Ntc summer Offer
Khabar Dabali ४ चैत्र २०८१ मंगलवार | 18th March, 2025 Tue
Investment bank

वडा अध्यक्षद्वारा कार्यकक्षमै कुटिए खाँदबारीका नगरप्रमुख थपलिया

खबरडबली संवाददाता

संखुवासभा । सङ्खुवासभाको खाँदबारी नगरपालिका प्रमुख महेश थपलिया कार्यकक्षमै कुटिएका छन् । प्रहरीका अनुसार  खाँदबारी नगरपालिका–९ का वडाध्यक्ष विमलराज गौतमले कार्यकक्षमै गएर प्रमुख थपलियालाई कुटपिट गरेका हुन् । 

आइतबार दिउँसो ४ बजे वडाध्यक्ष गौतमले प्रमुख थपलियाको कार्यकक्षमै गएर कुटपिट गरेकाे स्राेतकाे भनाइ छ । नगरप्रमुख थपलियाले गौतमले आफूलाई दुर्व्यवहार, गालीगलौज समान्य कुटपिट गरेकाे बताएका छन् । 

वडाध्यक्ष गौतमले मादक पदार्थ सेवन (मापसे) गरेको पाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । मापसे गरेर नगरपालिका प्रवेश गरेका वडाध्यक्षले अपशब्द प्रयोग गर्दै प्रमुख थपलियालाई कुटपिट गरेकाे प्रत्यक्षदर्शी कर्मचारी बताउँछन् । वडाध्यक्ष गौतमले कर्मचारीलाई पनि गालीगलौज गरेका थिए । 

थपलियाले आफूमाथि वडाध्यक्षले दुर्व्यवहार गरेको र केहीबेर कार्यकक्षमै थुनेर कुटपिट गरेकाे बताएकाे प्रहरीकाे भनाइ छ । थपलिया कुटपिटबाट समान्य घाइते भएका छन् । थपलियाले वडाध्यक्ष गौतमविरुद्ध प्रहरीमा उजुरी दिने तयारी गरेको बताएका छन् । 

प्रमुख थपलियाले वडाका विभिन्न योजनाको बजेट कटौती गरेको आरोप छ । वडाध्यक्ष गौतम नेकपा एमालेबाट निर्वाचित हुन् भने प्रमुख थपलिया नेपाली कांग्रेसबाट निर्वाचित हुन् । वडाध्यक्ष गौतम र वडासदस्य टिकाराम कुमाललाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

खाँदबारी नगरपालिका कार्यालय परिसरबाटै उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

स्थानीय तह र प्रदेशलाई अधिकार दिनुपर्छ : सभापति देउवा

ललितपुर । नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले जनताप्रति जिम्मेवार बनाउने गरी सङ्घीयता कार्यान्वयनमा ध्यान दिनुपर्ने बता...

होली खेलेर जम्मा भएको रकम शिक्षकलाई तलब

बैतडी । जिल्लाका विभिन्न विद्यालयले होली खेलेर संकलन गरेको रकम निजी स्रोतका शिक्षकको तलबमा खर्च गर्ने भएका छन् । निजी स्रोतका शिक्षकहरूको तलबको जोह...

चिसो स्थान फर्कन थाले आगन्तुक चरा

धनगढी । नेपाल आएका हिउँदे आगन्तुक जलपन्छी चिसो भएको ठाउँतिर फर्कन थालेका छन् । अत्यधिक चिसो छल्न नेपाल आइपुगेका विभिन्न प्रजातिका जलपन्छी फेरि चिसो भए...

खाेटाङ र भोजपुरमा आगलागीबाट १२ घर जले

काठमाडौं । भोजपुरको भोजपुर नगरपालिका-१२ मा भीषण आगलागी भएको छ । इनामे सामुदायिक वनबाट बस्तीमा फैलिएको आगोले ८ घर-पाली जलेर नष्ट भएको भोजपुर प्रहरीले ज...

अच्युत वाग्ले केयूको उपकुलपतिमा नियुक्त

काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू) को उपकुलपतिमा प्रा.  डा. अच्युत वाग्ले नियुक्त भएका छन् । प्रधानमन्त्री समेत रहेका केयूका कुलपति केपी शर्म...

सप्तरीमा आगलागीबाट १२ लाख बराबरको धनमाल नस्ट

सप्तरी । राजविराज नगरपालिका वडा नम्बर ६ स्थित खैरसाल टोलमा सोमबार आगलागी हुँदा लाखौँको धनमाल जलेर नस्ट भएको छ । आगलागीमा एक फर्निचर उद्योग, ३ वटा घ...

विपद् प्राधिकरणको सीईओमा भट्ट नियुक्त

काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यकारी निर्देशक (सीईओ) मा दिनेश भट्ट नियुक्त भएका छन् । सोमबार साँझ बसेको ...

नेपाल प्रहरीकाे ३१औं महानिरीक्षकमा दीपक थापा नियुक्त

काठमाडौं । नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी)मा दीपक थापा नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले थापालाई प्रहरीको ३१औं महानिरीक्षकमा नि...

बङ्गलादेशका नेता युनुसको चीनको भ्रमणको घोषणा

ढाका । बङ्गलादेशको सङ्क्रमणकालीन सरकारका प्रमुख नेता मोहम्मद युनुस यसै महिना कूटनीतिक सद्भावना भ्रमणका लागि बेइजिङ जाने भएका छन् । छिमेकी मुलुक भारतसँ...

जनस्वास्थ्य अभियानका क्रममा छ सयभन्दा बढी लाभान्वित

चितवन । जनस्वास्थ्य कार्यालय चितवनले सञ्चालन गरेको जनस्वास्थ्य अभियान तथा पोषण प्रवर्धन कार्यक्रममा छ सय ९३ जनाले सेवा लिएका छन् । कालिका नगरपालिका-१०...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Krishi Bikas Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy