Khabar Dabali ४ पुष २०८२ शुक्रबार | 19th December, 2025 Fri
Investment bank

बाढीपहिरोले क्षतिग्रस्त बिपी राजमार्गको १४ स्थानमा मर्मत थालियो

खबरडबली संवाददाता

काभ्रेपलाञ्चोक । गत असोज दोस्रो साता आएको बाढीपहिरोले क्षतिग्रस्त बिपी राजमार्गको विभिन्न खण्डको मर्मत थालिएको छ । डिभिजन सडक कार्यालय भक्तपुरले राजमार्गअन्तर्गत क्षतिग्रस्त नमोबुद्ध नगरपालिकाको चौकीडाँडाबाट काभ्रेपलाञ्चोक र सिन्धुलीको सीमास्थल नेपालथोकसम्मको मर्मत थालिएको जनाएको हो ।

हाल बगरमा गरिएको डाइभर्सन तथा सडकको पुरानो अवस्थालाई हेरी दुईदेखि तीन मिटरसम्म ग्राभेल भरेर उचाई बनाउने तथा अप्ठेरो भएका स्थानमा जाली भरेर उचाइ बनाउन थालिएको कार्यालय प्रमुख सिनियर डिभिजनल इञ्जिनीयर सुमन योगेशले बताए ।

आगामी वर्षायाममा यातायात सञ्चालनमा कठिनाइ नहोस् भन्ने उद्देश्यले क्षतिग्रस्त सडक चौडा पार्ने, सम्याउने तथा ग्राभेल भरेर रोशी खोलाको सतहभन्दा करिब तीन मिटर उचाइ बनाउने काम थालिएको उनले जानकारी दिए । उनका अनुसार कुल १३ किलोमिटर क्षतिग्रस्त सडकमध्ये पहिलो चरणमा आठ किमी मर्मत गरिनेछ भने बाँकीको योजना बनाइनेछ ।

विभागद्वारा उपकरण तथा जनशक्ति परिचालन गरी  क्षतिग्रस्त १४ स्थानमा सडक मर्मत थालिएको जनाइएको छ । “सरकारद्वारा स्रोत सुनिश्चितताको प्रक्रिया पनि भइरहेकाले स्थायी रूपमा सडक पुनःनिर्माण अघि हाल बिपी राजमार्गलाई प्राथमिकतामा राखेर मर्मत थालिएको हो”, योगेशले भने । उनका अनुसार आउँदो वर्षायाममा यातायात अवरुद्ध हुन नदिने लक्ष्यका साथ मर्मत सुरु भएको हो । योगेशले भने, ‘मर्मतलाई तीव्रता दिनुपर्ने भए रातको समयमा पनि काम गर्न सकिन्छ ।’

साताअघि भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालसहित मन्त्रालयका सचिव केशवकुमार शर्मा, सडक विभागका महानिर्देशक रामहरि पोखरेल, भक्तपुर डिभिजनका अधिकारीको टोलीले स्थलगत निरीक्षण गरेको थियो ।

निरीक्षणका क्रममा मन्त्री दाहालले सो राजमार्ग मर्मत तथा पुनःनिर्माणमा स्रोत सुनिश्चितताको तयारी भइरहेको बताउनुभएको थियो । उहाँले शुक्रबार मन्त्रालयको दुई सय दिनका उपलब्धिबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा समेत गत असोजको बाढीबाट क्षति पुगेको बिपी राजमार्ग आगामी वर्षायाममा निरन्तर सञ्चालन हुनेगरी काम भइरहेको जानकारी गराएका  थिए ।

मन्त्री दाहालले स्रोतको अभावका कारण क्षतिग्रस्त उक्त राजमार्गको पुनः निर्माणमा ढिलाइ भए पनि आउँदो वर्षामासमेत सडक सञ्चालन गर्न सकिने गरी अस्थायी संरचना बनिरहेको बताए। राजमार्गको पुरानो रेखाङ्कन र स्वरुप परिवर्तन गर्नुपर्ने भएकाले पुनःनिर्माणका क्रममा नीतिगत समस्या र स्रोतको अभाव भएको उनको भनाइ थियो ।

यसैबीच कार्यालयद्वारा गत पुसमा गरिएको अध्ययनले क्षतिग्रस्त सडक पुनःनिर्माण गर्न करिब रु नौ अर्ब ५० करोड बढी लाग्ने देखाएको थियो । प्रारम्भिक अध्ययनअनुसार बिपी राजमार्गअन्तर्गत भकुण्डेबाट नेपालथोकसम्मको विभिन्न स्थानमा पुनःनिर्माण गर्न नौ अर्ब ६६ करोड लाग्ने अनुमान गरिएको हो

उक्त सडकमा तीन किसिमका वाल ९आरसिसी रिटेनिङ, प्लम र गेभिएन० लगाउनुपर्ने अध्ययनबाट देखिएको छ । ‘अध्ययनबाट केही स्थानमा पहिला पुल बनाउनुपर्ने देखिएको छ । तर पहिला पुल बनाउने कि, वाल भन्नेबारे थप छलफलपछि निष्कर्ष निस्कनेछ’, इञ्जिनीयर योगेशले भने । उनका अनुसार खोला आउन सक्ने ठाउँमा आरसिसी वाल लगाउनुपर्ने देखिएको छ, भने कतै प्लम वाल र कतै गेभिएन वाल लगाउनुपर्ने अध्ययनले देखाएको छ ।

पुनर्निर्मित सडकमा आसपाल्ट कङ्क्रिटसहित दुई लेनको सडक निर्माण हुने यागेशले बताउनुभयो । यसअघि ‘इन्टरमिडियट लेन’को सडक थियो । जापान सरकारको अनुदान सहयोगमा आर्थिक वर्ष २०५३/५४ देखि बिपी राजमार्ग ९धुलिखेल–सिन्धुली–बर्दिबास एक सय ६० किमी सडक० निर्माण सुरु गरिएको थियो । खण्डखण्ड विभाजन गरी विसं २०७२ असार १८ गते निर्माण सम्पन्न गरी औपचारिक रूपमा जापान सरकारले नेपाल सरकारलाई हस्तान्तरण गरेको थियो ।

तत्कालीन अवस्थामा २६ विलियन जापानी येन र नेपाल सरकारको एक दशमलव एक विलियन ९जापानी येन० लागतमा उक्त राजमार्ग निर्माण भएको थियो । केन्द्रीय राजधानी काठमाडौँलाई मध्यपहाडी तथा पूर्वी नेपालसँग जोड्ने छोटो मार्गका रूपमा रहेको उक्त राजमार्ग बाढीपहिरोले क्षति पुर्‍ याएपछि कतै एकतर्फी, कतै दुईतर्फी हुनेगरी सञ्चालनमा ल्याइएको छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमाले पदाधिकारी पदमा मतगणना जारी – १,१३९ मत गन्दा कसले पाए कति ?

काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशन अन्तर्गत बिहीबार बिहान सम्पन्न मतदानको मतगणना जारी छ। हालसम्म २,२७० भन्दा बढी मतमध्ये १,१३९ मत गनिसकिएको प्रार...

एमाले उपमहासचिवमा लेखराज भट्टको धमाकेदार अग्रता, विष्णु रिमाल शीर्ष तीनमा अटाउन असफल

काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत उपमहासचिव पदको मतगणना जारी छ। प्रारम्भिक नतिजाअनुसार लेखराज भट्टले ४४० मत ल्याएर स्पष्ट अग्रता लिएका छ...

एमाले महासचिवमा शंकर पोखरेलको अग्रता कायमै, २४९ मत प्राप्त

 काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत भृकुटीमण्डपमा जारी मतगणनामा महासचिव पदमा शंकर पोखरेलले स्पष्ट अग्रता लिएका छन्। पछिल्लो मतपरिणाम अ...

शिक्षामन्त्री पुनको आक्रोश : ‘कछुवाको गतिलाई पनि कृपावादी पापी समूहहरूले अल्झाए’

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले नेपालको प्रशासनिक कार्यशैलीप्रति कडा असन्तुष्टि जनाउँदै सामाजिक सञ्जालमार्फत आक्रोश व्यक्त...

ईश्वर पोखरेलको भविष्यलाई लिएर उठेका प्रश्नः एमालेमा दोहोरिन्छ कि भिम रावलको इतिहास ?

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनसँगै पार्टीभित्र नेतृत्व चयनको प्रतिस्पर्धा मात्रै होइन, भविष्यको राजनीतिक हैसियतबारे पनि गम्भीर बहस सुरु भएको ...

एमाले महासचिवमा निर्णायक भिडन्त, मतगणनामा पोखरेल ९ मतले अगाडि

काठमाडौं । नेकपा (एमाले)को ११औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि जारी मतगणनामा महासचिव पदमा कडा प्रतिस्पर्धा देखिएको छ। मतगणनाको सुरुवाती चरण...

वागमतीमा पुँजीगत खर्च ४.४७ प्रतिशतमात्र

मकवानपुर । वागमती प्रदेशले चालु आर्थिक वर्षको प्रथम पाँच महिनामा ४.४७ प्रतिशतमात्र पुँजीगत खर्च गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसा...

ओली–पोखरेल समूहबीच मतदानको जोश, भृकुटीमण्डपमा व्यस्त माहोल

विद्युतीय मतदानसहित एमाले नेतृत्व चयन प्रक्रिया सुरु

नागढुंगा–नौबिसे सडक खण्ड आजबाट केही दिन खुला रहने

काठमाडौँ । नागढुंगा–नौबिसे सडक खण्ड आजबाट केही दिनका लागि खुला रहने भएको छ। नागढुंगा–पिप्लामोड खण्डको साँघुरो भागमा दोस्रो तहको कालोपत्रको काम सकिएको ...

ट्रम्प प्रशासनले थप पाँच देशमाथि अमेरिका प्रवेशमा रोक लगायो

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले आफ्नो यात्रा प्रतिबन्धको दायरा विस्तार गर्दै थप पाँच देशमाथि अमेरिका प्रवेशमा रोक लगाएको छ। य...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending