प्रिय प्रधानमन्त्री केपी शर्मा ओलीज्यू।
म कलाकार निता ढुंगानाको तर्फबाट नमस्कार।
केही समय यता फोटो खिच्ने र फोटो खिचाउने काम बाहेक देशको उन्नति प्रगति र देशमा के भइरहेको छ ? हामीले हजुरको आफ्नो प्रोफाइलबाट केही देख्न पाएका छैनौँ।
कुनै समय हाम्रो देशको प्रधानमन्त्री केपी शर्मा ओली ज्यू जस्तै हुनुपर्छ भनेर ठाटले भन्ने म कलाकार आज भ्रममा छु। मलाई पनि हजुरसँग वार्तालाप गर्न मन छ भेट्न मन छ । फोटो खिचाउन मन छ । तर सँगसँगै धेरै प्रश्नहरु पनि छन् । जुन मनमा गडिएर बसि रहेका छन् ।
म मात्र होइन जसले तपाईँलाई राम्रो सोच्ने तपाईंका प्रिय जनताहरु छन् उनीहरूको मनमा पनि धेरै प्रश्न गडिएर बसेका होलान् । खै त्यो जोश ? खै त्यो जाँगर ? खै देशप्रति केही गर्छु भन्ने भावना ? खोइ त्यो दृडता ? आज देखिएको छैन ।
प्रधानमन्त्री ज्यू, राजनीति के हो ? राजनीतिका कुरा राजनीतिको नीति हामी जान्दैनौ । प्रधानमन्त्रीज्यू, हामीले जान्ने भनेको हाम्रो देशको हितको लागि नेपाली जनताको लागि तपाईँले बोलेका शब्दहरूमा विश्वास गर्ने हो । तपाईंले देखाएका सपनाहरूमा हामीले आफ्नो सपना देख्ने हो । तर विश्वास विश्वासमा मात्र सिमित रह्यो, सपना सपनामा मात्र सीमित रह्यो दुःख लाग्छ हामीलाई ।
प्रधानमन्त्री ज्यु, भर्खरै मात्र भारतको एउटा विश्वविद्यालयमा एउटा नेपाली चेलीलाई हामीले गुमाउनु पर्यो । धेरै नेपाली विद्यार्थीहरूलाई त्यहाँबाट कुटपिट गरेर निकालिएको छ । उक्त विश्वविद्धालय व्यवस्थापन समिति कि अध्यक्षले नेपाली विध्यार्थीको न्यायको मागको अपहेलना गर्दै प्रतिकार गर्ने क्रममा यस विश्वविधालयको बजेट जति तिमिहरुको देश नेपालको राष्ट्रिय वजेट पनि छैन, भनेर नेपालको बेईज्जत गरेकि रहिछन् अन्तर्राष्ट्रिय मञ्चमा कहिले सम्म यस्तै बेईजत हामिले खेपिरहनु पर्ने हो ? लगभग यो आरोप यथार्थ पनि हो । नेपालको यो हालत कस्ले बनायो ? बिगत केही वर्ष देखि नेपालको शासक तपाईहरू काङ्ग्रेस एमाले, माओवादी अब यो बेईज्जतको जिम्मेवारी तपाईहरूले लिनुपर्ने कि नपर्ने ?
बिन्ती छ नेपालको इज्जत जोगाइदिनुस्। बिन्ती छ नेपाली जनताको भावना बुझिदिनुस्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २९ गते, २०८२ - १९:४९
झापा। झापाको बुद्धशान्ति गाउँपालिका–३ स्थित मेची राजमार्ग सडकखण्डमा तीन वटा मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका ...
चैत्र २९ गते, २०८२ - १९:४५
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ को खातामा १ करोड ४६ लाख रुपैयाँ रहेको पाइएको छ । आज सार्वजनिक भएको प्रधानमन्त्री बालेनको सम्पत्ति विवरण...
चैत्र २९ गते, २०८२ - १९:४२
काठमाडौं। नेपालमा अधिकांश दैनिक उपभोग्य वस्तुका लागि आयातमै निर्भर हुनुपर्ने अवस्था त सुनेकै छौँ, तर सुकुटी अर्थात् सुक्खा तरकारीको अवस्था पनि त्यस्तै...
चैत्र २९ गते, २०८२ - १९:३९
काठमाडौं । चीनले भारतीय भूभागभित्र पर्ने स्थानहरूको नाम परिवर्तन गर्ने प्रयास गरेको भन्दै भारतले कडा आपत्ति जनाएको छ। भारतीय विदेश मन्त्रालयले सामाजिक...
चैत्र २९ गते, २०८२ - १९:३४
सर्लाही । भारतीय नम्बर प्लेटका सवारी साधन सञ्चालनमा लगाइएको प्रतिबन्धको निर्णयविरुद्ध सर्लाहीमा राजनीतिक दलहरूले एकजुट भएर विरोध जनाएका छन्। जिल्लामा ...
चैत्र २९ गते, २०८२ - १९:३१
हेटौँडा। मकवानपुर जिल्लामा अवैध रूपमा घरेलु मदिरा उत्पादन भइरहेको सूचनाका आधारमा प्रहरीले छापा मारेर ठूलो परिमाणमा मदिरा र कच्चा पदार्थ बरामद गरेको छ।...
चैत्र २९ गते, २०८२ - १९:२९
काठमाडौँ । नेकपा एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य गडबडी नभए सोमबार पित्तथैलीको शल्यक्रिया गर्ने तयारी भएको छ । अस्पतालक...
चैत्र २९ गते, २०८२ - १९:२८
काठमाडौं । रौतहटको देवाही गोनाही नगरपालिका नगर प्रमुख प्रेमलाल साह कानु आम जनता पार्टीमा प्रवेश गरेका छन् । गत निर्वाचनमा उनी नेकपा एमालेबाट उम्मेदवार...
चैत्र २८ गते, २०८२ - २१:५३
भोजपुर । सदरमुकामबाट कोटडाँडा हुँदै पिखुवा खोला किनारको बेहेरे दोभानसम्म झर्ने नागबेली आकारको सडक यतिबेला आन्तरिक पर्यटकको रोजाइमा पर्दै गएको छ । हरिय...
चैत्र २८ गते, २०८२ - २१:४५
नुवाकोट । आज यहाँको बेलकोटगढी नगरपालिका–९ नलगाउँमा रुख काट्ने क्रममा एक जनाको मृत्यु भएको छ । आफैँले काटेको रुखले लागेर सोही स्थानका ३५ वर्षीय प्रेम त...


प्रतिकृया लेख्नुहोस्: