सुर्खेत । सन् २०२४ मा मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनामा १० हजार ७ सय ३४ जना पीडित भएका छन्। अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले सार्वजनिक गरेको तथ्याङ्कअनुसार यो सङ्ख्या अघिल्लो वर्षको तुलनामा १ हजार ३ सय ५१ ले बढी हो।
तथ्याङ्कअनुसार कर्णाली प्रदेशमा मात्रै ६ सय ८ जना पीडित भएका छन्, जुन गत वर्षको तुलनामा १ सय ९ ले बढी हो।
प्रदेशभर महिलामाथि हुने हिंसाका घटनामा ३ सय ८६ जना महिला पीडित भएका छन्। घरेलु हिंसाका घटनामा ३ सय १२ जना र बलात्कारका घटनामा ५७ जना महिला पीडित भएको तथ्याङ्कले देखाएको छ। बालअधिकार उल्लङ्घनतर्फ देशभर १ हजार ७ सय ५६ जना पीडित भएका छन्। यसमध्ये १ हजार ४६ बालिका बलात्कारका घटनाबाट पीडित भएका छन् भने दुई जना बालिकाको बलात्कारपछि हत्या भएको छ।
यसैबीच इन्सेकले कारागारको अवस्था पनि चिन्ताजनक रहेको प्रतिवेदनमा उल्लेख गरेको छ। उसका अनुसार नेपालका कारागारहरू क्षमताभन्दा १०,६५० ले बढी कैदीले भरिएका छन्।१८ हजार ५ सय ९ जनाको क्षमता भएका कारागारहरूमा हाल २९ हजार १ सय ५९ कैदीबन्दी छन्।
कार्यक्रममा इन्सेक कर्णाली प्रदेश कार्यालयका संयोजक नारायण सुवेदीले मानव अधिकार कार्ययोजनाको प्रभावकारी कार्यान्वयन र दण्डहीनताको अन्त्य गर्नुपर्नेमा जोड दिए। ‘सरकारले अघि सारेका नीति तथा कार्यक्रमहरूले आमजनताको जीवनमा केही परिवर्तन ल्याउन सक्यो भने मात्रै सरकार भएको अनुभूति जनताले गर्नेछन्’, उनले भने।
विपतका कारण भएको क्षतिको परिपूरण र पुनर्स्थापनाको मार्गचित्र बनाउन सरकार चुकेको उनको भनाइ छ। महिला मानव अधिकार रक्षक सञ्जाल सुर्खेतकी सचिव शर्मिला विसीले महिलाको आर्थिक सशक्तिकरणमा जोड दिनुपर्ने बताइन्। ‘महिलालाई आर्थिक रुपमा सक्षम बनाउनुपर्छ। पारिवारिक व्यवस्थापनका लागि जनचेतना जगाई मानसिक स्वास्थ्यलाई प्राथमिकता दिएर नीति तथा कार्यक्रम ल्याउँदा हिंसा कम हुन्छ’, उनले भनिन्।
मानव अधिकार रक्षक सञ्जाल कर्णाली प्रदेशका संयोजक पीताम्बर ढकालले मानव अधिकारको रक्षाका लागि सरकार प्रतिवद्ध हुनुपर्ने बताए। ‘देशभरको अवस्था हेर्दा महिला र बालबालिका बढी पीडित छन्। अझै पनि पुरुष प्रधान समाज हावी छ। महिलाहरुको क्षमता अभिवृद्धि गर्नुपर्छ’, उनले भने।
राष्ट्रिय मानव अधिकार आयोग कर्णाली प्रदेश कार्यालयका प्रमुख रमेशकुमार थापाले कानुन कार्यान्वयनमा सरकारी निकायहरूको सक्रियता बढ्नुपर्ने बताए। ‘मानव अधिकारको सचेतनाका कार्यक्रमहरु गर्नुपर्ने देखिन्छ। कानुन विपरित उल्लङ्घन गरेर अपराधका घटना भए मानव अधिकारमा चुनौती थपिन्छ’, उनले भने।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २९ गते, २०८२ - १९:४९
झापा। झापाको बुद्धशान्ति गाउँपालिका–३ स्थित मेची राजमार्ग सडकखण्डमा तीन वटा मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका ...
चैत्र २९ गते, २०८२ - १९:४५
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ को खातामा १ करोड ४६ लाख रुपैयाँ रहेको पाइएको छ । आज सार्वजनिक भएको प्रधानमन्त्री बालेनको सम्पत्ति विवरण...
चैत्र २९ गते, २०८२ - १९:४२
काठमाडौं। नेपालमा अधिकांश दैनिक उपभोग्य वस्तुका लागि आयातमै निर्भर हुनुपर्ने अवस्था त सुनेकै छौँ, तर सुकुटी अर्थात् सुक्खा तरकारीको अवस्था पनि त्यस्तै...
चैत्र २९ गते, २०८२ - १९:३९
काठमाडौं । चीनले भारतीय भूभागभित्र पर्ने स्थानहरूको नाम परिवर्तन गर्ने प्रयास गरेको भन्दै भारतले कडा आपत्ति जनाएको छ। भारतीय विदेश मन्त्रालयले सामाजिक...
चैत्र २९ गते, २०८२ - १९:३४
सर्लाही । भारतीय नम्बर प्लेटका सवारी साधन सञ्चालनमा लगाइएको प्रतिबन्धको निर्णयविरुद्ध सर्लाहीमा राजनीतिक दलहरूले एकजुट भएर विरोध जनाएका छन्। जिल्लामा ...
चैत्र २९ गते, २०८२ - १९:३१
हेटौँडा। मकवानपुर जिल्लामा अवैध रूपमा घरेलु मदिरा उत्पादन भइरहेको सूचनाका आधारमा प्रहरीले छापा मारेर ठूलो परिमाणमा मदिरा र कच्चा पदार्थ बरामद गरेको छ।...
चैत्र २९ गते, २०८२ - १९:२९
काठमाडौँ । नेकपा एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य गडबडी नभए सोमबार पित्तथैलीको शल्यक्रिया गर्ने तयारी भएको छ । अस्पतालक...
चैत्र २९ गते, २०८२ - १९:२८
काठमाडौं । रौतहटको देवाही गोनाही नगरपालिका नगर प्रमुख प्रेमलाल साह कानु आम जनता पार्टीमा प्रवेश गरेका छन् । गत निर्वाचनमा उनी नेकपा एमालेबाट उम्मेदवार...
चैत्र २८ गते, २०८२ - २१:५३
भोजपुर । सदरमुकामबाट कोटडाँडा हुँदै पिखुवा खोला किनारको बेहेरे दोभानसम्म झर्ने नागबेली आकारको सडक यतिबेला आन्तरिक पर्यटकको रोजाइमा पर्दै गएको छ । हरिय...
चैत्र २८ गते, २०८२ - २१:४५
नुवाकोट । आज यहाँको बेलकोटगढी नगरपालिका–९ नलगाउँमा रुख काट्ने क्रममा एक जनाको मृत्यु भएको छ । आफैँले काटेको रुखले लागेर सोही स्थानका ३५ वर्षीय प्रेम त...


प्रतिकृया लेख्नुहोस्: