Khabar Dabali २९ चैत्र २०८२ आईतवार | 12th April, 2026 Sun

मैना सुनुवार हत्याको २१ वर्ष: न्याय माग्दै आमा देवीले लेखिन् राष्ट्रसंघलाई पत्र

खबरडबली संवाददाता

काठमाडौ‌ । सशस्त्र द्वन्द्वकालमा सुरक्षाकर्मीद्वारा हत्या गरिएकी मैना सुनुवारकी आमा देवीले न्याय माग्दै संयुक्त राष्ट्रसंघलाई पत्र लेखेकी छन् । राष्ट्रसंघको शान्ति स्थापनाको कार्यालयलाई लेखेको पत्रमा उनले नेपाली सेनालाई मैनाको हत्यामा जिम्मेवार बनाउन दबाब दिन आग्रह गरेकी छन् ।

सोमबार मैनाको हत्या भएको २१ वर्ष पुगेको छ । छोरीको स्मृति दिवसमा देवीले सोमबार शान्ति स्थापना मिसन सम्हालिरहेका राष्ट्रसंघका उपमहासचिव जीन–पिएर लेक्रोइक्सलाई पत्र लेखेकी हुन् । आफूले न्याय र जवाफदेहिताका लागि राष्ट्रसंघलाई आग्रह गरेको उनले लेखेको पत्रमा उल्लेख छ ।

२०६० फागुन ५ मा पाँचखालस्थित वीरेन्द्र शान्ति सैनिक तालिम केन्द्रका अधिकारीले १५ वर्षीया मैनालाई यातना दिएर हत्या गरेका थिए । मैनालाई तत्कालीन प्रमुख सेनानी बबी खत्रीको नेतृत्वमा खटेको सैन्य टोलीले घरबाटै पक्राउ गरी पाँचखाल तालिम केन्द्र लगेका थिए ।

मैना हत्यासम्बन्धी संयुक्त राष्ट्रसंघीय मानवअधिकारको प्रतिवेदनअनुसार खत्रीको आदेशमा सेनाको ७ जनाको टोलीले डेढ घण्टाको यातनापछि हतकडी र आँखामा पट्टी लगाएर एउटा कोठामा थुनेको थियो । थुनेकै बेलामा उनले बान्ता गर्दै मुखबाट सेतो फिँज निकालेकी थिइन् । यति गर्दा पनि उनको उपचारमा बेवास्ता गर्दा थुनेकै अवस्थामा मैनाको ज्यान गएको प्रतिवेदनमा उल्लेख छ ।

छोरीको हत्याविरुद्ध पटकपटक लड्दै आए पनि न्याय नपाएको भन्दै देवीले पत्रमा घटनाका दोषी अधिकारीलाई नेपाली सेनाले संरक्षण गरेका कारण यस्तो भएकाले सेनालाई जवाफदेही बनाउन राष्ट्रसंघको सहयोग चाहिएको उल्लेख गरेकी छन् । ‘मैले सुनेको छु कि नेपाली सेना अझै पाँचखाल तालिम केन्द्रलाई एसिया र प्रशान्त महासागर क्षेत्रको क्षेत्रीय तालिम केन्द्र बनाउन राष्ट्रसंघको साथ खोजिरहेको छ,’ उनले लेखेकी छन्, ‘म यसको विरोध गर्दै, छोरीको हत्यामा न्याय र सम्पूर्ण न्यायिक प्रक्रिया पूरा नभएसम्म पाँचखाललाई क्षेत्रीय तालिम केन्द्रका रूपमा स्थापना गर्न अनुमति नदिन अनुरोध गर्छु ।’

सेनाका केही अधिकारीले आफूलाई सम्पर्क गरी छोरीको सम्मानमा स्मारक स्थापना गरिदिने प्रस्ताव गरेको जानकारी पनि देवीले राष्ट्रसंघलाई गराएकी छन् । छोरीको सम्झनामा स्मारक निर्माण हुनुपर्छ भन्ने आफ्नो माग भए तापनि केही सर्त पूरा नभएसम्म त्यसलाई स्वीकार्न नसकिने उनले पत्रमा खुलाएकी छन् ।

मैनाको हत्यामा संलग्न भएको ठहर गर्दै खत्रीसहित सेनाका तीन अधिकारीलाई काभ्रे जिल्ला अदालतले २०७४ वैशाखमा जन्मकैदको फैसला गरेको थियो । न्यायाधीश मेदिनीप्रसाद पौड्यालले खत्री तथा सहसेनानीद्वय अमित पुन र सुनील अधिकारीलाई २० वर्ष कैद हुने सजाय सुनाएका थिए । खत्री लगायतलाई कोर्ट मार्सल गरी ६ महिना जेल सजाय भइसकेकाले उनलाई थप मुद्दा चलाई जेल हाल्नु दोहोरो खतराको सिद्धान्त लागू हुने भन्दै सेनाले जिल्ला अदालतको उक्त फैसला खारेज गरिपाऊँ भनी सर्वोच्चमा २०७४ भदौ २३ मा भ्याकेटको निवेदन (कुनै फैसला खारेज हुनुपर्ने दाबीसहित दायर गरिने निवेदन)दायर गरेको थियो ।

सर्वोच्चमा हाल विचाराधीन उक्त निवेदनका कारण जिल्ला अदालतको फैसला कार्यान्वयन हुन सकेको छैन । जिल्ला अदालतबाट दोषी करार भएका खत्रीसहितका तीन सैनिक अधिकारीलाई पक्राउ गरी फैसला कार्यान्वयन गर्नुपर्ने देवीको पहिलो सर्त छ ।

अन्तर्राष्ट्रिय मानवअधिकार कानुनअन्तर्गत नागरिकविरुद्धका अपराधलाई सैन्य अदालतको कारबाहीबाट सामसुम पार्न नमिल्ने हुनाले जिल्ला अदालतको फैसला पालना हुनैपर्ने देवीको तर्क छ । त्यसका लागि सेनाले भ्याकेटको निवेदन फिर्ता लिनुपर्ने उनको अर्को सर्त छ । यी दुई सर्त पूरा भए सेनाले छोरीको स्मारक निर्माण गर्न अघि सारेको प्रस्ताव स्वीकार गर्ने पनि उनले पत्रमा लेखेकी छन् ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सुनले झपक्कै मन्त्रिपरिषद् : सरकार चल्ला कि सुनकै तौलमा ढल्ला ?

काठमाडौं । बालेन्द्र शाह नेतृत्वको मन्त्रिपरिषद् अहिले नीतिले भन्दा पनि सुनले बढी चम्किएको देखिन्छ। आज सार्वजनिक गरिएको सम्पत्ति विवरण हेर्दा लाग्छ—यो...

लालीगुराँस संरक्षण अभियान सञ्चालन गर्दै जन्तेढुङ्गा

खोटाङ । जन्तेढुङ्गा गाउँपालिकाले नेपालको राष्ट्रिय फूल लालीगुराँसको संरक्षण गर्ने उद्देश्यले ‘लालीगुराँस संरक्षण अभियान’ सञ्चालन गरेको छ । स्थानीय बास...

परराष्ट्रमन्त्री खनालको सम्पत्तिः २२ तोला सुन

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालको सम्पत्ति विवरण सार्वजनिक भएको छ । उक्त विवरण अनुसार मन्त्री खनालसँग विभिन्न कम्पनीमा लगानीदेखि सुनसम्म रहेको ...

तीन वटा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, चार घाइते

झापा। झापाको बुद्धशान्ति गाउँपालिका–३ स्थित मेची राजमार्ग सडकखण्डमा तीन वटा मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका ...

बालेनको खातामा १ करोड ४६ लाख, सम्पत्तिको स्रोत– ‘फेसबुक, युट्युब र टिकटक’

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ को खातामा १ करोड ४६ लाख रुपैयाँ रहेको पाइएको छ । आज सार्वजनिक भएको प्रधानमन्त्री बालेनको सम्पत्ति विवरण...

सुक्खा तरकारीका लागि पनि आयातकै भर

काठमाडौं। नेपालमा अधिकांश दैनिक उपभोग्य वस्तुका लागि आयातमै निर्भर हुनुपर्ने अवस्था त सुनेकै छौँ, तर सुकुटी अर्थात् सुक्खा तरकारीको अवस्था पनि त्यस्तै...

चीनद्वारा भारतीय भूभागको नाम परिवर्तन प्रयासप्रति भारतको कडा आपत्ति

काठमाडौं । चीनले भारतीय भूभागभित्र पर्ने स्थानहरूको नाम परिवर्तन गर्ने प्रयास गरेको भन्दै भारतले कडा आपत्ति जनाएको छ। भारतीय विदेश मन्त्रालयले सामाजिक...

भारतीय नम्बरप्लेटका सवारी प्रतिबन्धप्रति सर्लाहीमा सर्वदलीय विरोध, आन्दोलनको चेतावनी

सर्लाही । भारतीय नम्बर प्लेटका सवारी साधन सञ्चालनमा लगाइएको प्रतिबन्धको निर्णयविरुद्ध सर्लाहीमा राजनीतिक दलहरूले एकजुट भएर विरोध जनाएका छन्। जिल्लामा ...

मकवानपुरमा ठूलो परिमाणमा मदिरा र कच्चा पदार्थ बरामद

हेटौँडा। मकवानपुर जिल्लामा अवैध रूपमा घरेलु मदिरा उत्पादन भइरहेको सूचनाका आधारमा प्रहरीले छापा मारेर ठूलो परिमाणमा मदिरा र कच्चा पदार्थ बरामद गरेको छ।...

ओलीको स्वास्थ्य ‘गडबडी’ नभए सोमबार अप्रेसन

काठमाडौँ । नेकपा एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य गडबडी नभए सोमबार पित्तथैलीको शल्यक्रिया गर्ने तयारी भएको छ । अस्पतालक...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending