Khabar Dabali १७ माघ २०८२ शुक्रबार | 30th January, 2026 Fri
Investment bank

‘लाज शरणम्’ माथि रोक लगाएकोमा चौतर्फी आलोचना, निर्देशक समाज बोल्यो

खबरडबली संवाददाता

काठमाडौं । फागुन १४ गतेदेखि प्रदर्शनमा आउने चलचित्र ‘लाज शरणम्’ माथि रोक लगाएकोमा चौतर्फी आलोचना भएको छ । महाशिवारत्रिका दिनदेखि प्रदर्शनमा आउने चलचित्रको प्रचार प्रसार नगर्न उच्च अदालत, पाटनले मंगलबार अन्तरिम आदेश जारी गरेपछि नेपाली सिने क्षेत्र आन्दोलित भएको छ ।

पूर्वमन्त्री मोहम्मद आफ्ताब आलमद्वारा दायर गरिएको निषेधाज्ञा रिटमा मंगलबार भएको प्रारम्भिक सुनुवाइपछि न्यायाधीशद्वय लालबहादुर कुवँर र हेमन्त रावलको संयुक्त इजलासले उक्त आदेश दिएको हो । यो आदेशसँगै सेन्सर नहुञ्जेल यो चलचित्रको सामाजिक सञ्जाल तथा सञ्चार माध्यममा प्रसार प्रसार रोकिएको छ । अदालतले केन्द्रीय चलचित्र जाँच समितिले अनुमति नदिँदासम्म फिल्मको प्रचार९प्रसार गर्न र प्रचार सामग्री सार्वजनिक गर्न रोक लगाएको छ ।

आलमले चलचित्र विकास बोर्ड, कलाकार सीताराम कट्टेल, नेपाल सरकार सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, केन्द्रीय जाँचपास समिति, ओएसआर डिजिटल, जेपिटी क्रिएसन प्रालि, जेपिटी क्रिएसन प्रालिका सञ्चालन तथा ‘लाज शरणम्’  का कार्यकारी निर्माता अर्जुन घिमिरे ‘पाँडे’ तथा निर्देशक कुमार कट्टेललाई प्रतिवादी बनाएका छन् ।

बुधबार चलचित्रको ट्रेलर सार्वजनिक गर्ने तयारी थियो, तर अदालतको आदेशसँगै ट्रेलर रिलिज कार्यक्रम स्थगित भएको छ । पूर्वमन्त्री आलमले अदालतमा दायर गरेको रिटमा चलचित्रमा आफ्नो अनुहारसँग मिल्ने मुखाकृति, पहिरन, जीउडाल, कपाल मिलाई शैली, हाउभाउ र लवज आफ्नो अनुमतिबिना प्रयोग गरिएको आरोप लगाएका छन् ।

उच्च अदालत पाटनले प्रदर्शनको तयारीमा रहेको ‘लाज शरणम्’को प्रचारमा लगाएको रोक प्रति चलचित्र निर्देशक समाजले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । समाजले बुधबार विज्ञप्ति जारी गर्दै चलचित्र ‘लाज शरणम्’को नाममा अदालतबाट जारी भएको बन्देजले चलचित्रको करोडौँको लगानी जोखिम र सृजनशील सर्जकलाई राम्ररी झस्काएको समेत जनाएको छ ।

‘चलचित्र अभिव्यक्तिको माध्यम भएको र चलचित्रले समाजका विभिन्न पात्र र प्रवृत्तिलाई लिएर कथानक स्वरूप दिने परम्परा सर्वविदितै छ । यसरी बनेको कथाले कुनै व्यक्ति वा समुदायका व्यक्तित्व, संस्कार र संस्कृतिलाई आघात पुर्‍यायो कि पुर्‍याएन भनेर जाँच गर्ने चलचित्र विकास बोर्ड र चलचित्र जाँच समिति आदि सरकारी निकाय अस्तित्वमा छ,’ समाजका अध्यक्ष जनकदीप पराजुलीद्वारा जारी विज्ञप्तिमा भनिएको छ । 

कुमार कट्टेलको निर्देशनमा तयार भएको फिल्ममा सीताराम कट्टेलसहित विजय बराल, अर्जुन घिमिरे, मुकुन्द श्रेष्ठ, महेश त्रिपाठी, विजय बराल, अर्पण थापा, माला लिम्बू, सागर लम्साल, हरिष निरौला, कमलमणि नेपाललगायतको अभिनय छ । नवीन श्रेष्ठ निर्माता तथा राम नरेश साह र सृजना खड्का सहनिर्माताको रूपमा रहेका छन् । 

चलचित्रकर्मी, पत्रकार, नागरिक अगुवासमेतले ‘लाज शरणम्’ लाई कानुनी उल्झनमा फसाएको भन्दै आपत्ति जनाएका छन् । सामाजिक सञ्जालमा अहिले यो विषयलाई लिएर अदालतको आलोचना हुन थालेको छ ।

 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

प्रधानमन्त्री कार्कीद्वारा सहिदप्रति श्रद्धाञ्जली (फोटो फिचर)

काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले सहिद स्मारक लैनचौरमा श्रद्धाञ्जली अर्पण गरेको छिन्। शुक्रबार बिहान सहिद दिवसका अवसरमा प्रधानमन्त्री कार्कीले श...

बालेनको चुनावी प्रचारमा अछाम पुगेका अभियन्ता बेहोस, सेनाको हेलिकप्टरबाट काठमाडौं ल्याइयो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता तथा काठमाडौंका पूर्वमेयर बालेन्द्र शाह (बालेन)को चुनावी प्रचारका क्रममा अछाम पुगेका एक व...

निर्वाचन नजिकिँदै जाँदा स्याङ्जाको गाउँगाउँमा उम्मेदवार, चहलपहल बढ्दो

स्याङ्जा। फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मनोनयन दर्तासँगै उम्मेदवारहरु गाउँगाउँ पुग्न थालेका छन् । मत माग्दै नेताहरु गाउँगाउँमा ...

निर्वाचनमा काठमाडौंमा सुरक्षा गस्ती कडा, सेना-प्रहरीको डग स्निफिङ र सरप्राइज चेकिङ

काठमाडौं। फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै जिल्ला प्रहरी परिसर काठमाडौंले सुरक्षा व्यवस्था कडा बनाएको छ। निर्वाचनलाई शान्तिपूर...

सुनको मुल्य ह्वात्तै घट्यो, तोलाको कतिमा झर्याे ?

काठमाडौँ। स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेका छ । बिहीबारको तुलनामा दुवै धातुको मूल्य घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज ए...

सहिदका सपना अझै पूर्ण रूपमा साकार हुन सकेका छैनन्: प्रचण्ड

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहिद दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै सहिदका सपना अझै पूर्ण रूपमा साकार हुन...

अन्यत्र निख्रिएपछि सुन्तला टिप्न थालेका बाँसखर्कका किसानले दोब्बर मूल्य पारे

म्याग्दी । अन्यत्रको निख्रिएपछि सुन्तला टिप्न थालेका पर्वतको जलजला गाउँपालिका–१ बाँसखर्कका किसानले दोब्बर मूल्य पारेका छन् । अन्यत्रका किसानले सरदर प्...

भारतको पश्चिम बङ्गालमा निपा भाइरस, पूर्वी नेपालमा सतर्कता

विराटनगर। भारतको पश्चिम बङ्गाल क्षेत्रमा निपा भाइरस सङ्क्रमण देखिएपछि कोशी प्रदेशमा त्यसको सतर्कता बढाइएको छ । निपा भाइरस सङ्क्रमण दर उच्च रहेकाले सम्...

बाजुराको छेडेदह ताल हिउँको कब्जामा

बाजुरा। बाजुरामा पर्यटकीय स्थलको रुपमा चिनिँदै आएको खप्तड छेडेदह गाउँपालिकाका वडा ४ र ७ को बीचमा पर्ने छेडेदह ताल अहिले केही दिन यता हिउँको कब्जामा पर...

राष्ट्रपति पौडेलको जापान भ्रमण मन्त्रिपरिषद्‌बाट स्वीकृत

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल आगामी माघ १८ देखि २१, २०८२ सम्म जापान भ्रमणमा जाने भएका छन्। मन्त्रिपरिषद् बैठकले प्रतिनिधिमण्डलको भ्रमण स्वीकृत...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending