Khabar Dabali १५ चैत्र २०८२ आईतवार | 29th March, 2026 Sun
Investment bank

ताप्लेजुङमा चिया बिक्री नहुँदा किसान मर्कामा

खबरडबली संवाददाता

ताप्लेजुङ । ताप्लेजुङमा चिया बिक्री नभएपछि उत्पादक किसान चिन्तित बनेका छन् । मोटो रकम लगानीसँगै धेरै मिहिनेत गरेर लगाएको खेतीबाट उत्पादन हुन थालेको चिया सुरुवातमै बिक्री नभएपछि किसानमा चिन्ता छाएको हो । 

चियाबाट राम्रो आम्दानीको सम्भावना देखेपछि पछिल्लो समय यहाँका किसानले खेती लगाउन सुरु गरेका हुन् । केही वर्षअघि परीक्षणका रूपमा लगाएको चिया खेती सफल भएपछि किसानले व्यावसायिक खेती नै सुरु गरेका छन् । किसानले लगाएको चिया खेतीबाट अहिले धमाधम उत्पादन हुन थालेको छ ।

जिल्लाका सीमित किसानले चिया खेती सुरु गरेका र किसानले लगाएको चिया खेतीबाट हाल धमाधम उत्पादन भइरहेको छ । आफूले लगाएको खेती अर्थात बगैँचाबाट उत्पादन हुन थालेको चिया भने बिक्री नहुँदा किसान चिन्तित बनेका छन् । जिल्लामा चिया खेती सुरु गर्नेमा हाल सदरमुकाम फुङ्लिङ बजारमा बसोवास गर्दै आएका फुङ्लिङ नगरपालिका–९ हाङ्देवाका वेदनिधि पौडेल पनि एक हुन् । 

पौडेलले फुङ्लिङ नगरपालिकाकै वडा १० फुरुम्बुको गढीडाँडा क्षेत्रमा निजी जग्गा र व्यक्तिगत खर्चमा चिया खेती लगाएका छन् । करिब ८५ रोपनी क्षेत्रफल बराबरको जग्गामा लगाएको चिया खेतीबाट अहिले उत्पादन सुरु भएको पौडेलले बताए । उनका अनुसार चियाको बगैँचा (बगान) पनि बढ्दै गएको र उत्पादन पनि धमाधम हुन थालेको छ ।

हाल एक चरणको टिपाइबाट ५० देखि ७५ किलोग्रामसम्म चिया निस्किन थालेको उनले जानकारी दिए । मौसमअनुसार बर्खामा महिनैपिच्छे र हिउँद याममा दुई-अढाइ महिनाको अन्तरालमा चिया टिपाइ हुने गरेको उनले बताए । चिया बगैँचा हुर्कँदै गएसँगै उत्पादन पनि बढ्ने क्रममा रहेको, तर अहिले उत्पादन हुँदै आएको चिया बिक्री नभएको उनको भनाइ छ । 

उत्पादित चिया बिक्री नभएपछि यतिकै थन्क्याएर राख्नुपरेको पौडेलले बताए । चिया बिक्रीका लागि इलाम, झापा लगायतका बजारमा पहल गर्दा पनि अहिलेसम्म सम्भव नभएको पनि उनले बताए । उनका अनुसार बिक्रीका लागि सम्पर्क भएका व्यापारीले चिया ठुलो परिमाणमा भएमा मात्र खरिद गर्ने बताउने गरेका छन् । व्यापारीले भने अनुसारको परिमाण नभएपछि चिया घर कोठामा थन्क्याएर राख्नुपरेको उनले बताए । 

मोटो परिमाणमा चिया बिक्री नभएपछि मजदुरलाई पारिश्रमिक दिनलाई नै समस्या भइरहेको उनले जानकारी दिए । काम गर्ने मजदुरलाई दिने पारिश्रमिक लगायतमा भएको समस्यासँगै हाल उत्पादन हुँदै आएको चिया बिक्री नभएर लामो समयसम्म थन्क्याउनुपर्दा सडिएर जानसक्ने भएकाले थप चिन्तित बनाएको उनको भनाइ छ । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending