Ntc summer Offer
Khabar Dabali ९ चैत्र २०८१ शनिबार | 22nd March, 2025 Sat
Investment bank

फेरि बढ्यो अमेरिकी डलरको मूल्य, अन्य कसको कति ?

खबरडबली संवाददाता

काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलरको मूल्य पुनः उकालो लागेको छ ।  अमेरिकी डलर एकको खरिददर एक सय ३८ रूपैयाँ ७१ पैसा र बिक्रीदर एक सय ३९ रूपैयाँ ३१ पैसा, युरोपियन युरो एकको खरिददर एक सय ४५ रूपैयाँ ४० पैसा र बिक्रीदर एक सय ४६ रूपैयाँ तीन पैसा निर्धारण गरिएको छ । 

युके पाउन्ड स्ट्रलिङ एकको खरिददर एक सय ७४ रूपैयाँ ७५ पैसा र बिक्रीदर एक सय ७५ रूपैयाँ ५१ पैसा कायम गरिएको छ । स्विस फ्र्याङ्क एकको खरिददर एक सय ५३ रूपैयाँ ९९ पैसा र बिक्रीदर एक सय ५४ रूपैयाँ ६६ पैसा तय गरिएको छ । 

अष्ट्रेलियन डलर एकको खरिददर ८८ रूपैयाँ २३ पैसा र बिक्रीदर ८८ रूपैयाँ ६२ पैसा, क्यानेडियन डलर एकको खरिददर ९७ रूपैयाँ ७३ पैसा र बिक्रीदर ९८ रूपैयाँ १५ पैसा, सिङ्गापुर डलर एकको खरिददर एक सय तीन रूपैयाँ ४१ पैसा र बिक्रीदर एक सय तीन रूपैयाँ ८६ पैसा निर्धारण गरिएको केन्द्रीय बैंकले जनाएको छ ।

जापानी येन १० को खरिददर नौ रूपैयाँ १४ पैसा र बिक्रीदर नौ रूपैयाँ १८ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रूपैयाँ १० पैसा र बिक्रीदर १९ रूपैयाँ १८ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रूपैयाँ ९८ पैसा र बिक्रीदर ३७ रूपैयाँ १४ पैसा, कतारी रियाल एकको खरिददर ३८ रूपैयाँ पाँच पैसा र बिक्रीदर ३८ रूपैयाँ २२ पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रूपैयाँ १२ पैसा र बिक्रीदर चार रूपैयाँ १३ पैसा, युएई दिराम एकको खरिददर ३७ रूपैयाँ ७७ पैसा र बिक्रीदर ३७ रूपैयाँ ९३ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३१ रूपैयाँ २८ पैसा र बिक्री दर ३१ रूपैयाँ ४२  पैसा, साउथ कोरियन वन एक सयको खरिददर नौ रूपैयाँ ६१ पैसा र बिक्रीदर नौ रूपैयाँ ६५ पैसा, स्विडिस क्रोनर एकको खरिददर १२ रूपैयाँ ९६ पैसा र बिक्रीदर १३ रूपैयाँ एक पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रूपैयाँ ४९ पैसा र बिक्री दर १९ रूपैयाँ ५८ पैसा तोकिएको छ ।

राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १७ रूपैयाँ ८३ पैसा र बिक्रीदर १७ रूपैयाँ ९१ पैसा, कुवेती दिनार एकको खरिददर चार सय ४९ रूपैयाँ ४७ पैसा र बिक्रीदर चार सय ५१ रूपैयाँ ४१ पैसा, बहराइन दिनार एकको खरिददर तीन सय ६८ रूपैयाँ चार पैसा र बिक्रीदर तीन सय ६९ रूपैयाँ ६३ पैसा र ओमनी रियाल एकको खरिददर तीन सय ६० रूपैयाँ २८ पैसा र बिक्रीदर तीन सय ६१ रूपैयाँ ८३ पैसा निर्धारण भएको छ ।

यस्तै, भारतीय रूपैयाँ एक सयको खरिददर एक सय ६० रूपैयाँ र बिक्रीदर एक सय ६० रूपैयाँ १५ पैसा तोकिएको  छ । राष्ट्र बैंककले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको ‘वेबसाइट’मा उपलब्ध हुने उल्लेख छ । 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नाउपाको केन्द्रीय समिति बैठक बस्दै, अध्यक्ष श्रेष्ठ भन्छिन्- जनमतसँगको एकतामा केन्द्रित हुन्छौं

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीको केन्द्रीय समिति बैठक आज बस्दैछ। बानेश्वरस्थित एक होटेलमा बिहान ११ बजेदेखि शुरु हुने बैठक भोलिसम्म चल्नेछ।  बैठ...

नाउपा सांसद चौधरीसँग वार्ता- मधेसजस्तै ‘थरुहट प्रदेश’ हुनुपर्छ

सङ्घीयता कार्यान्वयनका लागि प्रदेश र स्थानीय निकायलाई अधिकारसम्पन्न बनाउनुपर्छ

ऊर्जामन्त्री खड्काले लोडसेडिङ हुने दाबी गर्दा कुलमान घिसिङले कसरी देखे नहुने आधार ?

काठमाडौं । ऊर्जामन्त्री दीपक खड्काले "देशमा अहिले पनि लोडशेडिङ कायम रहेको" बताएपछि नेपालका घरेलु उपभोक्ताले पनि पुन: विद्युत् कटौती अवस्था सामना गर्नु...

हिउँदे वर्षा नहुँदा डढेलोको जोखिम

गण्डकी । गण्डकी प्रदेशमा गत वर्ष चार सय ६७ स्थानमा डढेलो लागेको थियो । प्रदेश वन निर्देशनालयका अनुसार करिब आठ हजार दुई सय ७७ हेक्टर वन क्षेत्र डढेलोबा...

म्याग्दीमा ट्याक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु

म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिका– २, लुलाङको पाखापानी स्थित नकटेडाँडा नजिकै ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने चार जना घाइते...

दल फुटाउने सांसदको पदै जाने कानुनको मस्यौदा तयार

काठमाडौं । सांसदहरूले संख्या पुर्‍याएर दल विभाजन गर्न सक्ने तर त्यसो गरेमा उनीहरूको पद रिक्त हुने कानुनको मस्यौदा निर्वाचन आयोगले तयार पारेको छ । स्वत...

वनको खाली जग्गामा खेती गरेर आम्दानी गर्दै महिला

हेटौँडा । यहाँका सामुदायिक वनको खाली स्थानमा खेती गरेर महिलाले मनग्य आम्दानी गर्दै आएका छन् । मनहरी गाउँपालिकास्थित पशुपति, डिपाट र सुनाचुरी सामुदायिक...

प्रधानमन्त्री ओलीलाई किन भेट्न चाहँदैनन् प्रचण्ड ?

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग पटक–पटक...

तरकारी र फलफूल किन्न जाँदै हुनुहुन्छ ? यस्तो छ आजको मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थो...

आजको मौसम- यी स्थानमा हुँदैछ मेघगर्जनसहित हल्का वर्षा

काठमाडौँ । हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको पनि आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  कोशी र मधेस प्रदेशलगाय...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Krishi Bikas Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy