Ntc summer Offer
Khabar Dabali १५ चैत्र २०८१ शुक्रबार | 28th March, 2025 Fri
Investment bank

प्रहरी चौकीकै स्कर्टिङमा नाका पार, २५ गोरुसहित तस्करी ट्रक नियन्त्रणमा

सांकेतिक तस्विर
खबरडबली संवाददाता

मकवानपुर । मकवानपुरकाे हेटौँडा हुँदै बारातर्फ गइरहेको गोरु बोकेको ट्रक पशु सेवा कार्यालय मकवानपुरले बाराको पथलैयाबाट नियन्त्रणमा लिएको छ। आइतबार साँझ ६:३० बजे विशेष सूचनाका आधारमा ट्रकलाई नियन्त्रणमा लिन खोजिएको थियो । तर, स्थानीय प्रहरीको असहयोगका कारण ट्रक मकवानपुरको नाका पार गर्न सफल भएको थियो। पछि, सशस्त्र प्रहरीको सहयोगमा ट्रकलाई पथलैयामा रोकिएको पशु सेवा कार्यालय मकवानपुरका प्रमुख बज्रकिशोर ठाकुरले जानकारी दिए।

प्रहरीको असहयोग, सशस्त्रको सहयोग

आइतबार दिउँसो नै गोरु तस्करी भइरहेको सूचना पाएपछि कार्यालय प्रमुख ठाकुर ट्रकलाई नियन्त्रणमा लिन तयारी अवस्थामा थिए । उनी सरकारी मोटरसाइकलमा राजमार्गभन्दा फरक बाटो हुँदै रातोमाटे प्रहरी चौकीमा पुगे । त्यहाँ पुग्दा बा.प्र.०३-००१ ख १४२४ नम्बरको ट्रकलाई प्रहरीले रोकेर सामान्य जाँच गरिरहेको देखे । उक्त ट्रकमा २५ वटा जर्सीक्रस गोरु लोड गरिएको थियो।

प्रमुख ठाकुरले प्रहरीलाई ट्रक अवैध रूपमा जाँदैछ भनी जानकारी गराए । तर, प्रहरीले ट्रक नियन्त्रणमा लिएन । “ट्रक नियन्त्रणमा लिन चौकीका इन्चार्ज कुमार फुयालसहित जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी उपरीक्षक (एसपी) विश्वराज खड्कालाई पनि जानकारी गराएँ । तर, प्रहरीले नै बाइकमा स्कर्टिङ गरेर नाका कटाइ दिए,” ठाकुरले भने।

रातोमाटे चौकीबाट ट्रक पथलैयातर्फ गएपछि ठाकुर पनि ट्रकको पछिपछि लागे। स्थानीय प्रहरीले कुनै सहयोग नगरेपछि उनी हेटौँडा–१५, नयाँ बस्तीस्थित सशस्त्र प्रहरी राजमार्ग सुरक्षा चेकपोस्ट पुगे। उनले ड्युटीमा रहेका सशस्त्रका असईलाई जानकारी गराए। सोही समयमा ट्रकलाई रातोमाटे चौकीबाट खटिएका हवल्दार र सिपाहीहरूले मोटरसाइकल स्कर्टिङ गर्दै चुरियामाई नाका कटाइदिएको ठाकुरले बताए।

नेपाल प्रहरी र प्रशासनबाट सहयोग नपाएपछि ठाकुरले सशस्त्र प्रहरी १४ नम्बर हेडक्वार्टरका प्रमुख प्रहरी उपरीक्षक सन्तोष विक्रम शाहसँग समन्वय गरे। शाहको निर्देशनमा पथलैयास्थित राजस्व अनुसन्धान कार्यालयमा खटिएका सशस्त्र प्रहरीले ट्रकलाई नियन्त्रणमा लिए। त्यसपछि ट्रकलाई पशु सेवा कार्यालय मकवानपुरको जिम्मा लगाइयो।

चालक फरार, नक्कली कागजात भेटियो

सशस्त्र प्रहरीको सहयोगमा ट्रक नियन्त्रणमा लिइएलगत्तै ट्रकका चालक र गोरु चराउने सहायकहरू फरार भए । करिब २ घण्टासम्म ट्रक चालक पर्खिएपछि आउँदैनन् भनेर हेटौँडाबाट अर्को चालक बोलाएर ट्रकलाई हेटौँडा ल्याइयो।

छानबिनका क्रममा गोरु ओसारपसारका लागि आवश्यक भेटेरिनरी प्रमाणपत्र नक्कली भेटियो । २५ वटा जर्सीक्रस गोरु कृषि प्रयोजनका लागि झापातर्फ लगिँदै थियो भन्ने देखाउन खोजिएको थियो। भेटेरिनरी प्रमाणपत्रमा आबुखैरेनी, तनहुँका भीम राईले लक्ष्मी चौपाया सप्लायर्स मार्फत झापाको हेमादेवी सप्लायर्स लाई गोरु विक्री गरेको उल्लेख थियो। प्रमाणपत्रमा डा. टिकाराम न्यौपानेको हस्ताक्षर देखिए पनि सो कागजात प्रमाणीकरण नगरिएको ठाकुरले बताए।

छानबिनका क्रममा गोरुहरूलाई सर्लाहीको नवलपुरमा दुई दिनसम्म राख्ने र त्यसपछि अर्को ट्रकमा झापा पुर्याउने योजना बनाइएको पाइएको ठाकुरले जानकारी दिए। गोरुहरूको लागि लक्ष्मी चौपाया सप्लायर्स, मकवानपुर-१६, हेटौँडा को नाममा बिजक जारी गरिएको थियो। प्रतिगोरु ५ हजार रुपैयाँको खरिद बिल बनाएर कृषि प्रयोजनका लागि देखाइएको थियो।

प्रहरीको उदासीनता, सरकारी निकायको असहयोग

ट्रक नियन्त्रणमा लिएपछि यसको सुरक्षा व्यवस्थामा पनि समस्या देखियो। ट्रक र गोरुहरूको सुरक्षाका लागि ठाकुरले जिल्ला प्रशासन कार्यालय मकवानपुरका निमित्त प्रमुख जिल्ला अधिकारी गुणराज न्यौपाने, प्रदेश प्रहरी कार्यालय हेटौँडाका प्रमुख डिआईजी कृष्णहरी शर्मालाई आग्रह गरे। तर, “स्थान नभएकाले हामी सहयोग गर्न सक्दैनौँ” भन्ने जवाफ दिइएको उनले बताए। त्यसपछि ट्रकलाई नयाँ बस्तीस्थित सशस्त्र प्रहरीको चेकपोस्टमा राखिएको थियो।

प्रहरीद्वारा जिम्मेवारी अस्वीकार

रातोमाटे प्रहरी चौकीका इन्चार्ज कुमार फुयालले भने आफूलाई गोरु तस्करीबारे जानकारी नभएको बताए। “गोरु तस्करी र नियन्त्रणका विषयमा सम्बन्धित कार्यालयहरूबाट मलाई कुनै जानकारी आएको छैन,” उनले भने। आइतबारको घटनाबारे आफूलाई जानकारी नभएको दाबी गर्दै उनले चौकीमा सामान्य सुरक्षा जाँचपछि ट्रक छोडिएको बताए। प्रहरीकै संरक्षणमा ट्रकलाई नाका कटाइएको भन्ने आरोप गलत भएको उनको दाबी छ। 

नेपालको फौजदारी संहिता २०७४ अनुसार गाई/गोरु वध गर्नेलाई ३ वर्षसम्म कैद र ५० हजार रुपैयाँ जरिवाना हुन सक्छ। गाई/गोरु मासु बेच्न, बोक्न, ओसारपसार गर्न दण्डनीय अपराध हो। साथै, कस्टम ऐन, पशु ऐन, वन्यजन्तु संरक्षण ऐन अन्तर्गत तस्करीमा संलग्नहरूलाई कानुनी कारबाही गरिनेछ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

तीनकुनेमा गोली लागेर एक प्रदर्शनकारी घाइते

काठमाडौं ।  काठमाडौँको तीनकुनेमा प्रहरीले चलाएको गोली लागेर एक प्रदर्शनकारी घाइते भएका छन् । घाइते भएका व्यक्तिलाई अहिले तीनकुनेस्थित कान्तिपुर अस्...

आगजनी,तोडफोड र हतियार खोस्ने घटनामा पूर्व राजालाई जिम्मेवार

काठमाडौं । सरकारले आज काठमाडौंको तीनकुने क्षेत्रमा भएको निजी सम्पत्ति तोडफोड र सर्वसाधारणको घरमा आगजनी जस्ता अपराधिक घटनामा पूर्व राजा ज्ञानेन्द्र शाह...

प्रहरी प्रभागमा कोटेश्वरमा आगजनी प्रयास

काठमाडौं । राजावादी समूहको आन्दोलनकारीहरुले कोटेश्वरको प्रहरी प्रभागमा आगजनी  प्रयास भएको छ । दुर्गा प्रसाईंको उग्र समर्थकहरुले प्रहरी प्रभाग कोटेश...

विगतमा कमजोरी गर्दा राजतन्त्रले टाउको उठाउन खोज्योः प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विगतमा गरिएका कमजोरीकै कारण इतिहास बनिसकेको राजतन्त्रले टाउको उठाउन खोजेको बताएका ...

राजाबादीले खोसे सुरक्षाकर्मीको बन्दुक !

काठमाडौं । काठमाडौंको तीनकुनेमा प्रदर्शनकारीले सुरक्षाकर्मीले बोकेको अश्रुग्यास गन खोजेका छन्। राजावादीको प्रदर्शन उग्र बनेपछि प्रहरीले अश्रुग्यास ...

माओवादीको कार्यालय नजिक सरकारी गाडीमा आगजनी

काठमाडौं । काठमाडौंको पेरिसडाँडा (माओवादीको कार्यालय) नजिक सरकारी गाडीमा आगजनी भएको छ । राजावादी समर्थक प्रदर्शनकारीहरूले सरकारी गाडीमा आगजनी गरेका हु...

राजावादीले लगाएको तीनकुनेको आगो नियन्त्रणमा

 काठमाडौं। काठमाडौंको तीनकुनेमा लागेको आगो प्रहरीले नियन्त्रणमा लिएको छ । सशस्त्र प्रहरीको दमकलले आगो नियन्त्रणमा लिएको हो ।...

महिला र शिशुको कुपोषण कमीमा सहकार्यका लागि स्वास्थ्य मन्त्री पौडेलको प्रस्तावलाई साथ दिने अमेरिकी परोपकारी संस्थाको प्रतिबद्धता

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले नेपालमा गर्भवती महिला तथा नवजात शिशुमा देखिएको कुपोषणमा कमी ल्याउनका लागि एक अमेरिकी परोपकारी...

ग्लोबल आइएमई बैंक र आईएफसीबिच डिजिटल ट्रान्सफरमेशन तथा एम्बेडेड फाइनान्स एडभाइजरी साझेदारी

काठमाडौं ।   ग्लोबल आइएमई बैंक लिमिटेड र अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी)बिच डिजिटल वित्तीय सेवा तथा एम्बेडेड फाइनान्स मोडलहरु अगाडि बढाउन एड्भाइजर...

आन्दाेलनकारीकाे ढुंगा प्रहारबाट महिला सशस्त्र प्रहरीको टाउको फुट्यो, तीनकुनेमा तनाव

काठमाडौं । तीनकुनेमा एक महिला सशस्त्र प्रहरीको टाउको फुटेको छ । प्रदर्शनकारीले गरेको आक्रमणमा परेर ती सशस्त्र प्रहरी महिलाको टाउको फुटेको हो । राजा...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Krishi Bikas Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy