काभ्रेपालञ्चोक । नेपाल प्रहरीको काभ्रेपालञ्चोकस्थित जग्गा किर्ते गरी आफ्नो नाममा ल्याउने एकजनालाई सजाय सुनाइएको छ । सोमबार जिल्ला न्यायाधीश शिवकुमार पोखरेलको इजलासले यस मुद्दामा सजाय सुनाएको हो ।
जिल्ला अदालत काभ्रेका स्रेस्तेदार कर्णबहादुर राईका अनुसार प्रतिवादी पुष्करबहादुर बस्नेतलाई कैद र सजाय सुनाइएको छ । राष्ट्रिय प्रहरी प्रतिष्ठानको ३६ रोपनी जग्गा किर्ते गरी व्यक्तिका नाममा गरेको भन्दै बस्नेतलाई दुई वर्ष कैद र जरिवाना हुने सजाय सुनाइएको हो ।
यस मुद्दामा न्यायाधीश पोखरेलको इजलासले गत १८ माघमै कसूर कायमको फैसला गरेको थियो भने सजाय सोमबार निर्धारण भएको हो । यो मुद्दा गत वर्ष १७ मंसिरमा दायर भएको थियो । ६४ वर्षीय बस्नेतलाई किर्ते अभियोगमा गत वर्ष मंसिर पहिलो साता प्रहरीले पक्राउ गरेको थियो । पुर्पक्षका लागि थुनामै रहिरहेका बस्नेत उपर आवश्यक अनुसन्धान गरी मुद्दा दायर भएको थियो ।
प्रतिवादी बस्नेतले काभ्रेको पनौती नगरपालिका– ६ मा निर्माणाधीन प्रहरी प्रशिक्षण प्रतिष्ठानको जग्गा हिनामिनाको प्रयास गरेका थिए । सरकारले भोगचलनका लागि भनी वन क्षेत्रमा पर्ने उक्त जग्गा १५ साउन ०५२ सालको मन्त्रिपरिषद्को निर्णयले प्रहरीलाई दिएकोमा बस्नेतले आफ्नो भनी दाबी गरेका थिए । उनले जग्गा दाबी गर्दै सर्वोच्च अदालतमा मुद्दा दायर गरेका थिए जुन खारेज भइसकेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २३ गते, २०८२ - २०:०२
बेइजिङ । चीनको कुल विदेशी व्यापार पहिलो ११ महिनामा वर्षभरको तुलनामा ३.६ प्रतिशतले बढेको आधिकारिक तथ्याङ्कले सोमबार जनाएको छ । चिनियाँ भन्सार प्रशा...
मंसिर २३ गते, २०८२ - १९:५९
रुपन्देही । लुम्बिनी प्रदेशमा करिब १२ हजार सात सय ३२ छाडा चौपाया रहेको तथ्याङ्क सार्वजनिक भएको छ । प्रदेश सरकार कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रा...
मंसिर २३ गते, २०८२ - १९:४८
कैलाली । कैलालीमा वन पैदावार बिक्री वितरणमा रोक लगाइएपछि एक लाख क्युफिट भन्दा बढी परिमाणमा काठ घाटगद्दीमै थन्किएका छन् । सुदूरपश्चिम प्रदेश सरकारले...
मंसिर २३ गते, २०८२ - १९:४५
म्याग्दी । नेपाली कम्युनिष्ट पार्टीका नेता लीलामणि पोखरेलले राजनीतिक निकासका लागि आगामी फागुन २१ गते घोषणा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको विकल्प न...
मंसिर २३ गते, २०८२ - १९:४१
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले पुस ५ गतेसम्म केन्द्रदेखि प्रदेश र जिल्लासम्म सबै तहमा पार्टी एकता प्रक्रिया सम्पन्न गर्ने जनाएको छ । ...
मंसिर २३ गते, २०८२ - १८:५७
बेल्जियम । युरोपेली सङ्घ (ईयू) ले सोमबार आप्रवासन नीति कडा पार्ने महत्वपूर्ण कदम अनुमोदन गर्ने तयारी गरेको छ । यसअन्तर्गत ईयू बाहिर ‘फिर्ता केन्द्र’ ख...
मंसिर २३ गते, २०८२ - १८:५३
भियतनाम । भियतनामको नागरिक उड्डयन प्राधिकरण अनुसार, सन् २०२५ मा देशभरका विमान सेवाबाट करिब ८४ लाख यात्रु आवागमन हुने अनुमान गरिएको छ । जुन अघिल्लो वर्...
मंसिर २३ गते, २०८२ - १८:४९
पर्सा । विभिन्न कालखण्डमा मधेस प्रदेशमा अतिक्रमणमा परेको वन क्षेत्र सङ्घीयतापछि पनि फिर्ता ल्याउन सकस भएको छ । विसं २०७२ मा नयाँ संविधानसँगै सङ्घीयता ...
मंसिर २३ गते, २०८२ - १८:४५
काठमाडौं । आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिक प्रणालीमा भाग लिन सोमबारसम्म ६७ दलले निवेदन दिएका छन् । आयोगकी सहायक प्रव...
मंसिर २३ गते, २०८२ - १८:०५
काठमाडाैँ । संयुक्त राष्ट्र सङ्घले सन् २०२६ का लागि मानवतावादी सहयोग जुटाउन वैश्विक आह्वान गर्दै विश्व समुदाय पीडित मानिसप्रति पर्याप्त संवेदनशील नदेख...




प्रतिकृया लेख्नुहोस्: