Ntc summer Offer
Khabar Dabali २३ चैत्र २०८१ शनिबार | 5th April, 2025 Sat
Investment bank

कर्णाली उत्सव भोलीबाट सुरु हुने

खबरडबली संवाददाता

सुर्खेत । कर्णाली उत्सव कर्णालीलाई चिन्ने र चिनाउने बहस र विमर्शको उत्सव ‘कुडा कर्नाली’ छैटौँ संस्करण भोली बाट सुरु हुने भएको छ । विगत पाँच वर्षदेखि ऋति फाउण्डेसनले कर्णाली उत्सव गर्दै आएको छ । 

यस वर्षको छैटौँ  संस्करण कर्णाली उत्सव वीरेन्द्रनगरको सिटी हलमा सोमबारबाट सुरु भई तीन दिन चल्नेछ । तीन दिनसम्म चल्ने कुराकानीका माध्यमबाट कर्णाली प्रदेशको पहिचान र सम्भावना केलाउन यस्तो प्रयास थालिएको आयोजकले जनाएको छ । 

परम्परागत रूपमा हुने कचहरी वा बैठकको आधुनिक रूपमा कर्णाली उत्सव कर्णाली उत्सवको माध्यमबाट हामी कर्णालीमा सार्वजनिक बहसको शृङ्खला थालनी गरेको कर्णाली उत्सवमा विषयवस्तु निर्माणकर्ता प्रकाश लामिछानेले बताए । 

‘यसले मूलतः कर्णालीलाई केलाउँछ समृद्ध कर्णाली निर्माणका लागि नीति निर्मातालाई सुझाव दिन्छ र सार्वजनिक पदाधिकारीलाई उत्तरदायी बनाउन प्रयास गर्छ,’ उनले भने,‘कर्णाली उत्सवको मुख्य उपलब्धि भनेकै कर्णालीलाई चिन्ने र चिनाउने सार्थक प्रयास हो ।’ 

समाजमा खुला र लोकतान्त्रिक बहसलाई संस्कारको रूपमा विकास गर्न सघाउने कर्णाली उत्सवका संयोजक कमल लम्सालले बताए । ‘सबैलाई थाहा भएकै कुरा हो । कुनै पनि कामको सुरुवात बिचारबाटै हुन्छ । हामी त्यही विचारबाट प्रेरित छौँ,’ उनले भने,‘उत्सवको माध्यमबाट प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा उठेका कुराकानीहरूले समृद्ध कर्णालीको सपना साकार पार्नेतर्फ सरकारलाई सहयोग एवं निर्देशित गरोस् भन्ने नै हाम्रो लक्ष्य हो ।’ 

तीन दिनसम्म चल्ने उत्सवमा विभिन्न विषयमा मन्थन हुने आयोजकले जानकारी दिएको छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

जाजरकोट भूकम्प अपडेटः अधिकांश भवनहरु चर्किए, ८ जना घाइते

काठमाडौं ।  जाजरकोटको कुसे गाउँपालिका–९ पैङ्कमा केन्द्रबिन्दु बनाएर गए राति गएको ५.२ म्याग्निच्युड र ५.५ म्याग्निच्युडका दुई वटा भूकम्पमा परी आठ जना घ...

ट्रम्पको कर नीतिले ५०० अर्बपतिको सम्पत्तिमा भारी गिरावट, मस्कले नै गुमाए १९ बिलियन

काठमाडौं  । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ट्यारिफ आक्रमणले सयौं अरबपतिहरू लगायत विश्वका बजारहरूलाई ठूलो धक्का दिएको छ। वास्तवमा ट्रम्पले केही कु...

बार निर्वाचनमा काठमाडौंमा खस्यो ५० प्रतिशत मत

काठमाडौं । नेपाल बार एसोसिएसनको २७ औँ केन्द्रीय कार्यसमितिको निर्वाचनको लागि जारी मतदानमा हालसम्म काठमाडौँमा ४९.२५ प्रतिशत (३२००) मत खसेको छ ।  बिहान ...

सरकारले शिक्षकहरूको माग सम्बोधन गर्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले शिक्षकहरूका माग सम्बोधन गर्ने बताएका छन् ।  शनिबार थाइल्याण्डको औपचारिक भ्रमण सकेर स्वदेश फर्किएक...

थाइल्यान्ड भ्रमण सकेर स्वदेश फर्किए प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फिर्ता भएका छन् । थाइल्यान्डको औपचारिक भ्रमण सकेर प्रधानमन्त्री ओलीसहितको प्रतिनिधिमण्डलको टोली शनिबार ...

‎वीरेन्द्रनगरमा चल्यो गोली

सुर्खेत । सुर्खेतको ‎वीरेन्द्रनगरमा गोली चलेको छ । ‎वीरेन्द्रनगर नगरपालिका–१० बुलबुले टोलस्थित युवराज रिजालको घरमा आज बिहान गोली प्रहार भएको हो। गो...

८४ दिन थुनामा बसेर धरौटीमा रिहा भएका रवि ८५ दिन बाहिर, अब कति बस्लान् भित्र ?

आदेशको औपचारिक जानकारीनै नपाइ रविलाई पक्राउ गर्न हतारोमा प्रहरी

एम्बुलेन्सबाट ९४ हजार बढी ट्याबलेट लागुऔषध बरामद

ललितपुर । ललितपुरको बागमती गाउँपालिका–३ छपेलीबाट प्रहरीले भारतीय नम्बर प्लेटको एम्बुलेन्सबाट ९४ हजार बढीको ट्याबलेट लागुऔषध बरामद गरेको छ। मकवानपुर...

मधेश र कर्णालीका बालबालिकाले दिए शिक्षा विधेयकबारे मन्त्रीलाई सुझाव

काठमाडौं । देशका विभिन्न ठाउँबाट भेला भएका बालबालिकाहरूले शिक्षा विधेयकबारे शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईलाई सुझाव दिएका छन् । ...

समता कला कार्यशाला सिक्लेसमा सम्पन्न

पाेखरा ।  पोखरेली युवा सांस्कृतिक परिवारले नियमित रुपमा गर्दै आइरहेको कार्यक्रम ‘समता कला कार्यशाला’को ६५औं शृंखला गैह्रीथर समाजघर सिक्लेस, कास्कीमा स...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Krishi Bikas Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy