Ntc summer Offer
Khabar Dabali १५ चैत्र २०८१ शुक्रबार | 28th March, 2025 Fri
Investment bank

राज्य आतंककाे पराकाष्ठाः किराँत चुम्लुङ हिमको कार्यालयमा मध्यराति प्रहरी

खबरडबली संवाददाता

काठमाडौं । आइतबार मध्यराति सुनसरीको धरानस्थित किराँत चुम्लुङ हिममा प्रहरी पुगेपछि पहिचानवादी आक्रोशित भएका छन् । उनीहरुले ‘राज्य आतंक’ फैलाइएको आरोपसमेत लगाएका छन् ।

राति करिब ११ बजे प्रहरी निरीक्षक दिवस कुँवरसहितको टोली किराँत याक्थुम चुम्लुङको कार्यालयको गेटबाट भित्र प्रवेश गरेका थिए । त्यतिबेला पहिचानवादी अभियन्ताहरु कार्यालयको कोठाभित्र थिए ।

प्रहरीले कोठाको ढोका खोल्न भने पनि उनीहरुले मानेनन् । उनीहरुले कोठाभित्रैबाट फेसबुक लाइभ गर्दै प्रहरीहरु आफूहरुलाई पक्राउ गर्न आएको भन्दै पत्रकार, अधिकारकर्मी र अभियन्ताहरुलाई कार्यालयमा आइदिन आह्वान गरेका थिए । केही समयपछि अधिकारकर्मी र पत्रकारहरु आएपछि प्रहरीहरु फर्किएका थिए ।

सोही दिन दिउँसो ताप्लेजुङको धार्मिक पर्यटकीय स्थल पाथीभरामा केबुलकार निर्माणको विरोध गर्दै आएको समूहले धरानमा एक जनालाई मोसो दलेको थियो ।

केबुलकारको पक्षमा बोलेको भन्दै विरोधमा रहेको समूहले आइतबार दिउँसो ताप्लेजुङबाट धरान आएका पदम चेन्जी माबोलाई दुर्व्यवहार गर्दै मोसो दलेको थियो । त्यसको नेतृत्व मुकुम्लुङ संरक्षण संघर्ष समितिले लिएको थियो । पीडितबाट उजुरी परेपछि मोसो दल्नेहरुमाथि प्रहरीले निगरानी र खोजी अघि बढाएको थियो ।

प्रहरी कार्यालय धरानका प्रवक्ता प्रहरी निरीक्षक दिनेश अधिकारीले भने, ‘पीडितबाट एक जनाको नामै किटेर उसहित १३ जना भनेर उजुरी परेको छ । त्यसैले आरोपीलाई खोज्ने क्रममा प्रहरी टोली त्यहाँ (किराँत चुम्लुङ हिमको कार्यालय) पुगेको थियो ।’ तर कसैलाई नियन्त्रणमा नलिएको उनले बताए ।

प्रहरी फर्किएपछि पहिचानवादी र मुकुम्लुङ संरक्षण संघर्ष समितिका अभियन्ताहरुले पत्रकारहरुलाई बोलाएका थिए । पत्रकारहरु उनीहरुको कोठाभित्र प्रवेश गरेपछि पहिचानवादी मोर्चाका केन्द्रीय सदस्य जेन्टल लावतीले संविधानले सम्पदास्थल संरक्षण गर्न पाउने हक सुरक्षित गरको र आफूहरुले त्यही कुरा उठाउँदा प्रहरीले दमन गर्न खोजेको आरोप लगाए ।

जनमुक्ति पार्टीको केन्द्रीय उपमहासचिव समेत रहेका विष्णु थामदेनले प्रहरी पक्राउ पुर्जीविना नियन्त्रणमा लिन आएको बताए । तर आफूहरुले कानुनी प्रक्रियामा प्रश्न उठाएपछि प्रहरी फर्किएको उनको भनाइ छ ।

प्रहरी फर्किए पनि अहिलेसम्म कार्यालयभित्रै नजरबन्दमा परेजसरी बसिरहेको उनले बताए । उनले भने, ‘प्रहरी प्रशासनले बाहिर ननिस्किन चेतावनी दिएको छ । हामी एकप्रकारले नजरबन्दमा परेजस्तो भएका छौं,’ उनले भने । उनका अनुसार कोठाभित्र ६ जना छन् र बाहिरबाट ताला लगाइएको छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

तीनकुनेमा गोली लागेर एक प्रदर्शनकारी घाइते

काठमाडौं ।  काठमाडौँको तीनकुनेमा प्रहरीले चलाएको गोली लागेर एक प्रदर्शनकारी घाइते भएका छन् । घाइते भएका व्यक्तिलाई अहिले तीनकुनेस्थित कान्तिपुर अस्...

आगजनी,तोडफोड र हतियार खोस्ने घटनामा पूर्व राजालाई जिम्मेवार

काठमाडौं । सरकारले आज काठमाडौंको तीनकुने क्षेत्रमा भएको निजी सम्पत्ति तोडफोड र सर्वसाधारणको घरमा आगजनी जस्ता अपराधिक घटनामा पूर्व राजा ज्ञानेन्द्र शाह...

प्रहरी प्रभागमा कोटेश्वरमा आगजनी प्रयास

काठमाडौं । राजावादी समूहको आन्दोलनकारीहरुले कोटेश्वरको प्रहरी प्रभागमा आगजनी  प्रयास भएको छ । दुर्गा प्रसाईंको उग्र समर्थकहरुले प्रहरी प्रभाग कोटेश...

विगतमा कमजोरी गर्दा राजतन्त्रले टाउको उठाउन खोज्योः प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विगतमा गरिएका कमजोरीकै कारण इतिहास बनिसकेको राजतन्त्रले टाउको उठाउन खोजेको बताएका ...

राजाबादीले खोसे सुरक्षाकर्मीको बन्दुक !

काठमाडौं । काठमाडौंको तीनकुनेमा प्रदर्शनकारीले सुरक्षाकर्मीले बोकेको अश्रुग्यास गन खोजेका छन्। राजावादीको प्रदर्शन उग्र बनेपछि प्रहरीले अश्रुग्यास ...

माओवादीको कार्यालय नजिक सरकारी गाडीमा आगजनी

काठमाडौं । काठमाडौंको पेरिसडाँडा (माओवादीको कार्यालय) नजिक सरकारी गाडीमा आगजनी भएको छ । राजावादी समर्थक प्रदर्शनकारीहरूले सरकारी गाडीमा आगजनी गरेका हु...

राजावादीले लगाएको तीनकुनेको आगो नियन्त्रणमा

 काठमाडौं। काठमाडौंको तीनकुनेमा लागेको आगो प्रहरीले नियन्त्रणमा लिएको छ । सशस्त्र प्रहरीको दमकलले आगो नियन्त्रणमा लिएको हो ।...

महिला र शिशुको कुपोषण कमीमा सहकार्यका लागि स्वास्थ्य मन्त्री पौडेलको प्रस्तावलाई साथ दिने अमेरिकी परोपकारी संस्थाको प्रतिबद्धता

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले नेपालमा गर्भवती महिला तथा नवजात शिशुमा देखिएको कुपोषणमा कमी ल्याउनका लागि एक अमेरिकी परोपकारी...

ग्लोबल आइएमई बैंक र आईएफसीबिच डिजिटल ट्रान्सफरमेशन तथा एम्बेडेड फाइनान्स एडभाइजरी साझेदारी

काठमाडौं ।   ग्लोबल आइएमई बैंक लिमिटेड र अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी)बिच डिजिटल वित्तीय सेवा तथा एम्बेडेड फाइनान्स मोडलहरु अगाडि बढाउन एड्भाइजर...

आन्दाेलनकारीकाे ढुंगा प्रहारबाट महिला सशस्त्र प्रहरीको टाउको फुट्यो, तीनकुनेमा तनाव

काठमाडौं । तीनकुनेमा एक महिला सशस्त्र प्रहरीको टाउको फुटेको छ । प्रदर्शनकारीले गरेको आक्रमणमा परेर ती सशस्त्र प्रहरी महिलाको टाउको फुटेको हो । राजा...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Krishi Bikas Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy