Khabar Dabali २४ फाल्गुन २०८२ आईतवार | 8th March, 2026 Sun
Investment bank

संघीय सरकारको रवैयाका कारण संघीयताप्रति वितृष्णा पैदा

खबरडबली संवाददाता

सुर्खेत । कर्णालीका पूर्वमुख्यमन्त्रीद्धय जीवनबहादुर शाही र राजकुमार शर्माले संघीयता कार्यान्वयनमा संघीय सरकार बाधक रहेको आरोप लगाएका छन् । 

वीरेन्द्रनगरमा बुधबार कर्णाली उत्सवः कुडा कर्णालीका छैटौँ संस्करणमा खलंगाः शक्तिको सदरमुकाम सत्रमा बोल्दै पूर्वमुख्यमन्त्रीद्धयले यही तरिकाले संघीयताको अभ्यास गरिए प्रदेशको औचित्य समाप्त भई अन्ततः संघीयता धरापमा पर्ने खतरा पर्ने बताए । 

संघीयता बाध्यताले स्वीकारे जस्तो देखिन्छ, प्रदेशका कार्यकारी प्रमुखले संघको आदेश मानेर बस्नुपर्ने अवस्था आएको पूर्वमुख्यमन्त्री शाहीले बताए । ‘मुख्यमन्त्रीको भ्यालु छैन, केन्द्रबाट हलियाजस्तो व्यवहार केन्द्रबाट भएको छ’, उनले भने,‘मुख्यमन्त्री भन्दा वडाध्यक्ष बलियो छ ।’

यही तरिकाले संघीयताको अभ्यास गर्ने हो भने प्रदेश संरचनालाई खारेज गर्न नेताहरूसमक्ष प्रस्ताव गर्दै आएको पूर्वमुख्यमन्त्री शाहीले बताए । उनले प्रहरी प्रदेशलाई नदिने, कर्मचारी पनि संघले पठाइदिने हो भने हाम्रो संघीयताको काम नहुने बताए । 

माओवादी केन्द्रका कर्णाली प्रदेशसभा संसदीय दलका नेता तथा पूर्वमुख्यमन्त्री शर्माले आफूले १४ महिना प्रदेशको नेतृत्व गर्दा तीनपटक विश्वासको मत लिनुपरेको सन्दर्भ उल्लेख गर्दै कर्णालीलाई योजनाबद्ध पछाडि पारिएको दाबी गरे ।

 ‘प्रदेशको एकल अधिकार सूचीमा भएका अधिकार पनि नदिनु भनेको संघीयताविरोधी, सामन्तवादी चिन्तन हो, संविधानले समन्वय, सहअस्तित्व र सहकार्यलाई जोड दिएको छ’ उनले भने, ‘कसैले कसैसँग माग्ने होइन, अधिकार हस्तान्तरण गर्ने हो, केन्द्र सरकारको रवैयाका कारण जनतामा संघीयताप्रति निराशा पैदा गराएको छ ।’

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

समानुपातिक तर्फ साढे ३ लाख मतगणना, कुन दलको अवस्था कस्तो ?

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभाको प्रत्यक्षतर्फ निर्वाचन नतिजा सार्वजनिक भएको ठाँउमा समानुपातिकतर्फ मतगणना गरिरहेको छ । शनिबार दिउँसोसम्म आयोग...

राप्रपाले खोल्यो खाता, जुम्लामा विनीता कठायतको जमानत जफत

जुम्ला । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत जुम्लामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का उमेदवार ज्ञानबहादुर (ज्ञानेन्द्र) शाही विजयी भएका छन् ।...

इलामका दुवै क्षेत्रमा एमालेको अग्रता

इलाम । इलामका दुवै निर्वाचन क्षेत्रमा नेकपा एमालेका उम्मेदवारले अग्रता लिएका छन् । इलाम-१ मा एमाले उम्मेदवार काजीमान कागतेले अग्रता लिँदा इलाम-२ मा सु...

अछाममा भीम रावल पराजित, कांग्रेसका स्वार विजयी

काठमाडौं । अछाम क्षेत्र नं १ बाट नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का उम्मेदवार डा. भीमबहादुर रावल झिनो मतान्तरले पराजित भएका छन् ।  उक्त क्षेत्रमा ...

रामेछापमा नेकपा र कांग्रेसबीच कडा टक्कर, २९ मतलले श्रेष्ठ अगाडी

रामेछाप । रामेछापकाे पछिल्लाे मत गणना अनुसाार नेकपा र  कांग्रेसबीच कडा टक्कर  भएकाे छ  । एकमात्र निर्वाचन क्षेत्र रहेको रामेछापमा भइरहेको मतगणनामा नेप...

१२ वर्षपछि खाोला फर्कन्छ भने झैं फर्कियो दैलेख १ मा कांग्रेस

दैलेख । दैलेख–१ बाट १२ वर्षपछि नेपाली कांग्रेसले पुनः विजय हासिल गरेको छ। ४५ वर्षीया महिला नेता बासना थापा ले नेकपा (एमाले) का रवीन्द्रराज शर्मा लाई ५...

रुबिना आचार्य जसले डा. शेखरलाई भारी मतान्तरले हराउन सफल भइन्

विराटनगर । मोरङ क्षेत्र नम्बर ६ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की युवा नेतृ रुबिना आचार्य भारी मतान्तरसहित विजयी भइन् । उनका प्रतिद्वन्द्वी ...

ललितपुर २ मा रास्वपाका जगदीश खरेल विजयी

ललितपुर । ललितपुर क्षेत्र नम्बर २ मा रास्वपाका जगदीश खरेल विजयी भएका छन्। ११ हजार ५४७ मत ल्याएर खरेल निर्वाचित भएको निर्वाचन अधिकृतको कार्यालयले जन...

भक्तपुर–१ मा रास्वपाले तोड्यो नेमकिपाको किल्ला, प्रेम सुवाल पराजित

भक्तपुर । भक्तपुर निर्वाचन क्षेत्र नम्बर १ मा नेपाल मजदुर किसान पार्टी (नेमकिपा) को लामो समयदेखिको प्रभाव तोड्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ...

२०६४ को माओवादी लहर र २०८२ को रास्वपा उभारको तुलना

परिवर्तनको पुनरावृत्ति कि नयाँ राजनीतिक अध्याय?

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE