Khabar Dabali ९ माघ २०८२ बिहीबार | 22nd January, 2026 Thu
Investment bank

सुदूरपश्चिम प्रदेश सभाका विषयगत समितिमा सभापति निर्विरोध

खबरडबली संवाददाता

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेश सभाका विषयगत समितिका सभापति निर्विरोध भएका छन् । सभापतिको मनोनयनका लागि शनिबार दिउँसो चार बजेसम्म निर्धारित अवधिभित्र एक/एकजनाको मात्र उम्मेदवारी परेको हो । 

प्रदेश सभामा प्रतिनिधित्व गर्ने दलहरूबिच समिति सभापतिमा भागबन्डा भएपछि निर्विरोध हुने अवस्था बनेको हो । सार्वजनिक लेखा समितिको सभापतिमा प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्र अक्कलबहादुर रावलले उम्मेदवारी दर्ता गरेका छन् । उनी माओवादी संसदीय दलका उपनेता हुन् ।

सामाजिक विकास समितिको सभापतिमा नेकपा एमालेका धर्मराज पाठक र अर्थ विकास तथा प्राकृतिक स्रोत समितिको सभापतिमा नागरिक उन्मुक्ति पार्टीको संसदीय दलका नेता घनश्याम चौधरीले उम्मेदवारी दर्ता गरेका प्रदेश सभा सचिवालयले जनाएको छ । दलहरूबिच भागबन्डा मिलाउन गठन गरिएको विशेष समितिको सभापतिका लागि नेपाली कांग्रेसका तुलसी देवकोटाले उम्मेदवारी दिएकी छिन् । यसअघि सत्तारूढ कांग्रेस, एमाले र नागरिक उन्मुक्ति पार्टीबिच सार्वजनिक लेखा समितिको नेतृत्व प्रमुख प्रतिपक्षीलाई दिने र बाँकी तीन समितिको नेतृत्व तीनै दलले एक/एकवटा लिने सहमति भएको थियो ।

प्रदेश सभा सचिवालयका सूचना अधिकारी युवराज जैसीले चारवटै समितिको सभापतिका लागि एक/एकजनाको मात्र उम्मेदवारी परेको उल्लेख गर्दै निर्विरोध भएको घोषणा सम्बन्धित समितिको बैठकले आइतबार गर्ने जानकारी दिए । उम्मेदवारविरुद्ध दाबीविरोधको प्रकृया पूरा भएपछि आइतबार मध्यान्ह्र १२ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका छ ।

सबै समितिमा एकल उम्मेदवारी परेकाले निर्वाचनको दाबीविरोध लगायत प्रकृया पूरा भएपछि दिउँसो १ बजे बस्ने सम्बन्धित समितिका बैठकले सभापति निर्विरोध भएको घोषणा गर्ने सूचना अधिकारी जैसीले बताए । सभापति मन्त्री बनेपछि अर्थविकास समिति गत वर्ष फागुनबाट र सार्वजनिक लेखा तथा सामाजिक विकास गत जेठदेखि नेतृत्वविहीन थिए । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending