काठमाडौं । पोखरामा हिजो भएको बेलुन दुर्घटनामा लापरवाहीसँगै प्राविधिक ज्ञानको कमी देखिएको विज्ञहरुले बताएका छन् । त्रिभुवन विश्वविद्यालय रसायनशास्त्र केन्द्रीय विभागका उपप्राध्यापक सन्तोष खनालले दुर्घटनामा लापरवाही र प्राविधिक ज्ञानको कमी देखिएको बताए । उनका अनुसार बेलुनमा हाइड्रोजन ग्यासको प्रयोग जोखिमपूर्ण हुन्छ ।
पोखरा भ्रमण वर्षको शुभारम्म कार्यक्रममा पोखरा महानगरले ब्यानर उडाउन बेलुनमा हाइड्रोजन ग्यास भरेको थियो । आयोजकको आग्रहअनुसार अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरका मेयर धनराज आचार्यले बेलुन उडाउन लाग्दा हाइड्रोजन ग्यास भरिएका बेलुनहरू ‘फायर क्यान्डिल’बाट निस्किएका झिल्काहरूसँग ठोकिन पुगेपछि विस्फोटसहित आगोको मुस्लो निस्किएको थियो ।
रसायनशास्त्रका विज्ञहरुका अनुसार हाइड्रोजन ग्यास ब्रम्हाण्डमा पाइने सबैभन्दा हलुका र प्रज्वलनशील ग्यास हो । यो ग्यास भरिएको बेलुन तातो हुँदा पनि जल्ने गर्छ । बेलुनमा भरेर उडाउनै पर्ने हिलियम ग्यासको प्रयोग गर्नुपर्छ ।
हिलियम ग्यास हाइड्रोजन जस्तो अति प्रज्वलनशील नहुने विज्ञहरुको भनाइ छ । तर हाइड्रोजनको तुलनामा हिलियम ग्यास धेरै महँगो पर्ने भएकाले बेलुनमा हावा भर्दा धेरैले हाइड्रोजन ग्यास भर्ने गरेका छन् । आउँदा दिनमा यस्तो ग्यास भरिएको बेलुन प्रयोग गर्दा सचेत हुनुपर्ने उपप्रध्यापक खनालले बताए । आगोको सामान्य फिलिङ्गोसँग पनि हाइड्रोजनले प्रतिक्रिया जनाउने भएकाले यसलाई प्रयोग गर्दा उच्च सतर्कता अपनाउन उनको सुझाव छ ।
उपप्राध्यापक खनालका अनुसार हाइड्रोजन ग्यासका विषयमा विद्यालय तहदेखि नै पढाइ हुन्छ । विद्यार्थीले विद्यालयकै प्रयोगशालामा हाइड्रोजन ग्यास कति प्रज्वलनशील छ भनेर प्रयोग गरेर हेर्ने र शिक्षकले सबैभन्दा प्रज्वलनशील ग्यास भएकाले यसको प्रयोगमा सचेत हुन सिकाउने गर्छन् । तर बालबालिकाको खेलौना बेलुन र कार्यक्रमको उद्घाटन कार्यक्रममा उडाउने बेलुनमा हाइड्रोजन ग्यासको प्रयोग गर्ने गरिएको छ । यस्ता दुर्घटना फेरि पनि हुन सक्ने भएकाले बेलुनमा हाइड्रोजन ग्यास भर्न नदिन विज्ञले सुझाव दिएका छन् ।
गृहमन्त्री रमेश लेखकले यस विषयमा सरकार गम्भीर भएको बताएका छन् । बेलुन पड्किएर आगो लाग्दा घाइते भएका अर्थमन्त्री पौडेल र पोखराका मेयर आचार्यलाई कीर्तिपुर अस्पतालमा भेटेपछि उनले यस्ता घटना दोहोरिन नदिन सरकारले सतर्कता अपनाउन सबैलाई निर्देशित गर्नुपर्ने देखिएको बताए । गृहमन्त्री लेखकले यस्तो शैलीको कार्यक्रम आयोजना नगर्न सरकारीस्तरबाटै व्यवस्था गर्ने पनि बताएका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २९ गते, २०८२ - २२:२५
मोरङ । ३८औँ संस्करणको विराट गोल्ड कप फुटबल–२०८२ प्रतियोगिताअन्तर्गत आज राति भएको खेलमा चर्च ब्वाइज युनाइटेड क्लब काठमाडौँ सेमिफाइनलमा प्रवेश गरेको छ ।...
चैत्र २९ गते, २०८२ - २२:०१
काठमाडौं । बालेन्द्र शाह नेतृत्वको मन्त्रिपरिषद् अहिले नीतिले भन्दा पनि सुनले बढी चम्किएको देखिन्छ। आज सार्वजनिक गरिएको सम्पत्ति विवरण हेर्दा लाग्छ—यो...
चैत्र २९ गते, २०८२ - २१:४६
खोटाङ । जन्तेढुङ्गा गाउँपालिकाले नेपालको राष्ट्रिय फूल लालीगुराँसको संरक्षण गर्ने उद्देश्यले ‘लालीगुराँस संरक्षण अभियान’ सञ्चालन गरेको छ । स्थानीय बास...
चैत्र २९ गते, २०८२ - २१:४४
काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालको सम्पत्ति विवरण सार्वजनिक भएको छ । उक्त विवरण अनुसार मन्त्री खनालसँग विभिन्न कम्पनीमा लगानीदेखि सुनसम्म रहेको ...
चैत्र २९ गते, २०८२ - १९:४९
झापा। झापाको बुद्धशान्ति गाउँपालिका–३ स्थित मेची राजमार्ग सडकखण्डमा तीन वटा मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका ...
चैत्र २९ गते, २०८२ - १९:४५
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ को खातामा १ करोड ४६ लाख रुपैयाँ रहेको पाइएको छ । आज सार्वजनिक भएको प्रधानमन्त्री बालेनको सम्पत्ति विवरण...
चैत्र २९ गते, २०८२ - १९:४२
काठमाडौं। नेपालमा अधिकांश दैनिक उपभोग्य वस्तुका लागि आयातमै निर्भर हुनुपर्ने अवस्था त सुनेकै छौँ, तर सुकुटी अर्थात् सुक्खा तरकारीको अवस्था पनि त्यस्तै...
चैत्र २९ गते, २०८२ - १९:३९
काठमाडौं । चीनले भारतीय भूभागभित्र पर्ने स्थानहरूको नाम परिवर्तन गर्ने प्रयास गरेको भन्दै भारतले कडा आपत्ति जनाएको छ। भारतीय विदेश मन्त्रालयले सामाजिक...
चैत्र २९ गते, २०८२ - १९:३४
सर्लाही । भारतीय नम्बर प्लेटका सवारी साधन सञ्चालनमा लगाइएको प्रतिबन्धको निर्णयविरुद्ध सर्लाहीमा राजनीतिक दलहरूले एकजुट भएर विरोध जनाएका छन्। जिल्लामा ...
चैत्र २९ गते, २०८२ - १९:३१
हेटौँडा। मकवानपुर जिल्लामा अवैध रूपमा घरेलु मदिरा उत्पादन भइरहेको सूचनाका आधारमा प्रहरीले छापा मारेर ठूलो परिमाणमा मदिरा र कच्चा पदार्थ बरामद गरेको छ।...


प्रतिकृया लेख्नुहोस्: