काभ्रेपालञ्चोक । नेपाल प्रहरीको काभ्रेपालञ्चोकस्थित जग्गा किर्ते गरी आफ्नो नाममा ल्याउने एकजनालाई सजाय सुनाइएको छ । सोमबार जिल्ला न्यायाधीश शिवकुमार पोखरेलको इजलासले यस मुद्दामा सजाय सुनाएको हो ।
जिल्ला अदालत काभ्रेका स्रेस्तेदार कर्णबहादुर राईका अनुसार प्रतिवादी पुष्करबहादुर बस्नेतलाई कैद र सजाय सुनाइएको छ । राष्ट्रिय प्रहरी प्रतिष्ठानको ३६ रोपनी जग्गा किर्ते गरी व्यक्तिका नाममा गरेको भन्दै बस्नेतलाई दुई वर्ष कैद र जरिवाना हुने सजाय सुनाइएको हो ।
यस मुद्दामा न्यायाधीश पोखरेलको इजलासले गत १८ माघमै कसूर कायमको फैसला गरेको थियो भने सजाय सोमबार निर्धारण भएको हो । यो मुद्दा गत वर्ष १७ मंसिरमा दायर भएको थियो । ६४ वर्षीय बस्नेतलाई किर्ते अभियोगमा गत वर्ष मंसिर पहिलो साता प्रहरीले पक्राउ गरेको थियो । पुर्पक्षका लागि थुनामै रहिरहेका बस्नेत उपर आवश्यक अनुसन्धान गरी मुद्दा दायर भएको थियो ।
प्रतिवादी बस्नेतले काभ्रेको पनौती नगरपालिका– ६ मा निर्माणाधीन प्रहरी प्रशिक्षण प्रतिष्ठानको जग्गा हिनामिनाको प्रयास गरेका थिए । सरकारले भोगचलनका लागि भनी वन क्षेत्रमा पर्ने उक्त जग्गा १५ साउन ०५२ सालको मन्त्रिपरिषद्को निर्णयले प्रहरीलाई दिएकोमा बस्नेतले आफ्नो भनी दाबी गरेका थिए । उनले जग्गा दाबी गर्दै सर्वोच्च अदालतमा मुद्दा दायर गरेका थिए जुन खारेज भइसकेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र ११ गते, २०८१ - १७:५६
साउदी । वासिङ्टन र किएभका प्रतिनिधिहरूबिच छलफल भएको एक दिनपछि अमेरिकी र रुसी अधिकारीहरूले युक्रेन युद्धमा आंशिक युद्धविराम गर्ने विषयमा सोमबार साउदी अ...
चैत्र ११ गते, २०८१ - १७:४९
जेनेभा । संयुक्त राष्ट्रसङ्घले बङ्गलादेशमा रहेका करिब १५ लाख रोहिङ्ग्या शरणार्थी र उनीहरूका लागि जीवनरक्षक सहायता उपलब्ध गराउन संयुक्त राष्ट्रसङ्घ र स...
चैत्र ११ गते, २०८१ - १७:४६
काठमाडौं । अष्ट्रेलियाको राजधानी क्यानबेरामा आयोजित ‘नेपाल महोत्सव-२०२५’ सफलताका साथ सम्पन्न भएको छ । नेपाली कला संस्कृति, नेपाली पहिरन, खानाको प...
चैत्र ११ गते, २०८१ - १७:४१
मोरङ । बेलबारी प्राज्ञ प्रतिष्ठानको आयोजनामा मोरङको बेलबारीमा अन्तर्राष्ट्रिय नाट्य महोत्सवमा स्थानीय विद्यार्थीको उल्लेख्य उपस्थिति रहेको छ । विद्याल...
चैत्र ११ गते, २०८१ - १७:३७
बेइजिङ । फ्रान्सका विदेशमन्त्रीको आसन्न भ्रमणले ‘अशान्ति र रूपान्तरण’को सामना गरिरहेको विश्वमा दुई देशबिच सहयोग प्रगाढ हुने आशा चीनले सोमबार व्यक्त गर...
चैत्र ११ गते, २०८१ - १७:३२
काठमाडौं । प्रमुख तीन दलका शीर्ष नेताको बैठक सुरू भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको आब्हानमा ३ दलका शीर्ष नेताको बैठक सुरू भएको हो । समसमायि...
चैत्र १० गते, २०८१ - २०:५४
बेइजिङ । चीनका उच्च नेताले आइतबार बेइजिङमा आयोजित व्यापारिक अधिकारीहरूको एक भेलालाई सम्बोधन गर्दै ‘विखण्डन’ का बावजुद चीनले ‘आर्थिक विश्वव्यापीकरण’लाई...
चैत्र १० गते, २०८१ - २०:३८
काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं शिक्षा विभाग प्रमुख नैनसिंह महरले विश्व विद्यालयको प्राज्ञिक स्वायत्तताबाट मात्रै उच्च शिक्षा उन्नयनक...
चैत्र १० गते, २०८१ - २०:२३
विराटनगर । नेकपा एमालेका केन्द्रीय महासचिव शंकर पोखरेलले सत्यको विश्लेषण नगरी भ्रमका पछि दौडन नहुने बताएका छन् । आइतबार प्रेस चौतारी नेपालको १० औँ ...
चैत्र १० गते, २०८१ - २०:१६
काठमाडौं । पोप फ्रान्सिसलाई ३८ दिनसम्म दुवै फोक्सोमा निमोनियासँग लड्दै आइतवार अस्पतालबाट डिस्चार्ज गरिने भएको छ । यो जानकारी उनका चिकित्सकहरुले दिए...
प्रतिकृया लेख्नुहोस्: