काठमाडौं । काठमाडौंको कमलपोखरीस्थित शान्दार मःम पसलमा भएको ग्यास विस्फोटमा घाइते भएका अर्का एक जनाको पनि उपचारका क्रममा मृत्यु भएको छ ।
मृत्यु हुनेमा काभ्रे बेथानचोक गाउँपालिका धुनखर्क घर भइ हाल काठमाडौं कमलपोखरी बस्ने २५ वर्षीय छिरिङ लामा रहेको काठमाडौं जिल्ला परिसरले जनाएको छ । उनको गएराति करिब पौने १२ बजेको समयमा मृत्यु भएको हो ।
योसँगै उक्त ग्यास सिलिन्डर विस्फोटबाट मृत्यु हुनेको संख्या ४ पुगेको छ । यसअघि शुक्रबार उपचाररत उदयपुरको उदयपुरगढी–७ घर भइ हाल काठमाडौं बस्दै आएका २२ वर्षीय प्रदीप तामाङको मृत्यु भएको थियो । उक्त विस्फोटमा परी १४ जना घाइते भएका थिए । जसमध्ये गम्भीर घाइते भएका ११ जनाको कीर्तिपुर बर्न अस्पतालमा उपचारका लागि लगिएको थियो ।
घाइतेमध्ये दुई जनाको गत सोमबार निधन भइसकेको छ । मकवानपुरको मनहरी गाउँपालिका–५ डिल्लीपुरका १८ वर्षीय रबिन राई र उदयपुरको कटारी नगरपालिका–८ गालटारका २५ वर्षीय भीम बहादुर घले मगर (नवीन) को उपचारका क्रममा यसअघि नै मृत्यु भएको थियो ।
अन्य घाइतेको उपचार जारी छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र ८ गते, २०८१ - १६:४१
भैरहवा । सहरी योजना, पूर्वाधार विकास तथा विपद् व्यवस्थापन क्षेत्रमा उल्लेख्य कार्य सम्पादन गरेको भन्दै रुपन्देहीको सिद्धार्थनगर नगरपालिका देशभरका नगर...
चैत्र ८ गते, २०८१ - १६:४१
भैरहवा । सहरी योजना, पूर्वाधार विकास तथा विपद् व्यवस्थापन क्षेत्रमा उल्लेख्य कार्य सम्पादन गरेको भन्दै रुपन्देहीको सिद्धार्थनगर नगरपालिका देशभरका नगर...
चैत्र ८ गते, २०८१ - १६:३६
काठमाडौं । भिसा कार्ड इन्टरनेसनलले २०८१ सालको दशैंलाई लक्षित गरी सञ्चालन गरेको ‘Best 25 Visa Spender Campaign’ मा नबिल बैंकका पाँच जना भिसा कार्डवाहक...
चैत्र ८ गते, २०८१ - १६:३६
काठमाडौं । भिसा कार्ड इन्टरनेसनलले २०८१ सालको दशैंलाई लक्षित गरी सञ्चालन गरेको ‘Best 25 Visa Spender Campaign’ मा नबिल बैंकका पाँच जना भिसा कार्डवाहक...
चैत्र ८ गते, २०८१ - १६:३१
काठमाडौं । गृह मन्त्रालयले विपद् प्रतिकार्यका लागि आवश्यक सामाग्रीसहित मुलुकभरका स्थानीय तहमा आपतकालिन गोदामहरुको व्यवस्थापन गर्न पहल अघि बढाएको छ । ...
चैत्र ८ गते, २०८१ - १६:२२
काठमाडौं। गएको एक महिनामा देशका विभिन्न क्षेत्रमा लागेको आगलागीबाट ६ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा एक पुरुष, चार महिला र एक बालक रहेका छन् । ती ...
चैत्र ८ गते, २०८१ - १६:१९
काठमाडौं । स्थगित रत्नराज्य क्याम्पसमा स्ववियु निर्वाचन आगामी चैत १६ गते हुने भएको छ। नियमित प्रकिया अनुसार स्वतन्त्र विद्यार्थी युनियन ९स्ववियु० क...
चैत्र ८ गते, २०८१ - १२:१६
कञ्चनपुर । तीव्र रुपमा भइरहेको सहरीकरणले केही वर्षदेखि भँगेराको सङ्ख्या घट्दै गएको पाइएको छ । पुराना घरका ठाउँमा पक्की घर बन्न थालेपछि भँगेराको बासस्थ...
चैत्र ८ गते, २०८१ - १२:१६
कञ्चनपुर । तीव्र रुपमा भइरहेको सहरीकरणले केही वर्षदेखि भँगेराको सङ्ख्या घट्दै गएको पाइएको छ । पुराना घरका ठाउँमा पक्की घर बन्न थालेपछि भँगेराको बासस्थ...
चैत्र ८ गते, २०८१ - १२:०३
ललितपुर । शौचालय जाने बहानामा ललितपुरको पाटन अस्पतालबाट भागेका थुनुवालाई प्रहरीले कञ्चनपुरबाट पक्राउ गर्न सफल भएको छ । उनलाई गएराति कञ्चनपुरस्थित ...
प्रतिकृया लेख्नुहोस्: