काठमाडौं। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले अराजक गतिविधि गरिरहेको आरोप लगाएका छन् । प्रतिनिधिसभाको मंगलबार बसेको बैठकमा मन्त्री खड्काले घिसिङ आफूखुसी ढंगले अघि बढ्न खोजको बताएका हुन्।
मन्त्री खड्काले सञ्चालक समितिले गरेको निर्णय कार्यान्वयन नगरेर घिसिङ आफूखुसी ढंगले अघि बढ्न खोजको बताए। उनले भने, ‘घिसिङले सरकारलाई टेरेका छैनन्। उनको अराजक गतिविधिलाई सरकारले हेरेर बस्दैन र लगाम लगाउँछ।’
राम्रो कामलाई पुरस्कार दिने भन्दै मन्त्री खड्काले सरकारका एउटा कर्मचारीको पक्षमा एक भएर बोल्नुपर्ने कुनै कारण नरहेको जिकिर गरे। मन्त्री खड्काले पटकपटक बोर्ड बैठक बोलाउँदा उपस्थित नभए पनि सदस्य परिवर्तन गर्नुपरेको स्पष्ट पारे।
कुलमानका कारण लोडसेडिङ हटेको भन्दै भ्रम फैलाइएको दाबी मन्त्री खड्काको छ। तत्कालीन अवस्थामा ४२५ मेगावाट विद्युत् भारतबाट ल्याउँदा लोडसेडिङ हटेको उनको भनाइ छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र १० गते, २०८१ - १६:१४
काठमाडौं । संयुक्त राज्य अमेरिकाको एक राज्य न्यु मेक्सिकोमा राति गोली चल्दा तीन जनाको मृत्यु भएको छ भने अन्य १५ जना घाइते भएका छन्। लास क्रुसेस प्...
चैत्र १० गते, २०८१ - १६:०९
काठमाडौं। गत हप्ता निरन्तर ओरालो लागेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक यो साता कारोबारको पहिलो दिन उच्च अंकले घटेको छ। आज नेप्से परिसूचक ५४ दशम...
चैत्र १० गते, २०८१ - १६:०६
काठमाडौं। नेपाल ग्रामीण चलचित्र महोत्सव (NERUFF) को चौंथो संस्करण आउँदो वैशाख ४ गते देखि ६ गते सम्म हुने भएको छ । यस पटकको महोत्सव गोसाईकुण्ड गाउँ पा...
चैत्र १० गते, २०८१ - १६:०५
काठमाडौं । चौथो क्वालिटी इन्टरटेनमेन्ट अवार्ड २०८१ को यस पटक थाइल्यान्डमा हुने भएको छ । यो अवार्ड गत वर्ष मलेशियामा आयोजना गरिएको थियो । यसैबिच आयोजक ...
चैत्र १० गते, २०८१ - १६:०३
काठमाडौं । नेपाल मोंटेसरी ट्रेनिङ सेन्टर (NMTC) ले २५औं वार्षिकोत्सव तथा वार्षिक सम्मेलन भव्य रूपमा प्रिमियर इन्टरनेशनल IB कन्टिन्युम स्कूल मा सम्पन्...
चैत्र १० गते, २०८१ - १५:५८
धनगढी । कैलालीस्थित नवजीवन सहकारी संस्था लिमिटेडले आफ्नै ब्राण्डमा चामल उत्पादन शुरु गरेको छ । सहकारीलाई किसानसँग जोड्न र शेयर सदस्यहरुको गुणस्तरिय चा...
चैत्र १० गते, २०८१ - १४:३९
विराटनगर । प्रेस चौतारी नेपालको केन्द्रीय महाधिवेशन आजबाट विराटनगरमा सुरु भएको छ । ‘समृद्धिका लागि सञ्चार प्रेस चौतारीको आधार’ भन्ने मूल नाराका साथ स...
चैत्र १० गते, २०८१ - १४:०८
काठमाडौं । नेकपा एमालेबाट निष्कासित पूर्वउपाध्यक्ष भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओलीको मौनतामा सरकारका मन्त्रीले मनपरी गरिरहेको आरोप लगाएका छन्।...
चैत्र १० गते, २०८१ - १३:२९
काठमाडौं । राजस्थानको झालावाड जिल्लाको बकानी शहरबाट शुक्रबार एउटा हृदयविदारक घटना बाहिर आएको छ । यहाँ एक विवाहित महिलाले आफ्नो श्रीमानको जिब्रो टोकेर ...
चैत्र १० गते, २०८१ - १३:२४
गोरखा । गोरखाको आरुघाट गाउँपालिका– ६ स्थित कल्लेरीका २७ वर्षीय हरि विकको करेन्ट लागेर मृत्यु भएको छ । आइतबार बिहान फाइबरको तार तान्ने क्रममा पोलमा...
प्रतिकृया लेख्नुहोस्: