Khabar Dabali २९ मंसिर २०८२ आईतवार | 14th December, 2025 Sun
Investment bank

युरोपले नाटोमा महत्त्वपूर्ण भूमिका खेल्नुपर्ने बेलायतका प्रधानमन्त्री स्टार्मरको भनाइ

खबरडबली संवाददाता

लण्डन । बेलायतका प्रधानमन्त्री केइर स्टार्मरले युरोपले उत्तर एटलान्टिक सन्धि सङ्गठन ‘नाटोमा महत्वपूर्ण भूमिका खेल्नुपर्ने’ र ‘युक्रेनको भविष्य सुरक्षित गर्न’ अमेरिकासँग मिलेर काम गर्नुपर्ने बताएका छन् ।

सोमबार पेरिसमा हुने युरोपेली नेताहरूको अपेक्षित भेलाको पूर्वसन्ध्यामा उनले यस्तो टिप्पणी गरेका हुन् । यद्यपि, फ्रान्सले बैठकको पुष्टि गरेको छैन । नाम नबताउने शर्तमा एक बेलायती अधिकारीले एएफपीसँग भने, “यदि यो बैठक अघि बढ्यो भने स्टार्मर बैठकमा सहभागी हुनेछन् ।”

एक वक्तव्यमा बेलायतका प्रधानमन्त्री स्टार्मरले भने, “यो हाम्रो राष्ट्रिय सुरक्षाको लागि एक पुस्तामा एक पटक गर्नुपर्ने कार्य हो । हामी आज विश्वको वास्तविकता र रूसबाट सामना गरिरहेको खतरासामु छौँ ।

उनले भने, “युरोपले नाटोमा व्यापक भूमिका खेल्नुपर्छ यो स्पष्ट छ । हामीले युक्रेनको भविष्य सुरक्षित गर्न र रूसबाट सामना गर्ने खतराको सामना गर्न संयुक्त राज्य अमेरिकासँग मिलेर अघि बढ्नेछौँं ।” वासिङ्टनमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग पनि भेट्ने अपेक्षा गरिएका स्टार्मरले बेलायतले अमेरिका र युरोपलाई एकसाथ राख्नका लागि काम गर्ने बताए ।

उनले भने, “हामी नाटो गठबन्धनमा कुनै पनि विभाजनलाई हामीले सामना गरिरहेका बाह्य शत्रुहरूबाट विचलित हुन दिन सक्दैनौँ ।” अमेरिकी रक्षामन्त्री पिट हेगसेथले शुक्रबार युरोपले आफ्नो रक्षा खर्च बढाउनुपर्ने चेतावनी दिएपछि स्टार्मरको यो भनाइ आएको हो ।

युक्रेनमा रुसको युद्ध अन्त्यका लागि कुनै पनि वार्ताको टेबुलमा आउन युरोपेली नेताहरू कोसिस गरिरहेका बेला पनि यी कदमहरू आएका हुन् । ट्रम्पले यसै हप्तो चाँडै रूसी नेता भ्लादिमिर पुटिनलाई भेट्ने सम्भावना छ र द्वन्द्व अन्त्यको लागि वार्ता सुरु गर्न सकिन्छ भनी दिएको टिप्पणीले यथास्थितिलाई तरङ्गीत पारेको थियो । यूरोपमा अमेरिकी सहयोगीहरू युक्रेनमा कुनै पनि सम्झौतामा उनीहरूको हितलाई किनारा लगाउने चिन्ताबाट गुज्रिरहेका छन् ।

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की, नेटो प्रमुख मार्क रूट र अमेरिकी उपराष्ट्रपति जेडी भान्सलगायत वरिष्ठ युरोपेली अधिकारीहरू युरोप, युक्रेन र नाटोको भूमिकाका बिषयमा छलफलका लागि म्युनिखमा जुटेका छन् ।

रूटले पेरिसमा हुने प्रस्तावित बैठक ‘रक्षा खर्च र योजना’मा केन्द्रित हुने बताउँदै ‘जब युक्रेनबारे सम्झौता हुन्छ, युरोपले यसमा के योगदान गर्न सक्छ हामी पूर्ण स्पष्ट छौँ’ ।

फ्रान्सका राष्ट्रपति इम्यानुयल म्याक्रोँको कार्यालयका प्रवक्ताले एएफपीलाई ‘सम्भावित अनौपचारिक बैठक’बारे छलफल भइरहेको बताएका छन् ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

फागुन २१ को निर्वाचन निष्पक्ष र धाँधलीरहित गराउन राष्ट्रिय सभाका अध्यक्ष दाहालको आग्रह

काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले संसद्को मुख्य काम कानुन निर्माण, संसदीय निगरानी र सरकारका काम कारबाहीलाई जनताप्रति उत्तरदायी ब...

चीनद्वारा ‘क्वाइचोउ–११’ रकेटमार्फत व्यावसायिक प्रयोगात्मक अन्तरिक्ष यान प्रक्षेपण

जिउछ्वान । चीनले शनिबार उत्तर–पश्चिम चीनको जिउछ्वान उपग्रह प्रक्षेपण केन्द्र बाट ‘क्वाइचोउ–११’ रकेट प्रक्षेपण गरेको छ । यस रकेटमा एक प्रयोगात्मक अन्तर...

गोकर्णेश्वर नगरपालिकाका तत्कालीन प्रमुखविरुद्ध तीन करोड ६८ लाखको भ्रष्टाचार मुद्दा

काठमाडौं । गोकर्णेश्वर नगरपालिका नगर कार्यपालिकाको कार्यालय जोरपाटी, काठमाडौँका तत्कालीन नगर प्रमुख सन्तोष चालिसेविरुद्ध तीन करोड ६८ लाख ४७ हजार ७६१ र...

तनहुँमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु

तनहुँ । पृथ्वीराजमार्गमा पर्ने तनहुँको म्याग्दे गाउँपालिका–६ मौरीबासमा बस र स्कुटर ठोक्किँदा स्कुटर चालकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय त...

बर्लिन वार्ताअघि संवादका लागि तयार छु : जेलेन्स्की

काठमाडाैँ । युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुससँगको युद्ध अन्त्यका लागि बर्लिनमा हुन लागेको उच्चस्तरीय वार्तामा सहभागी हुन आफू पूर्ण रूपमा ...

पाँचथरमा हजुरबाको छुरा प्रहारले नातिकाे मृत्यु

पाँचथर । पाँचथरमा ८० वर्षीय हजुरबाले छुरा प्रहार गर्दा नातिको ज्यान गएको छ ।  पारिवारिक विवाद हुँदा फाल्गुनन्द गाउँपालिका –७ आङसराङका ८० वर्षीय वर्...

एमाले महाधिवेशनः निर्वाचन तालिका सार्वजनिक (तालिकासहित)

काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशन जारी रहँदा नयाँ नेतृत्व चयनका लागि निर्वाचन तालिका सार्वजनिक गरिएको छ । केन्द्रीय निर्वाचन आयोगले आइतबार साँझद...

यस्तो बन्ने छ केन्द्रीय कमिटीको संरचना (सूचीसहित)

काठमाडाैं । नेकपा (एमाले)ले ११औँ महाधिवेशनबाट बन्ने ३०१ सदस्यीय केन्द्रीय कमिटीको संरचना तय गरेको छ ।  जसमा एक अध्यक्ष, पाँच उपाध्यक्ष, एक महासचिव,...

खेतीयोग्य बारी बाँझिदै गएपछि बागलुङमा कोदो उत्पादन घट्यो

बागलुङ । खेतीयोग्य बारी बाँझिदै जान थालेपछि बागलुङमा हरेका वर्ष कोदो उत्पादन घट्दै गएको छ । किसानले कोदोखेती गर्न छोडेर जमिन बाँझो राख्न थालेपछि उत्पा...

सिड्नीको बोन्डी बिचमा गोली चल्दा १० जनाको मृत्यु

सिड्नी । सिड्नीको बोन्डी बिचमा आइतबार भएको गोलीकाण्डमा कम्तीमा १० जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।  सिड्नीको प्रहरीले एक अज्ञा...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending