काठमाडौं । बागमती प्रदेशभित्रको सवारी साधनहरुको विद्युतीय अभिलेख सिर्जना (डिजिटाइजेशन) को शुभारम्भ भएको छ ।
आज यातायात व्यवस्था कार्यालय मोटरसाइकल, गुर्जुधारामा सम्पन्न एक कार्यक्रमबीच बागमती प्रदेशका श्रम, रोजगार तथा यातायात मन्त्री प्रेमभक्त महर्जनले डिजिटाइजेशनको शुभारम्भ गरेका हुन् । उक्त समारोहमा मन्त्री महर्जनसहित बागमती प्रदेश सभा सदस्य तथा पूर्व मन्त्री केशवप्रसाद पोखरेल, प्रदेश सभा सदस्य रघुनाथ महर्जन, प्रदेश यातायात मन्त्रालय सचिव बिरेन्द्रदेव भारती, विभिन्न यातायात व्यवस्था कार्यालयका प्रमुखहरुको उपस्थितिमा कार्यक्रमको शुभारम्भ गरिएको हो ।
डिजिटाइजेशनका लागि मन्त्रालयले १०० जना तथ्यांक प्रविष्ट गर्ने कर्मचारीको व्यवस्था गरिएको यातायात मन्त्री महर्जनले जानकारी दिए । महर्जनका अनुसार छिट्टै प्रदेश भित्रका सबै सवारी साधनको विद्युतीय अभिलेख राखिसक्ने र अनलाइनबाटै सवारी साधनको कर तिर्न सकिने र ब्लु बुक बोक्नु नपर्ने अवस्था निर्माण हुने बताए ।
कार्यक्रममा सम्बोधन गर्दै मन्त्री महर्जनले भने, “प्रविधिलाई जोड्न सकेमा सुशासन कायम गर्न सहज हुन्छ । त्यसैले यातायात मन्त्रालयले जनताका सेवासँग जोडिएको विषयलाई प्रविधिमा जोड्न लागिरहेको छ । आजको डिजिटाइजेशनले यातायात क्षेत्रमा काम राम्रो हुन नसकेको जनमानसमा भएको भावनालाई चिर्न सफल हुने विश्वास लिएका छौं । जसका लागि भिआरएसमार्फत डिजिटाइजेशन गर्नका लागि थुप्रै पटक कर्मचारी र डेभलपरसँग बसेर समस्या नआउने गरि कार्य गरेका छौं ।”
मन्त्री महर्जनले देशमा केही हुनै नसक्ने नकारात्मक भावनालाई रोजगारी र प्रविधिमार्फत हटाउन सकिने भाव व्यक्त गरेका छन । उनले बागमती प्रदेश भित्रको यातायात क्षेत्रमा लाइसेन्स नागरिक एपमार्फत डिजिटलाइज्ड भइसकेको तथा लाइसेन्स बोक्नु नपर्ने भइसकेको भनाइ राखे । मन्त्री महर्जनले अबको केही समयमा लिखित परीक्षा र सवारी साधन परिचय पत्रको ट्रायलका लागि मात्र यातायात व्यवस्था कार्यालय आउनु पर्ने र अन्य कार्यका लागि अनलाइनबाट गर्न सकिने वातावरण बन्न लागेको जानकारी दिए ।
कार्यक्रममा बागमती प्रदेशका सदस्य केशवप्रसाद पोखरेलले सवारी साधनको क्षेत्रमा डिजिटाइजेशनले महत्वपूर्ण अर्थ राख्ने बताए । उनले लामो समदेखी पेचिलो बनिरहेको डिजिटाइजेशन छिट्टै सम्पन्न हुने विश्वास व्यक्तसमेत गरेका छन् ।
बागमती प्रदेश सभा सदस्य रघुनाथ महर्जनले लामो प्रयासपश्चात् यातायातसम्बन्धी वास्तविक अधिकार प्रदेशमा आएको धारणा व्यक्त गरेका छन । उनले प्रदेशमा अधिकार आएसँगै यातायात क्षेत्रमा लाइसेन्स र ब्लु बुक डिजिटाइज हुने र परिचयपत्र जनताले पाउने वातावरण बनेको धारणा राखेका छन् ।
श्रम, रोजगार तथा यातायात मन्त्रालयका सचिव बिरेन्द्रदेव भारतीले डाटा इन्ट्रिकर्ताले जतिसक्दो छिटो तथ्यांक प्रविष्टि गर्न सकेमा त्यति धेरै आम्दानी गर्न सक्ने जानकारी दिदैँ उनले मन्त्रालयले तर्फबाट यातायात क्षेत्रमा परिवर्तनको आभास गर्न सक्ने गरी कार्य गरिरहेको भनाई व्यक्त गरेका छन् ।
कार्यक्रममा मन्त्रालयका प्रशासन प्रमुख खगेन्द्र पौडेलले यातायात क्षेत्रमा गरिएका विभिन्न प्रयासको विषयमा प्रस्तुतीकरण गरेक थिए भने सो अवसरमा मन्त्रालयले सवारी साधनको फाइल फिर्ता गर्नका लागि दिएको सूचना अनुसार सवारी धनी प्रशान्त चौधरीले कार्यक्रम स्थलमै यातायात व्यवस्था कार्यालय मोटरसाइकल, गुर्जधाराका प्रमुखलाई फाइल हस्तान्तरण गरेका थिए ।
मन्त्रालयले अधिकतम दुइ बर्षभित्र डिजिटाइजेशन सम्पन्न गर्ने लक्ष्य राखेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...


प्रतिकृया लेख्नुहोस्: