पाकिस्तान । अशान्त दक्षिण–पश्चिम पाकिस्तानमा बन्दुकधारी एक समूहले बसमा सवार यात्रुमाथि आक्रमण गरी कम्तीमा सात जनाको हत्या गरेको छ ।
उक्त सशस्त्र समूहले बसमा यात्रारत ती व्यक्ति अर्कै क्षेत्रको भएको पहिचान गरी गोली हानी हत्या गरेको एक सरकारी अधिकारीले बुधबार बताए । पञ्जाबसँग जोडिएको प्रान्तीय सीमा नजिकै बलुचिस्तान हुँदै राजमार्गमा गुडिरहेको बसको टायरमा गोली हानी हावा खुस्काइदिएको र बस रोकिएपछि बसमा छिरी पञ्जावी समुदायका मानिसहरूलाई पहिचान गरी बसबाट बाहिर निकाली गोली हानी हत्या गरेको सो क्षेत्रका एक वरिष्ठ सरकारी अधिकारी सआदत हुसेनले जानकारी दिए ।
“आतङ्ककारीहरू बन्दुकधारीहरू बसमा चढे र यात्रुहरूको परिचयपत्र देखाउन भने त्यसपछि पञ्जाबीहरूलाई बसबाट निकालियो र हत्या गरियो,” उनले भने । “उनीहरूलाई लाइनमा उभ्याएर र गोली हानी मारिएको थियो,” उनले भने । समाचार तयार पार्दासम्म यस आक्रमणको जिम्मेवारी कसैले पनि लिएको छैन् ।
अफगानिस्तान र इरानसँग सीमा जोडिएको गरिब तर खनिज पदार्थले भरिपूर्ण बलुचिस्तान प्रान्तमा सुरक्षा फौजले दशकौंदेखि साम्प्रदायिक, जातीय र पृथकतावादी हिंसाविरुद्ध लड्दै आएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र १२ गते, २०८१ - १८:४४
आयोग गठनको सहमतिसँग जोडेर प्रायोजित दुष्प्रचार
चैत्र १२ गते, २०८१ - १८:३३
जापान । हत्याको गलत आरोपमा दोषी ठहरिएका र विश्वमा सबैभन्दा लामो समयसम्म मृत्युदण्डको सजाय भोगेका एक जापानी पुरुषलाई १४ लाख डलर क्षतिपूर्ति प्रदान गरि...
चैत्र १२ गते, २०८१ - १८:२८
चीन । बोआओ फोरमले मङ्लबार जारी गरेको गरेको प्रतिवेदनमा सन् २०२५ मा एसियाको वास्तविक कुल गार्हस्थ्य उत्पादन जिडिपी वृद्धि दर चार दशमलव पाँच प्रतिशत पुग...
चैत्र १२ गते, २०८१ - १८:२३
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अबको युग व्यक्तिलाई नायक मान्ने राजतन्त्रात्मक व्यवस्थामा फर्कन नसक्ने भएकाले त्यस्तो भ्रममा कोही पर्न नहुने...
चैत्र १२ गते, २०८१ - १८:१४
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीको प्रमुख प्रशिक्षक एक साताभित्र नियुक्त गर्ने नेपाल क्रिकेट सङ्घ (क्यान) ले जनाएको छ । क्यानले मङ्गलबार व...
चैत्र १२ गते, २०८१ - १८:१०
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाउने निर्णय सरकारले सार्वजनिक गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्...
चैत्र १२ गते, २०८१ - १८:०६
बर्दीबास । एसइईको मंलबार अनिवार्य विज्ञान विषयको परीक्षामा अनियमितता गरेको आरोपमा प्रहरीले छुट्टाछुट्टै केन्द्रबाट चिटसहित दुई जनालाई नियन्त्रणमा लिएक...
चैत्र १२ गते, २०८१ - १८:०२
मस्को । एक रुसी वार्ताकारले मङ्गलबार मस्कोले युक्रेन द्वन्द्व विषयमा संयुक्त राज्य अमेरिकासँग ‘उपयोगी’ वार्ता जारी राख्ने र संयुक्त राष्ट्रसङ्घ तथा अन...
चैत्र १२ गते, २०८१ - १७:५९
खार्तुम । एक सुडानी युद्ध निगरानी समूहले मङ्गलबार सेनामाथि देशको पश्चिमी डार्फर क्षेत्रमा एक बजारमा हवाई हमलामा सयौँ मानिसहरू मारेको आरोप लगाएको छ । ...
चैत्र १२ गते, २०८१ - १७:५५
बेइजिङ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दक्षिण अमेरिकी राष्ट्र भेनेजुएलाबाट तेल र ग्यास खरिद गर्ने देशहरूमा आयातमा २५ प्रतिशत कर लगाउने घोषणा गरे...
प्रतिकृया लेख्नुहोस्: