनी नेताले पुटिनको ९० मिनेट लामो फोन वार्तापछि यसै साता ट्रम्पसँग भएको फोन वार्ता ‘सुखद नभएको’ बताएका थिए । 

अमेरिकी अधिकारीहरूले रुसको आक्रमणसँग लडिरहेको तीन वर्षपछि युक्रेनलाई चिसोमा नछोड्ने बताएका छन् । म्यूनिख बैठकअघि भान्सले संयुक्त राज्य अमेरिका रुसलाई दबाब दिन तयार रहेको बताउँदै युरोप ‘निश्चित रूपमा’ टेबलमा रहनुपर्ने बताए । 

उनले युरोपलाई आफ्नो प्रतिरक्षालाई मजबुत बनाउन र वासिङ्टनलाई विश्वका अन्य देशहरूमा खतराहरूमा ध्यान केन्द्रित गर्न अनुमति दिन पनि आग्रह गरे । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE