काठमाडौं । मधेश केन्द्रित राजनीतिक दलका नेताहरूले विगतमा भएका सहमति र सम्झौता कार्यान्वयनमा गम्भीर बन्न प्रधानमन्त्री बालेन शाहलाई आग्रह गरेका छन्।
शुक्रबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटवार्ताका क्रममा मधेशमा पछिल्लो समय देखिएका घटनाक्रमबारे प्रधानमन्त्रीको ध्यानाकर्षण गराइएको राष्ट्रिय मुक्ति पार्टीका अध्यक्ष राजेन्द्र महतोले जानकारी दिए।
भेटपछि सञ्चारकर्मीसँग कुरा गर्दै महतोले विगतका सरकारहरूले जस्तै सम्झौता गरेर कार्यान्वयन नगर्ने अवस्था नआओस् भन्दै प्रधानमन्त्रीलाई सचेत गराएको बताए।
“सम्झौता भयो, त्यसलाई रद्दीको टोकरीमा नफालिदिनुहोला। विगतका सरकारले जस्तो नगर्नुहोला भनेका छौं,” महतोले भने।
उनले मधेशमा देखिएको तनावलाई नियन्त्रण गर्न राज्य संवेदनशील भएर अघि बढ्नुपर्ने बताए। राज्यले समयमै प्रभावकारी प्रतिक्रिया नदिए समस्या थप जटिल बन्न सक्ने भन्दै सबै पक्षको सहयोग लिएर समाधान खोज्नुपर्नेमा उनले जोड दिए।
“मधेशमा फैलिएको आगो रोक्नुपर्यो। राज्यले रेस्पोन्स नगरेपछि त्यो रोकिँदैन। हामी सबै सहयोग गर्न तयार छौं। सबै पक्षको सहयोग लिएर त्यो अवस्थालाई रोक्न पहल गर्नुपर्छ भनेका छौं,” महतोले भने।
प्रधानमन्त्रीले देशका नाममा गरेको सम्बोधन सकारात्मक भए पनि केही ढिलो भएको आफूहरूले सुझाव दिएको उनले बताए। समयमै सम्बोधन भएको भए पछिल्लो अवस्था आउन नदिने सकिने उनको भनाइ थियो।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण १५ गते, २०८३ - १६:००
विराटनगर । सुनसरीको देवानगञ्ज गोलीकाण्डमा ज्यान गुमाएका दुई युवाका परिवारले सरकारसँग सहमति भए पनि शव बुझ्न अस्वीकार गरेका छन्। गृहमन्त्री सुधन गुरु...
श्रावण १५ गते, २०८३ - १५:५१
काठमाडौं । विशेष अदालतले राहदानी (पासपोर्ट) छपाइ ठेक्का भ्रष्टाचार प्रकरणमा आरोपित सिद्धार्थ थापालाई साधारण तारिखमा रिहा गर्न आदेश दिएको छ। विशेष अ...
श्रावण १५ गते, २०८३ - १५:३९
काठमाडौँ। गृहमन्त्री सुदन गुरुङको नेतृत्व तथा गृह मन्त्रालयको निर्देशनअनुसार मधेस र कोशी प्रदेशका विभिन्न जिल्लामा सुरक्षा निगरानी कडा पारिएको छ। विशे...
श्रावण १५ गते, २०८३ - १५:२१
काठमाडौं ।नेपाली कांग्रेसले पछिल्लो संवेदनशील अवस्थालाई मध्यनजर गर्दै नागरिक सुरक्षा, सामाजिक सद्भाव, धार्मिक सहिष्णुता र राष्ट्रिय एकता कायम राख्न सब...
श्रावण १५ गते, २०८३ - १५:०९
काठमाडौँ । सरकारले शिक्षा तथा स्वास्थ्य क्षेत्रमा लगाउँदै आएको समता शुल्क पूर्ण रूपमा छुट दिने निर्णय गरेको छ । नेपाल सरकार अर्थ मन्त्रालयले नेपाल ...
श्रावण १५ गते, २०८३ - १४:५२
काठमाडौं । मधेश प्रदेशसहित विभिन्न जिल्लामा देखिएको सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै नेपाल प्रहरीले एआईजीदेखि एसएसपी तहसम्मका उच्च अधिकृतहरूलाई वि...
श्रावण १५ गते, २०८३ - १४:२३
काठमाडौँ। कुवेतको उत्तरी क्षेत्रमा भएको ड्रोन आक्रमणमा परी एक जना नेपालीको मृत्यु भएको छ । कुवेतस्थित नेपाली दूतावासका अनुसार त्यहाँ सवारी चालकका रूपम...
श्रावण १५ गते, २०८३ - १४:१०
काठमाडौं । मधेशवादी दलका नेताहरूले प्रधानमन्त्री बालेन शाहसँगको भेटमा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०को महाधिवेशनबाट पारित सङ्घीयतासम्बन्धी प्रस्...
श्रावण १५ गते, २०८३ - १४:०३
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले मधेश प्रदेशका विभिन्न जिल्लाबाट प्रतिनिधित्व गर्ने सांसदहरूसँग छलफल सुरु गरेका छन्। मधेशमा पछिल्लो समय देखिएको तन...
श्रावण १५ गते, २०८३ - १३:५७
काठमाडौं । मधेश केन्द्रित राजनीतिक दलका नेताहरूले विगतमा भएका सहमति र सम्झौता कार्यान्वयनमा गम्भीर बन्न प्रधानमन्त्री बालेन शाहलाई आग्रह गरेका छन्। ...



प्रतिकृया लेख्नुहोस्: