Khabar Dabali २६ कार्तिक २०८२ मंगलवार | 11th November, 2025 Tue
Investment bank

पूर्वराजा ज्ञानेन्द्रको सदिच्छामा राप्रपाको पूर्ण समर्थन : महामन्त्री राणा

खबरडबली संवाददाता

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी महामन्त्री डा. धवलशम्शेर राणाले देशलाई संकटबाट निकास दिने पूर्वराजा ज्ञानेन्द्रको सदिच्छामा राप्रपाको पूर्ण समर्थन रहेको स्पष्ट गरेका छन् । देशलाई गम्भीर संकटबाट निकाल्न सबै पार्टी, समूह र नेपाली मिलेर अघि बढ्न महामन्त्री राणाले सबैमा आग्रह पनि गरेका हुन् ।

‘प्रजातन्त्रलाई सुदृढ गर्ने र प्रजातन्त्रको सार्थक प्रतिफल जनतासमक्ष पुर्याउने उद्देश्यसाथ देशलाई संकटबाट निकास दिन राजाबाट सम्पूर्ण नेपालीको साथ खोजिबक्सेको छ, त्यसप्रति हाम्रो पार्टी राप्रपा र मेरो पनि पूर्ण समर्थन छ,‘ राप्रपा नेता राणाले बुधबार सामाजिक सञ्जालमा लेखेका छन्।

‘राजाको पछिल्लो आह्वानप्रति संवेदनशील हुँदै देशलाई गम्भीर संकटबाट बाहिर निकाल्न आजकै दिनबाट सबै पार्टी, समूह र नेपालीले मिलेर अघि बढौं, यही मेरो सबैमा आग्रह छ,’ उनले भनेका छन्।

राप्रपा महामन्त्री राणाले भने, ‘राप्रपाको केन्द्रीय कार्यसमितिले अवस्था बदल्न व्यवस्था बदलौं भन्ने मूल नारासहित निषेधको राजनीतिलाई अन्त्य गर्दै युगानुकूल नेपालको पहिचान र गौरब कायम गरौं भने लक्ष्य लिई आन्दोलनको थालनी गरिसकेको छ। यो निरन्तर रूपमा चलाइने प्रतिवद्धता पनि दोहोर्‍याउन चाहन्छु।’

कुशासन, लूटतन्त्र, सर्वत्र व्याप्त भ्रष्टाचार, बेरोजगारी, शैक्षिक अस्तव्यस्तता, आम विदेशगमन, क्षतविक्षत अर्थतन्त्र र राजनीतिक बेथितिले आज मुलुकमा गम्भीर अवस्था उत्पन्न भएको भन्दै राणाले राष्ट्रिय एकता सुदृढ गरी देश बचाउने र बनाउने महत्वपूर्ण अभिभारा आजको पुस्ताको कॉधमाथि इतिहासले सुम्पिएको बताए।

प्रजातन्त्र दिवसको पूर्वसन्ध्यामा पूर्वराजा ज्ञानेन्द्रले भिडियो मन्तव्य जारी गर्दै ‘राष्ट्र जोगाउने हो भने, राष्ट्रिय एकता कायम राख्ने हो भने, देशको समृद्धी र उन्नतिका निमित्त हामीलाई साथ दिन’ सबै देशबासीलाई आह्वान गरेका थिए। उनले अब समय आयो भन्दै त्याग गर्न तयार रहेको बताएका थिए।

पूर्वराजा शाहले देशका लागि आफ्नो समर्पण र निष्ठा सदैव रहने बताएका थिए। राष्ट्रको हितका लागि आफूले त्याग गरेको र त्यागलाई कमजोरी नसम्झिन उनले आग्रह गरेका छन्। उनले भने, ‘कतै कुनै पन र पक्ष नगरी सबैलाई समेटेर जाने हाम्रो अभिलाषा हो। हाम्रो त्यागको अर्थ र आशय पनि त्यही नै हो।’

पूर्वराजाले प्रजातन्त्र आशा जगाउने प्रणाली रहेको भन्दै तीन दशकयताको स्थिति यस्तो नरहेको उल्लेख गरेका छन्। व्यवस्था बदलियो भन्नेहरुले अवस्था राम्ररी बदल्न नसक्नु दुःखद कुरा रहेको उनले बताए।

‘राष्ट्रिय प्रजातन्त्र दिवसको आजको दिनले ७४ वर्षअघि देशको बृहत्तर हितका लागि राजा र नेपाली नागरिकले सामूहिक रूपमा परिवर्तनका लागि गरेको योगदानको इतिहास स्मरण गराउँछ। यस उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूको प्रगति, सुख र सम्वृद्धिका लागि शुभकामना व्यक्त गर्दछु,’ राणाले वक्तव्यमा भने।

राप्रपामा पछिल्लो समय ध्रुवीकरण छ। अध्यक्ष राजेन्द्र लिङ्देन र महामन्त्री धवलशमशेर राणाका छुट्टाछुट्टै समूह छन्। अध्यक्ष लिङ्देनले राजतन्त्र पुनस्स्थापनाको मुद्दा कमजोर बनाएको आरोप राणा पक्षधरको छ।  

राणालाई पूर्वअध्यक्ष पशुपतिशमशेर जबरा, डा. प्रकाशचन्द्र लोहनी, लोकेन्द्रबहादुर चन्दलगायतले समर्थन गरिरहेका छन्। लिङ्देनप्रति पूर्वराजा ज्ञानेन्द्र शाह र निर्मल निवाससमेत चिढिएको राप्रपा वृत्तमा चर्चा छ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

माधव नेपालले पार्टीलाई माओवादीमा विसर्जन गरे : शंकर पोखरेल

काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेल ले माधवकुमार नेपालसहितका नेताहरू माओवादी पार्टीमा गएको कदमलाई ‘पार्टी विसर्जन’ को रूपमा व्याख्या गरेका ...

१२ किलोमा हात्तीको आक्रमणबाट ट्रक चालकको मृत्यु

निजगढ। पूर्वपश्चिम राजमार्गअन्तर्गत बाराको पथलैया-निजगढ सडकखण्डको १२ किलोमा आज हात्तीको आक्रमणबाट ट्रक चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा जीतपुरसिमर...

पशुपति क्षेत्रलाई राजनीतिक भर्तीकेन्द्र बनाउनु हुँदैन: प्रधानमन्त्री कार्की

काठमाडौँ । प्रधानमन्त्री तथा संस्कृति, पर्यटन र नागरिक उड्डयन मन्त्री सुशीला कार्की ले पशुपति क्षेत्र विकास कोषलाई राजनीतिक भर्ती केन्द्रमा रूपान्तरण ...

रामकुमारी झाँक्री र कृष्णकुमार श्रेष्ठ एमालेमा फर्किए

काठमाडौँ । नेतृ रामकुमारी झाँक्री र नेता कृष्णकुमार श्रेष्ठ ‘किसान’ चार वर्षपछि पुन: नेकपा (एमाले) मा फर्किएका छन्। उनीहरू २०७८ सालमा एमाले विभाजन ...

मधेश प्रदेश सरकार गठनविरुद्ध सर्वोच्चमा रिट दायर

जनकपुरधाम । मधेश प्रदेशमा हालै गठन भएको सरकारविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरिएको छ। संविधानको धारा १६८ को उपधारा (३) बमोजिम सरकार गठन गरिएको भ...

कांग्रेस चुनावमा सहभागी हुन्छ, देशको यो संकट कांग्रेसले नै पार लगाउछ: प्रकाशमान सिंह

काठमाडौँ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह ले पार्टी आगामी निर्वाचनमा सहभागी हुने र विशेष महाधिवेशनको अहिले कुनै औचित्य नरहेको बताएका छन्। सो...

इक्वेडरको जेलमा दङ्गा, ३१ कैदीको मृत्यु

क्विटो। इक्वेडरको दक्षिणपश्चिमी सहर मचालास्थित जेलमा आइतबार भएको हिंसात्मक दङ्गामा कम्तीमा ३१ कैदीको मृत्यु भएको छ । बिहान भएको सशस्त्र झडपमा चार जनाक...

दार्चुलाको गोकुलेश्वर केन्द्रविन्दु भएर भूकम्पको धक्का

काठमाडौँ । दार्चुलामा सोमबार दिउँसो २:४३ को समयमा भुकम्प गएको छ । गोकुलेश्वर केन्द्रविन्दु भएर ३.५ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प माप...

मोटरबाटो स्तरोन्नति ठेक्का प्रक्रियामा ८० लाखको ठेक्कामा ५५ लाखको हिनामिना: विशेष अदालतमा मुद्दा दायर

काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टङ्गालले जिल्ला डोल्पा त्रिपुरासुन्दरी नगरपालिका–५ खदाङदेखि ल्हाँसम्मको मोटरबाटो स्तरोन्नति कार्यमा ठेक्का...

भीम रावल बुधबार नेपाली कम्युनिस्ट पार्टीमा समाहित हुने

काठमाडौं । मातृभूमि जागरण अभियान, नेपालका संयोजक भीम रावल आगामी बुधबार नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मा समाहित हुन लागेका छन्। समारोह काठमाडौँको...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending