काठमाडौं । ओडिशाको भुवनेश्वरमा रहेको कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (किट) को होस्टेलमा प्रकृति लम्सालको मृत्यु भएको घटनामा अहिलेसम्म ६ जनालाई पक्राउ गरिएको छ।
मंगलबार विश्वविद्यालयका एकजना भारतीय विद्यार्थी, तीन निर्देशक र दुई सुरक्षा गार्डलाई पक्राउ गरिएको दैनिक भास्करमा उल्लेख छ।
यस विषयमा अनुसन्धान गर्न ओडिशा सरकारले मंगलबार गृह विभागका अतिरिक्त मुख्य सचिव, महिला तथा बाल विकास विभागका प्रमुख सचिव र उच्च शिक्षा विभागका आयुक्त सह-सचिव सम्मिलित एक उच्चस्तरीय तथ्य खोजी समिति गठन गरेको जनाइएको छ।
फेब्रुअरी १६ को साँझ बीटेक तेस्रो वर्षकी विद्यार्थी प्रकृति लम्सालको शव कलेजको होस्टेलमा फेला परेको थियो। उनले आत्महत्या गरेको भनिएको थियो। विद्यार्थीको मृत्युलाई लिएर कलेजका नेपाली विद्यार्थीहरूले विश्वविद्यालय प्रशासनविरुद्ध विरोध प्रदर्शन गरेका थिए।
विद्यार्थीहरूले प्रकृतिसँगैको ब्याचका एक भारतीय विद्यार्थीले उनलाई दुर्व्यवहार गरिरहेको आरोप लगाएका छन्। उजुरीपछि पनि विश्वविद्यालयले अभियुक्तहरू विरुद्ध कारबाही नगरेको विद्यार्थीहरूको भनाइ छ। विद्यार्थीहरूले विश्वविद्यालयले यो विषयलाई दबाउन खोजेको पनि आरोप लगाएका छन्।
मृतक विद्यार्थीको काकाको छोराको उजुरीको आधारमा प्रहरीले आरोपी भारतीय विद्यार्थीलाई पक्राउ गरेको छ। उनीविरुद्ध आत्महत्या गर्न दुरुत्साहन गरेको अभियोगमा मुद्दा दर्ता गरिएको थियो।
भारतीय सरकारले गठन गरेको समितिको प्रतिवेदन अनुसार कानुनी र प्रशासनिक कारबाही गरिने भनिएको छ। विद्यार्थीविरुद्ध भएको बल प्रयोग र दुर्व्यवहारका रिपोर्टहरूको अनुसन्धान भइरहेको जनाइएको छ। घटनाका जिम्मेवार व्यक्तिहरू विरुद्ध कानुनी कारबाही गरिने जनाइएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २९ गते, २०८२ - १९:४९
झापा। झापाको बुद्धशान्ति गाउँपालिका–३ स्थित मेची राजमार्ग सडकखण्डमा तीन वटा मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका ...
चैत्र २९ गते, २०८२ - १९:४५
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ को खातामा १ करोड ४६ लाख रुपैयाँ रहेको पाइएको छ । आज सार्वजनिक भएको प्रधानमन्त्री बालेनको सम्पत्ति विवरण...
चैत्र २९ गते, २०८२ - १९:४२
काठमाडौं। नेपालमा अधिकांश दैनिक उपभोग्य वस्तुका लागि आयातमै निर्भर हुनुपर्ने अवस्था त सुनेकै छौँ, तर सुकुटी अर्थात् सुक्खा तरकारीको अवस्था पनि त्यस्तै...
चैत्र २९ गते, २०८२ - १९:३९
काठमाडौं । चीनले भारतीय भूभागभित्र पर्ने स्थानहरूको नाम परिवर्तन गर्ने प्रयास गरेको भन्दै भारतले कडा आपत्ति जनाएको छ। भारतीय विदेश मन्त्रालयले सामाजिक...
चैत्र २९ गते, २०८२ - १९:३४
सर्लाही । भारतीय नम्बर प्लेटका सवारी साधन सञ्चालनमा लगाइएको प्रतिबन्धको निर्णयविरुद्ध सर्लाहीमा राजनीतिक दलहरूले एकजुट भएर विरोध जनाएका छन्। जिल्लामा ...
चैत्र २९ गते, २०८२ - १९:३१
हेटौँडा। मकवानपुर जिल्लामा अवैध रूपमा घरेलु मदिरा उत्पादन भइरहेको सूचनाका आधारमा प्रहरीले छापा मारेर ठूलो परिमाणमा मदिरा र कच्चा पदार्थ बरामद गरेको छ।...
चैत्र २९ गते, २०८२ - १९:२९
काठमाडौँ । नेकपा एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य गडबडी नभए सोमबार पित्तथैलीको शल्यक्रिया गर्ने तयारी भएको छ । अस्पतालक...
चैत्र २९ गते, २०८२ - १९:२८
काठमाडौं । रौतहटको देवाही गोनाही नगरपालिका नगर प्रमुख प्रेमलाल साह कानु आम जनता पार्टीमा प्रवेश गरेका छन् । गत निर्वाचनमा उनी नेकपा एमालेबाट उम्मेदवार...
चैत्र २८ गते, २०८२ - २१:५३
भोजपुर । सदरमुकामबाट कोटडाँडा हुँदै पिखुवा खोला किनारको बेहेरे दोभानसम्म झर्ने नागबेली आकारको सडक यतिबेला आन्तरिक पर्यटकको रोजाइमा पर्दै गएको छ । हरिय...
चैत्र २८ गते, २०८२ - २१:४५
नुवाकोट । आज यहाँको बेलकोटगढी नगरपालिका–९ नलगाउँमा रुख काट्ने क्रममा एक जनाको मृत्यु भएको छ । आफैँले काटेको रुखले लागेर सोही स्थानका ३५ वर्षीय प्रेम त...


प्रतिकृया लेख्नुहोस्: