Khabar Dabali ३० चैत्र २०८२ सोमबार | 13th April, 2026 Mon

लोकतान्त्रिक मगर संघ नेपाल सिद्धार्थनगरको पृथ्वी मगर अध्यक्षमा निर्वाचित

खबरडबली संवाददाता

भैरहवा । लोकतान्त्रिक मगर संघ, नेपाल सिद्धार्थनगरको प्रथम अधिवेशन शनिबार भैरहवामा समपन्न भएको छ । 

अधिवेशनले अध्यक्षतामा पृथ्वी मगरलाई निर्वाचित गराएको हो । यसैगरी अधिवेशनले उपाध्यक्षमा यान बहादुर थापा, सचिवमा रितु सारु, स–सचिवमा दल बहादुर थापा, कोषाध्यक्षमा कौशल्या थापा, सदस्यहरु संजय राना, जनक राना, मान बहादुर थापा, लाल बहादुर थापा, सुनिल थापा, दिल बहादुर थापा, दुन बहादुर थापा, शिशिर पुन, रुद्र थापा, गिता थापालाई नयाँ कार्यसमितिमा चयन गरेको छ ।   

कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि तथा ने।क।पा एमाले का पोलिटव्युरो सदस्य तथा क्षेत्र नं. ३ का इन्चार्ज खिमलाल भट्टराईले मगरहरु हाम्रो देशको आदिवासी जनजातिको समुदाय हो, यो समुदायको गौरवपूर्ण इतिहास रहेको र नेपाल बनाउने संदर्भमा मगर समुदायको एतिहासीक योगदान रहेको बताएका छन । यसका भाष, संस्कृती, भेषभुसालाई जोगाएर लैजानु पर्ने उनले बताए । यसैगरी उनले नेपालमा अधिकांस राम्रा कार्य तथा बिकासका कामहरु एमाले ले गरेको बताएका छन । 

प्रदेश अध्यक्ष नवीन थापाले पद तथा गोपनियता सपथ ग्रहण खुवाएका हुन् । 
लोकतान्त्रिक मगर संघ, नेपाल सिद्धार्थनगरका नव निर्वाचित अध्यक्ष पृथ्वी मगरले आफुलाई फुलको थुङ्गा टिपे जसरी दिइएको जिम्मेवारी प्रति आफुले सके सम्म मगर समुदायलाई अगाडि बढाउने बताउनु भयो । 

साथै संगै निर्वाचि हुनुभएका अन्य १४ जनालाई पनि आ–आफनो जिम्मेवारी सहि तरिकाले निर्वाह गर्न पनि आग्रह गर्नु भयो ।      
कार्यक्रममा ने।क।पा एमाले का पोलिटव्युरो सदस्य तथा क्षेत्र नं. ३ का इन्चार्ज खिमलाल भट्टराइको प्रमुख आतिथ्यता तथा मगर लोकतान्त्रिक मगर संघ नेपाल लुम्बिनी प्रदेश सदस्य गुमानसिंह सारु मगर अध्यक्षता रहेको थियो । 
यसैगरी, ने।क।पा एमाले का केन्द्रिय निर्वाचन आयोग सदस्य भरत पोखरेल, ने।क।पा एमाले लुम्बिनी प्रदेश सदस्य तथा नगर इन्चार्ज हरि प्रसाद अधिकारी, ने।क।पा एमाले लुम्बिनी प्रदेश सदस्य तथा बुटवल उपमाहानगरपालिका इन्चार्ज गोपाल राना, ने।क।पा एमाले लुम्बिनी प्रदेश सल्लाहकार लक्ष्मी कोइराला, ने।क।पा एमाले जिल्ला उपाध्यक्ष हितराज पन्थी, लोकतान्त्रिक आदिवासी जनजाती महासंघ नेपाल केन्द्रिय सदस्य उमेश थापा, नविन थापा, कुमार थापा, संजिव थापा, हिरु राना, विना थापा लगायतको कार्यक्रममा उपस्थिति रहेको थियो । 
कार्यक्रममा रितु सारूले स्वागत मन्तव्य राख्नु भएको थियो भने सरोज ठकुरी द्वारा कार्यक्रमको संचालन गरिएको थियो । 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

चर्च ब्वाइज काठमाडौँ विराट गोल्ड कपको सेमिफाइनलमा

मोरङ । ३८औँ संस्करणको विराट गोल्ड कप फुटबल–२०८२ प्रतियोगिताअन्तर्गत आज राति भएको खेलमा चर्च ब्वाइज युनाइटेड क्लब काठमाडौँ सेमिफाइनलमा प्रवेश गरेको छ ।...

सुनले झपक्कै मन्त्रिपरिषद् : सरकार चल्ला कि सुनकै तौलमा ढल्ला ?

काठमाडौं । बालेन्द्र शाह नेतृत्वको मन्त्रिपरिषद् अहिले नीतिले भन्दा पनि सुनले बढी चम्किएको देखिन्छ। आज सार्वजनिक गरिएको सम्पत्ति विवरण हेर्दा लाग्छ—यो...

लालीगुराँस संरक्षण अभियान सञ्चालन गर्दै जन्तेढुङ्गा

खोटाङ । जन्तेढुङ्गा गाउँपालिकाले नेपालको राष्ट्रिय फूल लालीगुराँसको संरक्षण गर्ने उद्देश्यले ‘लालीगुराँस संरक्षण अभियान’ सञ्चालन गरेको छ । स्थानीय बास...

परराष्ट्रमन्त्री खनालको सम्पत्तिः २२ तोला सुन

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालको सम्पत्ति विवरण सार्वजनिक भएको छ । उक्त विवरण अनुसार मन्त्री खनालसँग विभिन्न कम्पनीमा लगानीदेखि सुनसम्म रहेको ...

तीन वटा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, चार घाइते

झापा। झापाको बुद्धशान्ति गाउँपालिका–३ स्थित मेची राजमार्ग सडकखण्डमा तीन वटा मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका ...

बालेनको खातामा १ करोड ४६ लाख, सम्पत्तिको स्रोत– ‘फेसबुक, युट्युब र टिकटक’

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ को खातामा १ करोड ४६ लाख रुपैयाँ रहेको पाइएको छ । आज सार्वजनिक भएको प्रधानमन्त्री बालेनको सम्पत्ति विवरण...

सुक्खा तरकारीका लागि पनि आयातकै भर

काठमाडौं। नेपालमा अधिकांश दैनिक उपभोग्य वस्तुका लागि आयातमै निर्भर हुनुपर्ने अवस्था त सुनेकै छौँ, तर सुकुटी अर्थात् सुक्खा तरकारीको अवस्था पनि त्यस्तै...

चीनद्वारा भारतीय भूभागको नाम परिवर्तन प्रयासप्रति भारतको कडा आपत्ति

काठमाडौं । चीनले भारतीय भूभागभित्र पर्ने स्थानहरूको नाम परिवर्तन गर्ने प्रयास गरेको भन्दै भारतले कडा आपत्ति जनाएको छ। भारतीय विदेश मन्त्रालयले सामाजिक...

भारतीय नम्बरप्लेटका सवारी प्रतिबन्धप्रति सर्लाहीमा सर्वदलीय विरोध, आन्दोलनको चेतावनी

सर्लाही । भारतीय नम्बर प्लेटका सवारी साधन सञ्चालनमा लगाइएको प्रतिबन्धको निर्णयविरुद्ध सर्लाहीमा राजनीतिक दलहरूले एकजुट भएर विरोध जनाएका छन्। जिल्लामा ...

मकवानपुरमा ठूलो परिमाणमा मदिरा र कच्चा पदार्थ बरामद

हेटौँडा। मकवानपुर जिल्लामा अवैध रूपमा घरेलु मदिरा उत्पादन भइरहेको सूचनाका आधारमा प्रहरीले छापा मारेर ठूलो परिमाणमा मदिरा र कच्चा पदार्थ बरामद गरेको छ।...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending