काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद बिन्दबासिनी कंशाकारले एकपछि अर्को जलनको घटना बढिरहँदा पनि सरकारले त्यसको न्यूनिकरणमा चासो नदेखाएको भन्दै आपत्ति जनाएकी छन् ।
आज बसेको प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै सांसद कंशाकारले केही दिनअघि कमलादीमा शानदार मःम पसलमा भएको ग्यास विस्फोट र हिजो पोखरामा भएको घटनाबारे सरकारको ध्यानाकर्षण गराएकी हुन् ।
केहीदिन अघि खानेपानी मन्त्रालयमा भएको आगलागी, कमलादीको शानदार मःम पसलमा ग्यास विस्फोट र शनिबार उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य बेलुन विस्फोट भइ आगलागी हुँदा घाइते भएका छन् ।
तीन प्रतिनिधिमूलक घटनालाई उदाहरण दिँदै सांसद कंशाकारले सरकारले एकपछि अर्को घटना भइरहँदा पनि त्यसको रोकथामका लागि कुनै चासो नदिएको भन्दै आपत्ति जनाइन् ।
उपप्रधानमन्त्री पौडेल र मेयर आचार्यको श्वास्थ्य लाभको कामना गर्दै उनले भनिन्, ‘‘उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेल ज्यू र पोखरा महानगर प्रमुख धनराज आचार्यज्यूलाई हेलिकप्टरमार्फत् काठमाडौंको कीर्तिपुर अस्पताल ल्याइयो । उहाँहअरु दुवै जनाको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु । तर अस्ति भर्खर शानदार मःममा ग्यास विस्फोट भइ सर्वसाधारण जल्दा एम्बुलेन्स नपाएर गाडीको हुटमा राखेर उद्धार गर्नुपर्ने अवस्था सिर्जना भएको थियो । आज मन्त्रीज्यू र मेयरज्यूलाई हेलिकप्टरबाट उद्धार गरिएको छ ।’
आफैँ एसिड आक्रमणमा परेकी सांसद कंशाकारले एसिड पीडित तथा जलनमा परेका नागरिकहरुका लागि छुट्टै व्यवस्था गर्न माग गर्दै आइरहेकी छन् । उनले नेपालमा यस्ता घटनाहरु निरन्तर भइरहे पनि ‘थिंक सेफ्टी, डू सेफ्टी’ भन्ने कुरा नारामा मात्रै सीमित भइरहेको उनले बताइन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र १२ गते, २०८१ - २१:३०
काठमाडाैं । नेपाल टेलिकमले कालिकोटको सदरमुकाम मान्मदेखि जुम्ला हुँदै मुगुको सदरमुकाम गमगढीसम्म पहिलो पटक All-dielectric self-supporting (ADSS) प्रविधि...
चैत्र १० गते, २०८१ - १६:१४
काठमाडौं । संयुक्त राज्य अमेरिकाको एक राज्य न्यु मेक्सिकोमा राति गोली चल्दा तीन जनाको मृत्यु भएको छ भने अन्य १५ जना घाइते भएका छन्। लास क्रुसेस प्...
चैत्र १० गते, २०८१ - १६:०९
काठमाडौं। गत हप्ता निरन्तर ओरालो लागेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक यो साता कारोबारको पहिलो दिन उच्च अंकले घटेको छ। आज नेप्से परिसूचक ५४ दशम...
चैत्र १० गते, २०८१ - १६:०६
काठमाडौं। नेपाल ग्रामीण चलचित्र महोत्सव (NERUFF) को चौंथो संस्करण आउँदो वैशाख ४ गते देखि ६ गते सम्म हुने भएको छ । यस पटकको महोत्सव गोसाईकुण्ड गाउँ पा...
चैत्र १० गते, २०८१ - १६:०५
काठमाडौं । चौथो क्वालिटी इन्टरटेनमेन्ट अवार्ड २०८१ को यस पटक थाइल्यान्डमा हुने भएको छ । यो अवार्ड गत वर्ष मलेशियामा आयोजना गरिएको थियो । यसैबिच आयोजक ...
चैत्र १० गते, २०८१ - १६:०३
काठमाडौं । नेपाल मोंटेसरी ट्रेनिङ सेन्टर (NMTC) ले २५औं वार्षिकोत्सव तथा वार्षिक सम्मेलन भव्य रूपमा प्रिमियर इन्टरनेशनल IB कन्टिन्युम स्कूल मा सम्पन्...
चैत्र १० गते, २०८१ - १५:५८
धनगढी । कैलालीस्थित नवजीवन सहकारी संस्था लिमिटेडले आफ्नै ब्राण्डमा चामल उत्पादन शुरु गरेको छ । सहकारीलाई किसानसँग जोड्न र शेयर सदस्यहरुको गुणस्तरिय चा...
चैत्र १० गते, २०८१ - १४:३९
विराटनगर । प्रेस चौतारी नेपालको केन्द्रीय महाधिवेशन आजबाट विराटनगरमा सुरु भएको छ । ‘समृद्धिका लागि सञ्चार प्रेस चौतारीको आधार’ भन्ने मूल नाराका साथ स...
चैत्र १० गते, २०८१ - १४:०८
काठमाडौं । नेकपा एमालेबाट निष्कासित पूर्वउपाध्यक्ष भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओलीको मौनतामा सरकारका मन्त्रीले मनपरी गरिरहेको आरोप लगाएका छन्।...
चैत्र १० गते, २०८१ - १३:२९
काठमाडौं । राजस्थानको झालावाड जिल्लाको बकानी शहरबाट शुक्रबार एउटा हृदयविदारक घटना बाहिर आएको छ । यहाँ एक विवाहित महिलाले आफ्नो श्रीमानको जिब्रो टोकेर ...
प्रतिकृया लेख्नुहोस्: